लक्ष्मी प्रसाद देवकोटाबाट धेरै प्रभावित बन्न पुगें : लकाश पौडेल

मंसिर १८

लक्ष्मी प्रसाद देवकोटाबाट धेरै प्रभावित बन्न पुगें : लकाश पौडेल

लामो समयसम्म अध्यापन–प्राध्यापन कार्यका साथै सामाजिक सेवामा लागेका लकाश पौडेल साहित्य क्षेत्रमा चिनाई रहनुपर्ने नाम होइन् । २००४ साल माघ ६ गते बागलुङमा जन्मिएका लकाशले पद्याञ्जली, गीताञ्जली, भावाञ्जली, कविता संग्रह, सौर्यगाथा महाकाव्य, बहरका लहरहरु, गजल सङग्रह, फेसबुक सन्देश, मुक्तक सङग्रह र हिमालदेखि कन्याकुमारीसम्मको यात्रा संस्मरण प्रकाशनमा ल्याइसकेका छन् ।

15241737_1183118968442818_8210391406872379398_n
लामो समयदेखि साहित्य क्षेत्रमा लागेका लकाशसँग रातोपाटीले गरेको संक्षिप्त कुराकानी :

तपाई साहित्य क्षेत्रका कसरी लाग्नुभयो ?
म विशेष गरी भाषा साहित्यकै विद्यार्थी हुँ । विद्यार्थी कालदेखि नै कविता लेख्थे । सानै उमेरदेखि साहित्यप्रति मेरो रुची थियो । लक्ष्मी प्रसाद देवकोटाबाट सबैभन्दा बढी प्रभावित भएँ ।

हिमालदेखि कन्याकमारीसम्म वर्णन गर्नुभएको छ, विशेषगरी के कुरामा जोड दिनुभएको छ ।
आम नेपालीहरु धार्मिक दृष्टिकोणले नेपाल र भारतका साँस्कृतिक क्षेत्रहरुमा भ्रमण गर्छन् । पहिलेदेखि नेपालीहरुको एउटा परम्परा के थियो भने चारधाम भ्रमण गर्न भनेर नेपालीहरु भारत जान्थे । नेपालमा पनि चारधाम छन्, परिचय राम्रोसँग छैन् । मैले भोगेको र बुझेका कुराहरुलाई यहाँ भएका कुराहरुलाई तथ्य जानकारी दिने उद्देश्यले हिमालदेखि कन्याकुमारीसम्म वर्णन गरिएको हो ।

तपाईको नजरमा साहित्य क्षेत्रमा रहेको समस्याहरु के–के हुन् ?
साहित्यमा हामी सिर्जना गर्छौं । कविता नाटक जस्ता कृतिमा केही विकृति छैनन् । तर, पुस्तक प्रकाशन गर्ने बेलामा साहित्यकारहरुको समस्या भने यस्ता छन् ।

15267778_1183119011776147_7703437878002366981_n
१.लेखकहरु आफ्नै खर्च गरेर पुस्तक छाप्छन् ।
२.उनीहरुले रचना गरिसकेपछि त्यो प्रकाशन गरिदिने सहयोग गरिदिने संस्था छैन् । त्यतिकै थन्किएर बसेको छ ।
३.कहीँ गएर केही लेख्न पर्यो भने त्यहाँसम्म जाने खर्च पनि हुँदैन् । मनले चाहेर पनि त्यो काम गर्न सक्दैनन् ।
४.वर्तमान समयमा कुन साहित्य आवश्यक छ भन्ने कुरामा ध्यान नपुगेको जस्तो लाग्छ ।

मुलुकमा अहिले भाषाको पनि ठूलो विवाद आएको छ यसलाई कसरी हेर्नुभएको छ ?
भाषाको विशेष गरी प्रज्ञा प्रतिष्ठानबाट शब्दकोष निस्कियो । वास्तवमा त्यसलाई छुट्याएर प्रष्टसँग उच्चारण गर्नेहरुलाई पनि सजिलो होस् भनेर बनाएका हुन् ।

तर, भाषा बनाउँदा खेरी उनीहरुले परम्परागत लिपी हुन्थ्यो, त्यो भाषामा अलिकति विकृति थपिए जस्तो लाग्छ । त्यसैले भाषा परिवर्तन हुन्छ, परिवर्तन भएका स्वरुपहरुलाई मान्यता दिनुपर्छ । तर, विकृति गराएर होइन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल