गजल : घरमै फर्क साथी

-  |   बाबुराम पन्थी

गजल : घरमै फर्क साथी

कतिन्जेल बस्छौ एक्लै एक्लै घरमै फर्क साथी
लालाबालासँग बेग्लै बेग्लै घरमै फर्क साथी

पाखुरीमा बल छँदा विदेशमा जीवन खेर नफाल
गरौंला केही धन्दा स्वदेशमा घरमै फर्क साथी

बाबा आमा रून्छन् सधैँ सम्झेर तिमीलाई हरपल
पर्खिराख्या छिन् उनी यौवन साँचेर घरमै फर्क साथी

हेपिएर परदेशमा नोकर बन्न अब छाडी देऊ भो
उत्तम कुटीकै मालिक बन्न घरमै फर्क साथी

कतिन्जेल बस्छौ एक्लै एक्लै घर मै फर्क साथी
लालाबालासँग बेग्लै बेग्लै घरमै फर्क साथी

तम्घास, गुल्मी

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल