कविता : चट्ट मसला हो

-  |   राकेश कार्की

कविता : चट्ट मसला हो

rakesh-koirala
घर एउटा तसला हो
माया चट्ट मसला हो
सँगै हुने कि छुट्टिने
दुवैको फैसला हो

जबसम्म गुलियो
तब माया चुलियो
आनन्दमै भुलियो
कता कता डुलियो

जब अलि अमिलो
तब माया धमिलो
अलि अलि ठाक्क ठुक्क
गुलियोमा कमिलो
रीस उठेपछि टर्रो
मुखै मुखबाट छर्रो
अलि धेरै तँ तँ म म
बोली नमिठो जर्रो

जब हुनथाल्छ पिरो
मुटुमा लामो चिरो
हिरोइन फर्किन एकातिर
अर्कोतिर फर्कियो हिरो
लस एन्जेलस

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल