विमिसाको अटल प्रेम

-  |   निमेष पौडेल

विमिसाको अटल प्रेम

‘‘तँ ! अर्काको श्रीमानसँग सुत्ने आइमाई ।”
दुई महिनाअघिको कुरो हो । डडेलधुरा जस्तो विकट ठाउँबाट कमाउने सिलसिलामा दम्पती दुई महिने बालकसहित साउन महिनाको अन्त्यमा काठमाडौँ झरे । ती दुवै खुसी नै देखिन्थे । सहरमा चिनेको कोही नभएका कारण गौशालास्थित रातोपुलको झुपडी जस्तो घरमा मासिक १६०० तिरेर बस्न थाले । कोठा पनि तीन तल्ले घरको टप फ्लोरमा पाए ।

श्रीमानको नाम यग्यकल्लु अइयर थियो भने श्रीमतीको नाम विमिसा अइयर थियो । दुवै निक्कै हसमुख स्वभावका थिए । त्यही भएर होला त्यस समाजमा तिनीहरुलाई घुल्न ज्यादा समय लागेन । भनिन्छ नि, मानिसको बोल्ने हाउभाउ अनि स्वभावले उसलाई उच्च ठहर्याउँछ ।

श्रीमती अलि कडा स्वभावकी थिइन् क्यारे । केही काम अराउनु परे नाम जोडी तँतँ र मम गर्थिन् । हुन त डडेलधुरातिरको बोल्ने टोन नै त्यस्तै हुन्छ भन्थे । पानी ल्याउन अराउनु परे, “तलबाट पानी ल्याइदे त भन्थिन् ।”

बस्नलाई घर पाइसकेका थिए । समाजमा उत्कृष्ट जोडीको नमुना पनि बनिसकेका थिए । तर यग्यले नोकरी पाएका थिएनन् ।pinky-love

बल्लतल्ल धेरै दिनको दौडधूपपछि यग्यले जागिर पाए । क्यासिनोमा टेबल वर्कर । मासिक तलब ९००० तर नाइट ड्युटी । काठमाडौँ छिर्दा नोकरी थिएन । यति भएपछि जोडी पनि खुसी भए । हुन त काठमाडौँमाँ त्यतिले पुग्दैनथ्यो तर पनि भन्छन नि, ‘‘नहुनुभन्दा केही भएको राम्रो” ।

घरको खर्च र काठमाडौँको महँगाीलाई यग्यको पैसाले धान्ने नदेखेपछि विमिसाले पनि घरघरमा भाडा मस्काउन थालिन् । काठमाडौंमा जुझारुभन्दा सुतालु धेरै छन् । त्यसैले होला घरमा काम छिट्टै पाइहालिन् ।

यग्य बेलुकाको ड्युटी गथ्र्यो भने विमिसा अरुको घरमा भाडा मस्काउन थालिन् ।
तिनीहरु बस्ने तल्लामा अरु पनि परिवार बस्थे । सबै मिलनसार नै थिए । एउटा परिवार चाहिँ अलिक छुट्टै किसिमको थियो । बेलुका होस् या बिहान झैझगडा भइरहन्थ्यो । त्यो परिवारमा दम्पती (हरि र गोमा) साथै उनका दुई छोरी पनि थिए । त्यो परिवारमा श्रीमान–श्रीमतीको झगडा हरबखत पथ्र्यो । श्रीमानको जाँडको लत थियो भने श्रीमतीलाई पैसा कमाउने लत । चाहे त्यो कलकत्ते काम गरेरै होस् । कलकत्ते मतलब जिउ बेच्ने । कहरभन्दा पनि रहरले नै थियो कि खै । नत्र श्रीमानको मासिक २५,००० कमाइमा के नपुग्दो थियो र गोमालाई ? छोरीहरु पनि उस्तै खराब चरित्रका छन् भन्ने समाजमा होहल्ला थियो । जेठी युनिसा १० मा पढ्थिन् भने कान्छी अंशिला ८ मा । जेठी छोरी युनिसालाई चरित्रको ख्याल पट्टकै थिएन अरे । सबैले ‘‘जस्तो आमा त्यस्तै छोरी” भन्थे । कान्छी छोरीमा चरित्रको खोट त थिएन तर आफूभन्दा ठूलालाई आदर गर्न आउँदैनथ्यो । त्यसको ठूलो उदाहरण उसले आफ्नो पितासँग बोल्ने लवजले नै पुष्टि गथ्र्यो ।
यग्य सोझो थियो । सोझो नहोस् पनि कसरी ? श्रीमती डण्ठा लाउनेवाली थिइन् ।
समय बित्दै गयो । यग्य परिवार सबैसँग भिज्दै गयो । यग्यको पनि गोमा परिवारसँग बोलचाल सुरु हुँदै गयो । यग्यको श्रीमतीलाई के भान थियो भने ‘‘यग्य कसैको मोहमा पर्दैन, त्यो मैले भनेबाहेक अरु कसैले भनेको मान्दैन ।” तर उनीलाई के थाहा ? छोरा मान्छे मोहमा पार्न समय लाग्दैन भन्ने ।

विमिसा यग्यमाथि के कुरामा विश्वस्त थिइन् भने मेरो पति गोमाको माया जालमा पर्दैपर्दैन । त्यही भएर होला गोमा परिवारलाई कुनै काम परे यग्यलाई पुकार्दा विमिसा ‘जा’ भन्दै यग्यलाई आदेश दिन्थिन् ।

समय बित्दै गयो । गोमा अनि यग्य साच्चै नै निक्कै नजिक भए । यस्तो नजिककी, बाजार जाँदाआउँदा पनि गोमा यग्यलाई साथ लिँदै जान्थिन् ।
विमिसा त्यस अवस्थाको ज्ञात भए पनि केही बोल्दिनथ्नि । उनलाई त अझै पनि यग्य सोझै लाग्थ्यो । किनभने यग्य उनले भनेको केही अटेर गर्दैनथ्यो, भनेको सबै मान्थ्यो ।

गोमाको घरमा एक दिन उनको पति हरिसँग घमासान झगडा भएछ । कारण के रहेछ भन्दा गोमासँग यग्य धेरै नै नजिक भयो रे ! त्यो दिन गोमाले फेरि एकपटक वेश्याको उपनाम पाइन् आफ्नै पतिबाट । झगडा ढोका थुनेर हुन्थ्यो तर त्यसको आवाज पुरै घरमा बस्ने सबैलाई थाहा हुन्थ्यो । घर पुरानो थियो, त्यसकारण डयाङ्गडुङ्गको पूरै आवाज गुन्जिन्थ्यो । गोमाको कर्तुत दुई छोरीलाई प्रष्टसँग थाहा भए पनि उनीहरु केही बोल्दैनथे । कारण पैसानै थियो, जुन उनीहरुले आमाबाट पाउने गर्थे । गोमा अनि दुई छोरी मिली त्यो दिन हरिलाई मर्ने गरी पिटे । झगडा छुट्याउन घरमा बस्ने मानिस जम्मा हुनुपरेको थियो ।
हरि पहिले एक पटक पैसा कमाउन विदेश गइसकेको थियो । ऊ अहिले क्यासिनोमा काम गथ्र्यो । यग्य र उसको क्यासिनो फरक थियो । पछिल्लो रात भएको घटनासँग आजित भएर हरिले फेरि विदेश जाने निर्णय गर्यो ।
हरि विदेशियो । गोमा झन् खुशी भइन् । उनलाई चाहिएको नै त्यही थियो । हरि विदेशिएपछि मैले झन् मोज गर्न पाउँछु भन्ने उसलाई लागेको थियो ।
समय बित्दै गयो । यग्यको तलब पनि साउने झरीले खहरे खोलामा ल्याको पानीको वृद्धिझैँ बढ्न थाल्यो ।
एक दिन साँझपखको कुरो हो । आफ्नो तलब वृद्धि भएको कुरा सुनाउँदै यग्यले विमिसालाई भन्यो, ‘‘अबदेखि अरुको घर हात घस्न जानु पर्दैन । घरमै बसेर छोरालाई हेरेर बस् ।”

‘‘तैले भनेर हुन्छ ! कति बढ्यो त, कति ?” श्रीमतीले झर्किंदै भनी ।

‘‘तैँले पाउने तलब जति वृद्धि भयो । झ्याप्पै ४ हजार बढ्यो । त्यसैले भन्दै छु आइन्दा काम गर्न नजा । भोलि गएर आजसम्म काम गरेको पैसा लिएर आइज, अनि अबदेखि कहिल्यै आउँदिन पनि भनेर आइज ।”

छोरा पनि बिरामी पर्दै थियो । ‘‘हुन्छ तर तैँले मेरो हातमा हरेक महिना तलब बुझाउनु पर्छ नि फेरि !” विमिसाले भनिन् ।
‘‘अहिलेसम्म नदिएको छु र ? सबै तलब बुझाउँछु चिन्ता नगर ।”
त्यो रात त्यतिकै गल्फतीमा बित्यो । त्यो दिनपछि यग्यको स्वभाव बदलिँदै गयो । यग्य विमिसालाई चर्को स्वरमा कुरा गर्न पछि हटेन । विमिसा भने चुप लाग्न थालिन् । कराउँ भने पनि कसरी ? अब यग्य नै उस्को भविष्य भइसकेको थियो ।

उता यग्य गोमासँग पूर्णतया घुलमिल भइसकेको थियो । गोमाले बोलाउने बित्तिकै ऊ बोलाएको ठेगानामा पुग्थ्यो । त्यसबारे विमिसालाई कुनै खबरखाबर नै थिएन । यग्य विमिसासँग २०, ३० मिनटमा आउँछु भनी निस्किन्थ्यो तर घण्टौँसम्म उपस्थित हुन्थेन । अलिअलि त्यसबारे कुरा कानमा परे पनि उनले कहिल्यै यग्यलाई शङ्का गरिनन् ।

विस्तारै विस्तारै यग्य विमिसाप्रति अटेर हुँदै गयो । विमिसालाई पनि केही नराम्रो हुँदैछ भन्ने भान रहन थाल्यो । त्यति हुँदाहुँदै दसैं आइपुग्यो । यग्य परिवार दसैं मनाउन डडेलधुरातिर लाग्यो । यता गोमा दुई छोरीसँग काठमाडौँमै बसे । गोमालाई आफ्नैले पनि नराम्रो ठान्थे । त्यही भएर पनि उसलाई कसैले न त बोलाउँथे न त गोमा नै कसैकामा दसैं मनाउन जान्थी ।

यग्य डडेलधुराबाट दसैं तिहारको छुट्टीमा पनि काम गर्नुपर्छ भन्दै विमिसालाई ढाँट्दै फुत्किएर काठमाडौँ आउँछ । यग्य परिवारसँग काठमाडौँ आएको १ महिना भइसेको हुन्छ । तिहार आउन अझै १५ दिन बाँकी थियो । यग्य दसैं सकेर आएको थियो । ऊ काठमाडौँ फर्किएपछि गोमाकै कोठामा सुत्ने उठ्ने गर्न थाल्यो । सारा समाजलाई त्यसबारे थाहा भयो । तर विडम्बना विमिसालाई केही अत्तोपत्तो थिएन ।
सँगै सुत्ने उठ्ने भएपछि यग्य गोमाको शरीरसँग लिप्तिन पुगेछ । घर वरिपरि रहेका मानिसले दुवैलाई खराब दृष्टिले हेर्न थाले ।

एक दिन यग्यको मोबाइलमा घण्टी बज्यो । यग्य गोमालाई च्याप्दै सिरकमुनि थियो । याग्यले मोबाइल हेर्यो । बुढी लेखेको रहेछ । यग्य झस्कियो । ऊ काठमाडौ आएदेखि विमिसाको फोन आएको थिएन । आज एक्कासि त्यसरी फोन आएको देखेर यग्य तर्सियो । गोमालाई एक छिन केही नबोल्न आदेश दिँदै फोन उठायो ।

‘हेल्लो ।’ यग्य सानो स्वरमा बोल्यो ।

‘‘तँ केही नबोल । तेरो सबकुरा मैले थाहा पाइसकेको छु बुझिस् ।” विमिसा झर्किन् ।

‘‘तैँले के भन्दै छस् तँलाई थाहा छ नि ? तँ कोसँग बोल्दैछेस् त्यो पनि सोचेर बोल है ।” ऊ पनि झर्कियो, झुट लुकाउन ।

‘‘गोमासँगको चर्तिकलाबारे मैले सबै थाहा पाइसकेँ । अब त केही नबोल ।”

‘‘के थाहा पाइस् ?” यग्य असिन पसिन भएर पनि झर्किंदै थियो । ‘‘धेरै नबोल बुझिस् । पहिला आफ्नो आँखाले हेर अनि मात्र बोल । अनि तँलाई कसले भन्यो त्यस्तो ?”

‘‘जसले भए पनि भन्यो । तलाई केको मतलब ? अहिले पनि गोमे वेश्यासँग छस कि क्या हो ?”

‘‘मुख सम्हालेर बोल ! बुझिस् ! ओफिसमा छु । विश्वास लाग्दैन भने फोन गरेर सोध ।”
त्यसपछि विमिसा सुस्केरा हाल्दै रुन थालिन् । ‘‘मैले तँलाई मेरो भगवान् ठानेको थिएँ । तँ के निस्किस तँलाई आफै थाहा छैन । जब तेरो र मेरो विवाह भयो । १÷२ दिनमै तेरो हाउभाउले मलाई भान भइसकेको थियो । तँलाई मेरो खुब चिन्ता छ र तैँले मलाई धेरै माया अनि खुशी दिन्छस् भन्ने। तर तेरो आजभोलिका क्रियाकलापले मलाई भित्रैबाट टुटाइस् । किन ? यग्य किन ? तैले मलाई यस्तो दण्ड किन दिइस् ?” यति मात्र के भन्दै थिई फोन टुँ… टुँ…टँ… गर्दै कराउन थाल्यो । यग्यले फोन काटेछ । त्यो फोनवार्तापछि यग्यले विमिसाको नम्बर ब्लाक गर्यो । यग्यलाई थाहा नहुने गरी विमिसा यग्यको बारेमा छरछिमेकमा सम्पर्क गर्दै सोध्थिन् । हरेक दिन १० पटक भन्दा बढी फोन गर्थिन् । मात्र यति सोध्थिन्, ‘‘ मेरो यग्य के गर्दै छ ?” उनको त्यस्तो निश्चल प्रेम देखेर सबै महिलाहरुको मन कटक्क हुन्थ्यो ।
यग्यलाई अझै पनि आफ्नो गल्तीको भान भएको थिएन । ऊ बिहान पख क्यासिनोबाट फर्किन्थ्यो र गोमाकै कोठा छिरी आराम गथ्र्यो । गोमाका दुई छोरीहरु पनि केही भन्दैनथे । ती दुईलाई यग्यले पैसा दिन्थ्यो । त्यही भएर पनि तिनीहरु मौन बस्थे । त्यो घरमा कसैले पनि गोमा र यग्यलाई केही भन्दैनथे । मात्र सबैले घृणा गर्थे ।

दिन बित्दै गयो । यग्यले गोमाको व्यवहारमा फरक पाउँदै थियो । तर पनि ऊ चुप थियो । त्यसको कारण गोमामा नभएको इज्जत थियो । गोमासँग विछोडको कुरा गरे उसले गाउँ समाजलाई आफूसँग भएको रङ्गलीलाबारे भनिदिने डर थियो । यग्यले आफ्नो इज्जत समाजमा फ्याले पनि उसलाई इज्जत भनेको के हो भन्ने कुराको राम्रोसँग ज्ञान थियो । गोमाले उसलाई भौतिक रुपमा लुटिरहेकी थिइन् । गोमाले पैसा मागेको बेला यग्यले पैसा छैनभन्दा गोमाको फरक किसिमको व्यवहार हुन्थ्यो । उसले त्यस्ता कुरा पनि विचार गर्दैथियो । त्यस्तै फरक किसिमको व्यवहार बटुल्दै उसले गोमाबारे सबै बुझ्दै थियो ।

विस्तारै उसलाई आफ्नी श्रीमतीको चोखो प्रेमबारे दया लाग्दै गयो । ‘‘ धत् ! मैले गर्नु नहुने कार्य गरँेछु । अब म कसरी विमिसालाई आफ्नो कुकर्मले भरिएको मुहार देखाऊँ । तर अब बस ! पुग्यो मलाई । अब चाँडै डडेलधुराको गाडी समाती घर पुग्छु र विमिसालाइ सबै कुरा बताई १० औँला जोडी माफी माग्छु । आखिरी त्यो मेरो श्रीमती हो । मलाई पक्कै माफी दिनेछिन् ।” यस्तै यस्तै कुराहरु उसको मनमा खेल्न थाल्यो । यग्य दाउ छोपेर १, २ दिनभित्रमा गाउँ जाने तर्खर बनाउँदै थियो । तिहार आउन केही दिन मात्र बाँकी थियो । डडेलधुरा पुगेर तिहार पनि सँगसँगै मनाउन पाउने भन्ने उसको दाउ थियो ।
एक दिनको कुरा हो । साँझ यग्यले काममा नजाने निर्णय गर्यो । उसले गोमालाई नभानीकन डडेलधुराको बिहान ९ बजेको टिकेट किनेर ल्यायो । ऊ बेलुका गोमाकै कोठामाँ सुत्यो । दुवैसँगै एकै ओछ्यानमा सुते ।
बिहान पख चराचुरुङ्गीको च्यारच्यारसँगै यग्य व्युँझियो । उसले गोमालाई आफ्नो ओछ्यानमा पाएन । कोठा बाहिर यग्यले झगडाको आवाज सुन्यो । ब्लाङ्केट हटाउँदै ऊ बाहिर निस्कियो । उसले बाहिर विमिसाले गोमाको जगल्टा समात्दै गरेको देख्यो । ऊ बेहोसियो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल