साहित्य समाज देवदहको अक्षयकोष स्थापना

  |   सीता रसाइली

साहित्य समाज देवदहको अक्षयकोष स्थापना

सिड्नी-
साहित्य समाज देवदह रुपन्देहीको अक्षयकोष स्थापनाको लागि सिड्नी अष्ट्रेलियामा रहेका महेश्वर शर्माले देवदहनिवासी आफ्नो बुबा नरेन्द्र प्रसाद शर्माको सम्मानमा एक लाख, एघार हजार, एक सय, एघार रुपैयाको अक्षयकोष स्थापनामा सहयोग गरेका छन ।
“नरेन्द्र अनुरागअक्षय कोष“नाम रहने सो कोषको व्याजवापत प्राप्तहुने कुल रकममध्ये हरेक वर्ष ९० प्रतिशतमात्र रकम अनुराग साहित्य समाज देवदह रुपन्देहीले नेपाली साहित्यको आख्यान,गजल,कविता,कथा (कुनै एकमा) माउत्कृष्ट मूल्यांकनमा पर्ने एक जनालाई आकर्षक ताम्रपत्र, नगद र दोसल्लाओढाई सम्मानगर्नका लागिखर्च गरिने र बाँकी १० प्रतिशत रकमअक्षयकोषकै मूलधनमा रहने साथै सो अक्षय कोषबाट सम्मानितहुने साहित्यकार नेपालभरि जुनसुकै जिल्लाको पनिहुन सक्ने संस्थाकाअध्यक्षनिर्मल ढुङ्गानले बताए ।15086802_10208112684123736_1135176277_n

सो कार्यक्रममा शर्माका बुबा नरेन्द्रप्रसाद शर्मा र आमा सरस्वतिशर्माले सो संस्थाका कोषाध्यक्ष सरस्वति बस्याललाई एक लाख, एघार हजार, एक सय, एघार रुपैयाको चेक हस्तान्त्रण गरेका थिए । महेश्वर शर्मा अन्तराष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लुका महासचिव समेत रहेका महेश्वर शर्माले नेपालीभाषा र साहित्यको आयतनमा अभिवृद्धीको निम्ती प्रवासबाट पनि आफ्नो भुमिलाई प्रत्यक्ष अप्रत्त्यक्ष सहयोग गर्न सकिने बताए ।

सो अवसरमा अनुराग साहित्य समाजको २२ औ मासिकश्रृङ्खलातथाअक्षयकोष स्थापनाकार्यक्रमलाई सम्बोधनगर्दै हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेका अध्यक्षमहानन्द ढकालले प्रवासमा रहेर पनि नेपालीभाषा र साहित्यको आयतनलाई अभिवृद्धि गर्ने उद्देश्यका साथ स्थापनागरिएको सो अक्षयकोषले नेपालीभाषा र साहित्यको प्रवर्दनमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् कथाकार वनमालीनिराकर, रुद्र ज्ञवाली, बाँकेका युवागजलकार हुकुम धड्कन, साहित्यकार रमेश समर्थन,रेडियो देवदहका स्टेशनम्यानेजर रमेश पोखरेल, युगिन साहित्य समाज देवदहकाअध्यक्ष यज्ञप्रसाद न्यौपाने, गुनाखर भुर्तेल, महा मायाभवानी माध्यमिक बिद्यालयका प्राचार्य दिनानाथ अर्याल, अपागं समाज सेवा केन्द्रका सल्लाहकार बालकुमार श्रेष्ठ, शिक्षक हिरामणि शर्मा, संस्थाका सल्लाहकार जयकिशनअधिकारी, उज्यालो लाल्टिन प्रतिष्ठानका अध्यक्ष स्वतन्त्र नेपाललगायतदुई दर्जन भन्दा बढि स्रष्टाहरुले आ–आफ्ना रचनावाचन गरेका थिए ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल