कथा : मेरो भाइ र सपना

-  |   इन्द्र थेगिम

कथा : मेरो भाइ र सपना

ओई !
सुन्न ।
गए राति सपनामा तँ, कान्छी, म हाम्रो काकीको घरमा भेला भा’को थियौं रे । तैंले मलाई के र के काम अह्राको अह्रायै गरिस् । मेरो अरुतिर काम छ भन्दा पनि सुनिनस् ।

म भने हप्तैभरी कामको चटारोले फतक्कै गलेकी थिएँ ।
किन हो फिटिक्कै जाँगर चलेको थिएन ।
म नाइट ड्युटी सकेर, घरमा सुत्ने तरखरमा थिएँ ।

हेलो ! भन्न नपाउँदै मेरो भाइले उसको सपना ओकल्यो ।
अँ… ए … हो… मात्र भनिरहेँ । भाइले अड्कलबाजी लगाइ रह्यो ।

ओई ! आमाले भनेको घरको मान्छेको सपना देख्यो भने कोही न कोही बिरामी पर्छन् रे नि ?

हँ ! हो त, आमा सधैं त्यसै भन्नुहुन्छ ।
हो भनूँ कि हैन भनूँ तँलाई । ल फोन राखे है । म नि ड्युटी जानलाई तरखर गर्दैछु । तँलाई त्यति भन्नु थियो र बोलेको है ।

ओके बाई ।
गुड डे तँलाई भनेर फोन अफ गरें ।

मेरो भाइ उमेरले मभन्दा २ वर्षले कान्छो छ ।
तर म आफूलाई सधैँ धेरै ठूली सम्झिन्छु ।

आँखा चिम्लिन लाग्दा भाइले सानो छँदा बोलेको, वचन दिएको सम्झिएँ । खुब आनन्द लाग्यो । लोग्ने मान्छेहरुको पनि मन त हुँदो रहेछ । उनीहरु पनि पारिवारिक कुरामा भावुक हुँदा रहेछन् भन्ने लाग्यो । बिहा गरेको धेरै वर्षपछि आफ्नी दिदीलाई भाइले फोन गर्दा त्यसकै कानमा गएर फुसफुसाउन मन लाग्यो ।

ओई ! भाइ तँ अब ठूलो भइछस् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल