जोखिमपूर्ण मुग्लिन–नारायणघाट सडकमा यस्ता छन् ड्राइभरका दुःख

मङ्सिर ७  |   शम्भु दंगाल

जोखिमपूर्ण मुग्लिन–नारायणघाट सडकमा यस्ता छन् ड्राइभरका दुःख

चितवन – विश्व बैङ्कको ३ अरब ऋण सहयोगबाट प्राप्त रकमबाट थालिएको ३३ किलोमिटर मुग्लिन–नारायणघाट सडक विस्तार आयोजनाको काम धिमा गतिमा अघि बढिरहेको छ । मुग्लिन–नारायणघाट सडकको कुल लम्बाइ ३६ किलोमिटरमध्ये ३३ किलोमिटरको काम थालिए पनि कामले अपेक्षाअनुसार गति लिन सकेको छैन । २०७१ चैतबाट सुरु भएको यो आयोजनाको काम सकिनुपर्ने मिति २०७४ वैशाख हो तर अहिले चार महिना म्याद थपेर भदौसम्म पु¥याइएको छ ।

आयोजनको काम भर्खर एक चौथाइ अर्थात ३० प्रतिशत मात्र सकिएको मुग्लिन–नारायणघाट सडक बिस्तार आयोजनाका इन्जिनियर शिव खनालले बताए ।

pul-2

३३ किलोमिटर सडक ३ वटा ठेकेदार कम्पनीले ११ किलोमिटरका दरमा ठेक्का लिएर काम गरिरहेका छन् । बीएलए एससीसी जेभी कन्सट्रक्सनले एक खण्ड, बुडहिल लामा जेभी कन्सट्रक्सनले एक खण्ड र सुप्रिम रौताहा जेभी कन्स्ट्रक्सनले अर्को खण्डको ठेक्का लिएको छ । ११ किलोमिटर सडक स्तरोन्नतिका लागि १ अरब बजेट छुट्टाइएको छ । चितवनको आँपटारीदेखि मुग्लिनसम्मको सडक बिस्तारको काम भइहरेको हो ।

चितवन प्रहरीका अनुसार दैनिक १० हजार सवारीसाधान सञ्चालन हुने यो सडकमा एकतर्फी बाटो बनाएर सडक बिस्तारको काम भइरहेको छ । सवारी साधनलाई चल्न दिँदै सडक विस्तारको काम पनि जारी राख्दा जाम र धुलोबाट सवारी चालक तथा मोटरसाइकल चालक हैरान हुँदै आइरहेका छन् ।

सावधान ! तस्बिर र भिडियोमा हेर्नुहोस्, मुग्लिन–नारायणगढ सडक खण्डका १८ ‘एम्बुस’ !

मुग्लिन–नारायणगढ सडक खण्डमा यसकारण हुन्छ धेरै दुर्घटना

सडक विस्तारका कारण उत्पन्न जामका कारण यात्रीहरु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् भने दैनिक सोही रुटमा सवारी चलाउने सवारी चालकहरु धुलोले घाँटी तथा छातीमा समस्या हुने गरेको बताउँछन् ।

हामीले सोही रुटमा मोटरसाइकल चलाउने केही यात्रीहरुलाई राजमार्गमा अहिले यात्रा गर्दा भोग्नुपर्ने समस्याका बारेमा सोधेका छौँ ।

कृष्णप्रसाद भूर्तेल : मोटरसाइकल चालक
krishna-pd-vurtelनारायणघाटबाट पोखरातर्फ हिँडेका पर्वतका कृष्णप्रसाद भुर्तेल धुलोबाट जोगिनका लागि रेनकोट लगाएको अवस्थामा भेटिए । राजमार्गमा सडक विस्तार क्रममा उत्पन्न धुलो तथा बिग्रे–भत्केका सडकबाट उढेको धुलोले उनी धुलाम्मे भएका थिए ।

शेरबहादुर श्रेष्ठ : मोटरसाइकल चालक
गोरखाबाट नवलपरासीको गैँडाकोट तर्फ जान लागेकाशेरबहादुर श्रेष्ठले बाटो बन्दै गरेकोले धुलोले सास्ती पाएको बताए । उनले सरकारलाई गाली गरेर पनि नहुने, धुलो कम गर्न पानी छर्कने व्यवस्था गर्नुपर्ने बताए ।

सुमन लुङ्गेली मगर : मोटरसाइकल चालक
राजमार्गमा भेटिएका अर्का मोटरसाइकल चालक सुमन लुङ्गेली मगरले मुग्लिन–नारायणघाट सडकमा मोटरसाइकल चलाउन मुस्किल भएको सुनाए । उनले आधा घन्टाको बाटोमा डेढ घण्टा समय लाग्ने जसले गर्दा गन्तव्यमा पुग्न निकै कठिनाइ भएको बताए ।

दिलबहादुर थापा दर्लामी मगर : मोटरसाइकल चालक
dil-bahadur-thapa-darlami-magarचितवनबाट गोर्खा हिँडेका दिलबहादुर थापा दर्लामी मगर राजमार्गको साँघुरो बाटो, धुलो र ठूला सवारीको पेलाइबाट हैरान छन् । राजमार्गमा मुस्किलपूर्ण रुपमा यात्रा गरिरहेको बताउँदै उनले कति वर्षसम्म नेपालीले दुःख पाउनुपर्ने भन्दै गुनासो गरे ।

ट्रेफ : मोटरसाइकल चालक
treiffनेपाल भ्रमणमा आएकी इङ्ल्यान्ड कि पर्यटक ट्रेफलाई भने राजमार्गको धुलोमा मोटरसाइकल चलाउन रमाइलो लागेको छ । पोखराबाट भरतपुर चितवन जान लागेकी उनले बाटोमा धुलो र पहिरो धेरै देखेको र आफूलाई रमाइलो लागेको बताइन् ।

हरिशरण खड्का : मोटरसाइकल चालक
hari-sharan-khadkaमोटर साइकलमा काठमाडौँबाट चितवनतर्फ जाँदै गरेका हरिशरण खड्काले ३६ किलोमिटर बाटो ३ घण्टे यात्रामा पनि पार गर्न मुस्किल परेको अनुभव सुनाए । उनले भने– ‘बाटो कतै सफा छैन । धुलोले रुघा खोकी, घाँटी, छाती दुख्ने समस्या बढेको छ ।’

नियमित रुपमा मुग्लिन–नारायणघाट सडक खण्डमा सवारी साधान चलाउने सवारी चालकहरु राजमार्गको धुलो–धुँवा र जामबाट आक्रान्त छन् । हामीले सोही बाटो हुँदै नियमिति रुसमा सवारी साधन चलाउने केही सवारी चालकहरुसँग पनि कुरा गरेका छौँ ।

१) शङ्कर गुरुङ

म लम्जुङदेखि आएको । घर चितवन । धुलोले हिँड्न साह्रै समस्या छ । सानो गाडी हुनेलाई सजिलो भए पनि ठूला सवारी सधानलाई गाह्रो छ । सोचेको समयमा गन्तव्यमा पुग्न सकिँदैन । बाटोमा पुगेपछि कतिखेर घर पुग्ने हो कुनै ठेगान हुँदैन ।

२) रामकुरमार रञ्जितकार

बाटोमा सवारी बिग्रियो भने बिचल्ली हुन्छ । धुलोले हैरान बनाउने गर्छ । चालक यात्रु सबैले हैरानी पाउने गरेका छन् । जाम र धुलो–धुँवा त सदाबाहार भयो । वैकल्पिक बाटो नहुँदा साह्रै दुःख पाइयो ।

३) भरत विक

bharat-bk
म काठमाडौं–पोखरा रुटमा सवारी चलाउँछु । पूर्व–पश्चिमका विभिन्न ठाउँसम्मका रुटमा पनि सवारीसाधन चलाउने गरेको छु । दशैतिहारपछि खासै जाम त छैन । त्यसअघि १२ घण्टासम्म जाममा पर्नुपरेको थियो । जामले गर्दा समयमा गन्तव्यमा पुग्न नसक्ने, राति जाममा परियो भने खान तथा सुत्नको समस्या हुने गरेको छ ।

४) कृष्ण पङ्गेनी

krisna-pangeni
मैले पोखरा–भैरहवा रुटमा बस चलाउने गरेको छु । हरेक दिन जसो राजमार्गमा सवारी साधन चलाउने काम गछ्र्रु । जामको कुनै समय तालिका छैन । जामले गर्दा टाढा पुग्नुपर्ने यात्रीहरु विचल्लीमा पर्ने गरेका छन् । घोषित जाम भएदेखि यात्री र चालकले पूर्वयोजना बनाएर यात्रा गर्न सक्थे । अहिले जामको समय केही घटेको छ । दिनमा कम्तीमा डेढ–दुई घन्टासम्म जाम हुने गरेको छ । दसंैअघि भन्दा बाटोमा पनि केही सुधार भएको छ ।

५) कृष्ण थापा, मकवानपुर

krishna-thapa
२० वर्षदेखि वीरगञ्ज काठमाडौँ रुटमा ट्रक चलाउँदै आएको छु । धुलोले एक वर्ष छिटो मरिन्छ जस्तो छ । जामले भनेको ठाउँमा पुग्न नपाइने, खाना खान नपाइने, धुलो धुवाँले स्वास्थ्य समस्या निम्ताएको छ ।

६) प्रेम बस्नेत

prem-basnet
मैले गाडीमा किसानको अण्डा बोक्ने गरेको छु । भनेको ठाउँमा समयमा अण्डा पु¥याउन नसक्दा समस्या आउने गरेको छ । कतै कतै बाटो साह्रै साँघुरो हुँदा दुर्घटनाको डर हुन्छ । हरेक दिन राजमार्ग प्रयोग गर्नेलाई साह्रै सास्ती छ । बेलुकाको सयममा जाम हुँदा समस्या पर्ने गरेको छ । सवारी चालकको ओभरटेक गर्ने प्रवृत्तिले पनि समस्या हुने गरेको छ ।

राजमार्गमा यात्रा गर्ने यात्रीहरुको दुःख कष्ट पनि उस्तै छ । एउटा समयतालिका बनाएर यात्रामा निस्किएका उनीहरु राजमार्गको जामले समयमा गन्तव्यमा पुग्न नसक्दा धेरै समस्याहरु भोग्नुपरेको छ ।

राजमार्गमा मोटरसाइकल यात्रुहरुले कस्तो समस्या भोगिरहेका छन् । हेर्नुहोस भिडियो–

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल