जब देशमा यसरी हुन्छ विकास..(भिडियोसहित)

जब देशमा यसरी हुन्छ विकास..(भिडियोसहित)

काठमाडौं  – मुग्लिन–नारायणघाट सडक खण्डका ‘एम्वुस’ जस्ता पुलको अबस्था तपाईले पढनुभयो, तस्वीर हेर्नुभयो र भिडियो पनि देख्नुभयो । यो क्षेत्रमा कति जोखिमपूर्ण यात्रा गर्नुपर्छ र कति धेरै दुर्घटनाग्रस्त क्षेत्र छन्, त्यो पनि तपाईंलाई देखायौँ ।

एकातिर जोखिम र खतरा छ भने अर्कोतिर आशा पनि छ । आशा यसकारण कि ३३ किलोमिटर मुग्लिन–नारायणघाट सडक विस्तार आयोजना अगाडि बढेको छ । यद्यपी यो ढिला भैरहेको छ । काम सकियो भने यो सडक एसियाली मापदण्डको हुनेछ । तर, दुर्भाग्य हामो ‘सिस्टम’ विकासप्रति त्यति धेरै उदार छैन । यो ‘सिस्टम’ मा जनताको आबश्यकताको गतिमा काम हुँदैन । हामीले ग्राउन्ड जिरोमा गएपछि मुग्लिन–नारायणघाट सडक खण्ड विस्तारमा जे देख्यौँ ।
highway-construction-3
मुग्लिन–नारायणघाट सडक विस्तार आयोजनासम्बन्धी केही तथ्य

–२०७१ चैतबाट काम शुरु भएको मुग्लिन नारायणगढ सडक खण्डको ३३ किलोमिटर बिस्तारको काम २०७४ बैशाखमा सम्पन्न गर्नुपर्ने थियो ।

–निर्धारित समयमा आयोजनाको काम सम्पन्न नहुने भएपछि २०७४ भदौसम्मको समय थप गरिएको छ ।

–आयोजना शूरु भए लगतै आएको भूकम्प र गत बर्ष भारतले गरेको अघोषित नाकाबन्दीका कारण यो आयोजनाको काम प्रभावित भएको आयोजनाले बताएको छ ।
highway-construction-5

तर, सुनसान कार्यालय

–एकातिर महत्वपूर्ण आयोजनाको काम सकिएन भन्दै समय थप्ने गरिएको छ । अर्कोतिर, सिनियर अधिकारी नै कार्यलयमा भेटिन्नन् । आयोजना स्थलमा पनि भेटिन्नन् । यस्ता कर्मचारीको बलमा आयोजना अगाडि बढेको छ ।

–गत सोमबार रातोपाटी टीम सडक विभाग, मुग्लिन नारायणघाट सडक बिस्तार आयोजनाको कार्यालय पुग्दा रिसेप्सनका कर्मचारी बाहेक अन्य थिएनन् । आयोजना प्रमुख चन्द्रनारायण यादव एक सातादेखि काठमाडौंमा थिए । त्यस अघि उनले एकसाता थाइल्यान्ड बिताए ।

जोखिमपूर्ण मुग्लिन–नारायणघाट सडकमा यस्ता छन् ड्राइभरका दुःख

–उता सिनियर डिभिजनल इन्जिनियर गोबिन्दप्रसाद खनाल परीक्षा विदामा थिए । भएका एकजना इन्जिनियर शिव खनाल चितवनमा भएको एक कार्यक्रममा सहभागी हुन गएका थिए ।

–कार्यालयमा १५ कर्मचारीको दरबन्दी भएपनि ५ जना कटौती गरिएको छ । कार्यालयमा प्रशासनबाहेक एक आयोजना प्रमुख र २ जना इन्जिनियरले आयोजना हेरिररेका छन् । तर, आयोजना प्रमुख कार्यालयमा कहिलेकाँही बसेपनि धेरैजसो काठमाडौ बस्ने गरेका छन् ।

–रातोपाटी टिम सडक बिस्तार आयोजनाको कार्यालय मुग्लिनमा दिँउसो २ बजे पुग्दा कार्यालय प्रमुख र बाँकी दुई इन्जिनियरको कार्यकक्ष बन्द थियो । हामीले तस्विर लिन थालेपछि कार्यालय सहयोगीले कार्यालयमै नभएका कर्मचारी बस्ने कोठको ढोका खोल्न थाले ।

sadak-bivag

हेर्नुहोस भिडियो….

कार्यालयमा आयोजनाका पदाधिकारी नबस्ने बारेमा रातोपाटीको टेलिफोन प्रश्नमा आयोजना प्रमुख चन्द्रनारायण यादवले सडकको निरिक्षण तथा अनुगमनको काम कन्सल्ट्यासले गर्ने भएकोले सडक अनुगमन बारेमा आफ्नो कुनै भूमिका नरहेको बताए ।

सडकको काम पुरा भयो भने …

–चितवन, नारायणघाट आँपटारी देखि मुग्लिनतर्फ १६ किलो भन्ने ठाँउसम्म ११ मिटर चौडा सडक हुनेछ । बाँकी सडक ९ मिटर चौडाईका हुनेछन् । मुग्लिन–नारायणघाट सडक खन्ड अहिले सडक ५, साँढे ५ मिटरदेखि ६ मिटर चौडाईको छ ।
–३ मिटरदेखि ५ मिटरसम्म सडकको चौडाई बिस्तार भएपछि सबारी संचालनमा केही सहजता हुने, दुर्घटना न्यूनिकरणमा थोरै सुधार हुने अपेक्षा गरिएको छ ।

–बिस्तार तथा स्तरोन्नती भइरहेको सडकको कुल लम्बाई ३३ किलोमिटर छ । यो सडकलाई एघार–एघार किलोमिटरका दरले नेपाल भारतका गरी ६ वटा निमार्ण कम्पनी काम गर्दैछन् ।

highway-construction-2–पहिलो सडक खण्ड १० किलोमिटर सडक विस्तारमा भारतको बिएलए र नेपालको श्रेष्ठ कन्स्ट्रक्सन हेटौँडाले काम गरिरहेको छ ।

–बिचको ११ किलोमिटर सडक खण्ड भारतको उड–हिल कम्पनी र नेपालको लामा कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेको छ ।

–पछिल्लो खण्डको १२ किलोमिटर सडक भारतको सुप्रिम कन्स्ट्रक्सन र नेपालको रौटाहा कन्सट्रक्सन कम्पनीले काम गरिरहेको छ ।

–सडक दुई लेनको नै हुनेछ । तर, यो मापदण्ड अनुसारको दुई लेन सडक हुनेछ ।

–कतै गाडी बिग्रिएमा जाम नहँुने गरी सहज किसिमको लेन हुने बताइएको छ ।

–प्रत्येक सडक खण्डमा झन्डै १ अरब रुपैँया खर्च हुनेछ ।

–यो सडक २०३६ सालमा चिनियाँ आर्थिक तथा प्राविधिक सहयोगमा निमार्ण भएको थियो ।

highway-construction-4

–अहिले हरेक दिन १० हजारभन्दा धेरै सवारी साधन सञ्चालन हुन्छन ।

–विगतमा यो सडक मर्मतसंभारका लागि हरेक बर्ष सडक विभागले ५० लाख हाराहारीमा खर्च गर्ने गर्ने गर्दथ्यो । तर, सडकको अवस्थामा भने खासै सुधार हुने थिएन ।

–विभागले पुल निमार्णका लागि हरेक बर्ष बजेट छुट्याउने गरेपनि बर्षौसम्म पनि पुलको रेलिङ बन्न नसकेको सडक आसपास बसोबास गर्ने स्थानीयहरु बताँउछन् ।

यो सडक खण्डको २० किलो भन्ने स्थानको सेती दोभानमा ६ मिटर लम्बाई र ११ मिटर चौडाईको बस कल्र्भट निमार्ण भइरहेको छ । १ महिनाभित्र यो कल्र्भटको काम सकिने इन्जिनियर ज्ञानेन्द्र घिमिरेले बताए ।

यस्तै पुलको रेलिङको मर्मत गर्ने जिम्मा पनि ठेकेदार कम्पनीले नै लिएकोले केही समय पछि गर्ने परामर्शदाता इन्जिनियर विप्लव कुमार कार्कीले बताए ।

हेर्नुहोस भिडियो :

१८ क्षतिग्रस्त पुल नबन्ने ! ४ पुलको नक्साङ्कन हुदैँ

–मुग्लिन–नारायणगढ सडक खण्डको १८ क्षतिग्रस्त पुल भएका स्थानमा तत्काल पुल नबन्ने भएको छ । तर केही पुलहरुको नक्साङ्कनको काम भने शूरु भएको छ ।

–चितवनको दासढुङ्गास्थित दासखोला पुल, खानीखोला पुल, मौरी पुल र जलबिरे पुल निर्माणका लागि नक्साङ्कनको काम शुरु भएपनि पुल कहिले बन्छ भन्नेमा निश्चित भएको छैन् ।

highway-construction-1

–३३ किलोमिटर सडक बिस्तारको काम भएपनि पुल निमार्णको काम भने तत्काल नहुने भएको हो ।

–पुलको भाँचिएको रेलिङ मर्मत गर्ने जिम्मा निमार्ण व्यवसायी कम्पनीलाई दिएपनि न निर्माण व्यवसायीलाई तातो लागेको छ न त सडक विभागलाई नै ।

–२४ सै घन्टा जोखिम मोलेर सबारी साधानहरु यो बाटोबाट गुड्ने गरेका छन् । सडक विभाग अन्र्तगतको पुल महाशाखाले हरेक बर्ष पुल मर्मत गर्नका लागि रकम निकासा भएपनि पुलको अवस्था भने उस्तै नै छ ।

गत आर्थिक बर्षको न्यून विकास खर्च भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट छन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल