किशोर नेपालले ल्याए राक्षसको गीत

किशोर नेपालले ल्याए राक्षसको गीत

काठमाडौं, कात्तिक २७–पत्रकार किशोर नेपालको निबन्ध संग्रह राक्षसको गीत सार्वजनिक भएको छ ।kishor-nepal-1

काठमाण्डौको चावहिलस्थित शिल्पी थिएटरमा आयोजित एक समारोहका बीच पत्रकार नेपालको निबन्ध संग्रह राक्षसको गीत सार्वजनिक भएको हो ।
राक्षसको गीतमा रगतको भल, राजाकी रानी, निर्वासित, भातको कुनै स्वाद हुदैन जस्ता ३३ वटा निबन्ध संग्रहित छन् ।
ती सबै निबन्धमा पत्रकार किशोर नेपालले पेशागत सिलसिलामा भोगेको जीवनका परिदृश्यहरुलाई साहित्यमा कलात्मक र आकर्षक शैलीमा प्रस्तुत गरेका छन् ।
पत्रकारिताको पेशागत धर्म निर्वाहका क्रममा अनुभव गरेका विषयलाई पस्किने क्रममा उनले सामाजिक सांस्कृतिक पक्षलाई बढी ध्यान दिएपनि कतै कतै राजनीतिका छिटाको पनि निबन्धमा अनुभव गर्न सकिन्छ ।
बीएन पुस्तक संसारले छापेको ‘राक्षसको गीत’ निबन्ध संग्रहले परिवर्तित सन्र्दभमा समयको चित्र पनि कोरेको महसुस गर्न सकिन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल