चन्द्रमामा बस्ती

-  |   दिल थापा

चन्द्रमामा बस्ती

dil-thapaतिम्रा छोराहरुले चन्द्रमामा
बस्ती बसाल्ने कुरा छ
थाहा पाउनुभयो कि भएन आमा
तिम्रा छोराहरुले तिम्रो कोखमा

अणु बम खसाल्ने कुरा छ
कुन्नी के शक्ति छ
मेरा दाइ अनि भाइहरुमा
कुन्नि के कुराको घमण्ड छ

मेरा दाइ अनि भाइहरुमा
आमा तिमीले सोधेकी थियौ
सानो भाइलाई अनि ठुल्दाइ
तिम्रा वरिपरी घुमेको यानहरु

तिम्रै काखमा खसाल्ने कुरा छ
थाहा पाउनुभयो कि भएन आमा
तिम्रा छोराहरुले चन्द्रमामा
बस्ती बसाल्ने कुरा छ

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल