गजल

-  |   दीपक आचार्य ‘जलन’

गजल

पुर्खाको वीरतामा अडिएको सान देखिन्छ
नेपाली हुनुको गौरव र स्वाभिमान देखिन्छ

धर्म कर्म र नेपालीपन खै कहाँ हरायो तिम्रो
केवल नागरिकतामा तिम्रो पहिचान देखिन्छ

गरिबको झुपडीमा पाहुनालाई स्वागत गरिन्छ
धनीको गेटमै कुकुरदेखि सावधान देखिन्छ

तिमी किताबमा पढ्छौ र अचम्म मान्छौ साथी
गाउँमा ढिकी र जाँतो देखिन्छ ओदान देखिन्छ

आज म हारेको छु यो जिन्दगीबाट अब मेरो
दुस्मनको अनुहारमा बेग्लै मुस्कान देखिन्छ

बर्दिया

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल