ट्रम्पको जित र मेरोयथार्थ

-  |   ढुण्डी बैरागी

ट्रम्पको जित र मेरोयथार्थ

हिलारीले हारेकी हैनन्
ट्रम्पले जितेका पनि हैनन्
अलिकति
सायद थोरै सोचाइहरु
तराजुहरुमा घटबड नभएर हो

ओबामाले कू नगरेर हो
छिमेकिले फू नगरेर हो
किनकि
मअमेरिकामा छैन
अनि
मेरा डाढे तल्लाघरे र माथ्लाघरे
छिमेकी अमेरिकामा छैनन्
र जिते चुनाव ट्रम्पले
पख…. पर्खाल लगाऊछु..

ट्रम्प कुर्लिए जनता उर्लिए
उर्लिएको मान्छे
उर्लिएको खहरे भर हुँदैन
बगाइदिन्छ मै हुँ भन्नेलाई
रत पख….पर्खाललगाऊछु भनी ट्रम्प कुर्लिए

हेरिरह्यो म्याक्सिको
सकेन कू गर्न र भएन
नाकाबन्दी अमेरिकामा
रोकेन कसैले उसको तेल
उसको बिजुली
गुडे गाडी निर्वाद रुपमा
त्यो दिन पुगे जनता पुग्नेठाउँमा
बलेबत्ति निर्वाद रुपमा त्यो दिन
अनि
हाले भोट उज्यालोमा सबैले
देखियो सबै कुरा उज्यालोमा
त्यसकारण, हो त्यसकारण
ट्रम्पले चुनाव जिते

र त जनताले जित्यो घरले जित्यो
सायद कू गर्ने छिमेकीले हारे
थुप्रै महरु मुस्कुराए

ट्रम्पको जितमा
किनकि थुप्रै मजस्ता महरुलाई
कहिलै जित्न दिएन
मेरो आफ्नै छिमेकीले
ट्रम्प कहिले जन्मेन
मेरो देशमा
र त खुला छन् मेरा देशका सिमाना
पर्खाल लाग्दैन मेरो सिमानामा
किनकि मेरो देशमा ट्रम्प छैनन्

ट्रम्प अमेरिकामा छन्
हो ट्रम्प अमेरिका माछन्
र त चुनाव जिते ट्रम्पले
खुलेआम छिमेकिलाई
पर्खाल लगाउँछु भनीभनी

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल