कविता : आयातित झाडी

-  |   राजन राई

कविता : आयातित झाडी

वर्र्षौं पछि हेत्छाकुप्पा
आदिवासी जङ्गल हुँदै फर्किनु भएछ
उहिले रोपेका बिरुवाहरु
मेरीलावो, कटुस, काहुलो, अम्लिसो इत्यादी रुखहरु भेटेनन्
छक्क परे उनी
कहाँ मासिए मैले सिंचिएका ती रुख बिरुवाहरु ?
खोज्दै पसेँ जङ्गल
ठुल्ठुला उत्तिस, मसला, टिकहरुको सेपमा
भुइँतिरै भासिने अवस्थामा
फेला परे आदिवासी चिलाउने, कटुस, मेरीलावो र अम्लिसोहरु
खुब माया लागेर आयो हेत्छाकुप्पालाई र रिस पनि उठेछ
मेरो आदिवासी बगैँचा अर्थात जङ्गलमा कसले रोप्यो यी सेपिला
बडेमानको रुखहरु ?
अब म यसलाई फाँडेर
पुनः घामको किरण दिनेछु
हतार हतार हेत्छाकुप्पा हँसिया र बन्चरो अर्जाप्न
विश्वकर्मा दाजैको तिर जाँदै गरेको
भर्खरै भेटेर आउँदैछु
तपाईंहरु के हेरिरहनु भएको ?
जाने होइन हतियार अर्जाप्न ?

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल