गजल

-  |   सरस्वती गुरुङ

गजल

 

saraswati-gurungतिमी डोली चढ्नु पहिले, जहर पिलाई मारिदिनु ।
सवाल पक्कै आउँछ होला, बाहानामा टारिदिनु ।।

तिम्रो घरको बाटो हुँदै, मेरो लास बोकी लग्दा ।
तिम्रो नामको पूmल एउटा, लासमाथि पारिदिनु ।।

पराई घरमा तिमीलाई, पक्कै डर लाग्छ होला ।
बिरामीको बाहानामा, दुई छाक जुठो बारिदिनु ।।

आउन सक्छ, झझल्को आँखामा कहिलेकाहीँ ।
वर्तमानमै रमाउनु, अतितलाई पर सारिदिनु ।।

कटारी, उदयपुर

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल