त्यसैले कोही कोही हुन्छन् म जस्ता पागल मान्छेहरु

त्यसैले कोही कोही हुन्छन् म जस्ता पागल मान्छेहरु

इटालियन डायरेक्टर बर्नार्डो बर्टुलुसीसँग फिल्ममा डेब्यु गरे तर त्यो सिन काटिएर फिल्म रिलिज भयो । नाम थियो– ‘लिटिल बुद्ध’ । लामो समय बालबालिका पढाउने ‘सामाजिक’ काम गरे तर जान्ने सुन्नेले ‘फकिर’ भने । बर्षौसम्म कागजका पानामा खोई के–के लेखीबसे र फाली रहे । तर त्यही लेखाई एक जना कवयित्रीको हातमा प¥यो र ‘मोक्षन्तः काठमान्डु फिवर’ को प्रकाशन पश्चात उनी रातारात शिक्षकबाट लेखकमा रुपान्तरित भए । तर उनलाई त्यसमा कुनै मोह नलागेझै भन्छन्– म त सो कल्ड लेखक हुँ । स्वयम स्कुलमा छँदा शिक्षकहरु भन्थे– यो केटो राष्ट्रिय स्तरको खेलाडी हुन्छ । तर झुक्किएर उनी भए ‘सो कल्ड लेखक’ त्यो पनि फुल टाईम ।

आजकल दिनभर जसो त्यही कर्ममा बालकुमारीस्थित डेरामा धुमधुमती बसी राख्छन्, पढि राख्छन्, लेखीराख्छन् । तर डेरालाई नाम दिएका छन्– गुफा । उनकै गुफामा म स्वनामधारी पत्रकारलाई आईतबार साँझ उनले बोलाउँदा मलाई लागेको थिएन हामीले यस्तो धेरै गफगाफ गरौँला । किनभने यो कुनै पुर्वयोजना बिनै घटित भएको थियो । एक जोडी पत्रकार नाम गरेका मेरै साथीहरु आएर उनलाई शनिबार नै भेटेर गएका रहेछन् । उनीहरुको पनि त्यहि चाहना रहेछ जे म आफै बोकी हिड्छु– सम्पादकलाई खुसी पार्ने र जागिर धान्ने । (उनीहरुले पनि अन्तरवार्ता नै लगेछन, मैले पनि लिएछु, अर्कोले पनि फोन गरी रहेकैछ ।)

तर यो गफगाफ कुनै अन्तरवार्ता हो जस्तो लाग्दैन् । खोई सम्पादक रिसाउने हुन कि खुसी हुने हुन, त्यो पनि थाहा छैन । तर मलाई लाग्छ कुनै पनि कामको पागलपन अर्थात प्यासन नहुने यो समाजमा कोही त होलान् जसले प्यासन बोकी हिड्छन् । र यस्तै काम नलाग्ने कुराहरु पढीबस्छन् । उनीहरुलाई मध्यनजर गरेर यो गफगाफलाई मैले अन्तरवार्ता जस्तै बनाएको छु । तर खासमा यो अझै पनि गफगाफ नै हो । त्यो पनि लामो गफगाफ ।

हाम्रो अन्य कयौँ कुराहरुमा गफ गर्ने तात्कालिक योजना पनि यसै गफगाफले तुहाई दिएको थियो । किनभने मलाई पनि सिनेमामा रुची लिने रोग गुफाबासी सोकल्ड लेखक कुमार नगरकोटीसँग बस्दाबस्दै, भेट्दा भेट्दै भएको छ । अथवा भनौ त्यो चाहना म्याचुअर्ड भएको छ । मैले पाठकहरुलाई सजिलो होस भनेर यो गफगाफलाई चार चरणमा विभाजन गरेको छु । जसलाई उपशिर्षक पनि भन्न सकिन्छ । ती उपशिर्षकहरु यसप्रकार छन्– सिनेमा यात्रा र विकास, मुलधार अर्थात सिनेमाको ‘कु’धार, हलिउड माने ‘क्राईम एण्ड सेक्स’ तथा विश्व सिनेमा अर्थात सागर ।– नरेश ज्ञवाली
kumar-nagarkoti
सिनेमा यात्रा र विकास

नरेश : सिनेमा प्रतिको प्रेम र अनुराग कसरी पैदा भयो ?

कुमार : हरेक क्षेत्र अथवा विषयमा तपाईको रुची, प्रेम र त्यसप्रतिको अनुराग इभुलुसन हुँदै जान्छ । सिनेमा प्रतिको पहिलो रुची जगाउने काम हिन्दी सिनेमाले गरे । किनभने त्यसमा हाम्रो सहज पहुँच थियो । त्यसबेला म स्कुलको होस्टेलमा बस्थेँ । हामीलाई भिडियो देखाउन भनेर स्कुलले एक जना मान्छे नै अपोईन्ट गरेको थियो । जसलाई हामी ‘भिडियो म्यान’ भन्थ्यौ । त्यहाँबाट सिनेमा हेर्न लागेको लत स्कुलमा इनफेमस अर्थात बदनाम हुँदै अहिलेसम्म जारी छ । त्यतिबेला नै सिनेमा प्रतिको मेरो रुची कस्तो बढ्यो भने साथीहरुले कुन सिनेमा हेर्ने भनेर मलाई सोध्ने गर्थे । अनि म सिनेमाका नाम टिपेर दिन्थेँ ।

मायापुरी, फिल्मसिटी, स्टारडस्ट, सिनेब्लिज र फिल्मफेयर भन्ने म्याग्जीन मेरो सिनेमामा र त्यसका एक्टर/एक्ट्रेस प्रति रुची जगाउने आधार थिए । ती म्याग्जीन हामीले स्कुलमा भित्र्याउन नपाइने हुनाले मैले त्यसलाई तस्करी मार्फत भित्र्याउँथे ।

नरेश : नयाँ–पुराना सिनेमाबारे जानकारी पाउने आधार के थियो त ?

कुमार : तपाईले ठिक भन्नु भयो, त्यसबेला इन्टरनेट थिएन । तर मैले यो सबै जानकारी हिन्दीका फिल्मी म्याग्जीनबाट पाउने गर्थेँ । जस्तै– मायापुरी, फिल्मसिटी, स्टारडस्ट, सिनेब्लिज र फिल्मफेयर भन्ने म्याग्जीन मेरो सिनेमामा र त्यसका एक्टर/एक्ट्रेस प्रति रुची जगाउने आधार थिए । ती म्याग्जीन हामीले स्कुलमा भित्र्याउन नपाइने हुनाले मैले त्यसलाई तस्करी मार्फत भित्र्याउँथे । हाम्रो कपडा धुनका लागि भक्तपुरबाट एउटा धोवी आउने गथ्र्यो । मैले जुत्ताको सोलमा र सावुनको खोलमा लुकाएर राखेको पैसा दिएर ती पत्रिका ल्याउन लगाउँथे । मैले आफ्नो एउटा आर्टिकलमा त्यो ‘आईरन म्यान’को चर्चा गरेको छु । ती पत्रिकामा नयाँ पुराना फिल्मबारे जानकारी तथा कलाकारहरुका अन्तरवार्ता आउने गर्थे । त्यो नै मेरो जानकारीको पहिलो आधार थियो ।

नरेश : फिल्मी शैलीमा त्यतीबेला घटेको कुनै अविस्मरणीय घटनाको सम्झना छ ?

कुमार : ती म्याग्जीन तथा स्कुलको भिडियो म्यानले हामीलाई बलिउड सिनेमाका मिथुन चक्रवर्ती, संजय दत्त, साहरुख खान, कादर खान र रेखा जस्ता कलाकारको बारेमा जान्ने मौका त दियो साथसाथै उनीहरुसँग भेट्ने र संबाद गर्ने चाँसो पनि जगाई दियो । विशेष गरेर त्यसबेलाको मायापुरीमा कलाकारको अन्तरवार्ताको तल उनीहरुको ठेगाना लेखेको हुन्थ्यो । जहाँ लेखिएको हुन्थ्यो– पालीहिल बान्द्रा, बम्बई (हालको मुम्बई) अनि मेरो मनमा सबै कलाकार पालीहिल बम्बईमै किन बस्छन भन्ने लाग्थ्यो । त्यसबेलाको हाम्रो काम भनेकै बम्बईका कलाकारलाई चिठी पठाउनु हुन थाल्यो । कहाँसम्म भने हाम्रो स्कुलमा पालीहिल बम्बईबाट चिठी समेत आउन थाले । तर सो स्याड ! मलाई भने कहिल्यै चिठी नआउने ।

मैले तस्करी गरेर मगाएको म्याग्जीन पढेर साथीहरुले चिठी पठाउँदा त्यसको जवाफ आउने तर मेरो नआउने भएपछि मैले पत्रिकाहरु लुकाउन थालेँ । तीनै दिनहरुमा आखिर एक दिन मेरो पहिलो र अन्तीम पत्र आयो । त्यो पत्र माधुरी दिक्षितको थियो । तर हाम्रो स्कुलमा सबैभन्दा धेरै चिठी भने कादरखान, सदाशिव अमरापुरकर र रेखाको आउथ्यो । मलाई अझै पनि याद छ– चिठी पु¥याउन भनेर स्कुलमा आउने हल्काराले मेरो नाम कतिबेला लिन्छ भनेर मैले ढोका तर्फ आफ्ना आँखा झिमिक्क नपारी हेरी बस्थेँ । पछि त्यो चिठी मैले मेरी पहिली प्रेमिकालाई उपहार दिएँ । यसैगरी चैते दशैँमा पाँच दिनको बिदामा स्कुलमै बसेर ३५ वटा हिन्दी सिनेमा हेरेको सम्झना छ ।

अब मसँग केही अप्सनहरु मात्र थिए – घुम्न जाने, किताब पढ्ने, जोगीको संगत गर्ने र सिनेमा हेर्ने । यतिबेलासम्म म बलिउडको मेनस्ट्रिम सिनेमाबाट यति अघाई सकेको थिएँ कि म अब इंग्लिस तर्फ सिफ्ट हुन पुगे अथवा त्यतातर्फ आकर्षित भएँ ।

नरेश : बलिउडबाट फड्को मारेर हलिउडमा कहिले पुग्नु भयो ? कि यो प्रक्रिया एकैसाथ चल्यो ?

कुमार :  ती दिनहरुमा अलमोस्ट मैले हिन्दी सिनेमानै हेरेँ । त्यो विशुद्ध कमर्शियल र बलिउड मसाला फिल्म थियो । मेरो आफ्नो स्वभाव के छ भने कुनै पनि काम गर्नु प¥यो भने अल्टीमेटसम्मै पुग्ने । हिन्दी सिनेमा मात्र होइन कि त्यसबेलाका अधिकांश गीत पनि सुन्न भ्याएको थिएँ । तपाईले कुनै पनि कुरालाई त्यो हदमा पुगेर हेर्नु भयो भने बल्ल यु नो एभ्रि थिङ एवाउट द्याट । त्यसपछि बल्ल हलिउडमा सिफ्ट गरेको हुँ ।

नरेश : त्यो सिफ्ट कहिले भयो ?

कुमार : यो सिफ्ट एसएलसीपछि भएको हो । म पहिलो पटक सरकारी क्याम्पस आरआरमा भर्ना हुन पुगेँ । त्यहाँको वातावरण देखेर म चकित परेँ । र दोस्रो दिनदेखि कहिलै क्याम्पस नजाने निर्णय गरेँ । अब मसँग केही अप्सनहरु मात्र थिए – घुम्न जाने, किताब पढ्ने, जोगीको संगत गर्ने र सिनेमा हेर्ने । यतिबेलासम्म म बलिउडको मेनस्ट्रिम सिनेमाबाट यति अघाई सकेको थिएँ कि म अब इंग्लिस तर्फ सिफ्ट हुन पुगे अथवा त्यतातर्फ आकर्षित भएँ । तर यहाँ बुझ्नु पर्ने कुरा के छ भने कमर्सियल फिल्मका आफ्ना केही सुत्र अथवा फर्मेट हुने गर्छन् । तपाईले कलिउड, बलिउड र हलिउडको मुलधारमा रहेका फिल्मलाई नै हेर्नु भयो भने खासै अन्तर पाउनु हुन्न । किनभने यीनको निर्माण प्रक्रिया त्यही सुत्रबाट गाईडेड हुन्छ । मैले बलिउडबाट सिफ्ट गरेर हलिउडमा गए पनि त्यो सुत्र पछ्याउने वाला थिईनँ ।
13133094_1099354896772645_6918692019075192816_n
मुलधार अर्थात सिनेमाको ‘कू’धार

नरेश : बलिउडमै मुलधारको सुत्रलाई नमान्ने फिल्ममेकरहरु छन् जसले भिन्न फिल्म बनाउँछन् । त्यहाँ तपाईको ध्यान कहिले गयो त ?

कुमार : तपाईले सहि प्रश्न सोध्नु भयो– ह्वेन आई सी नानापाटेकर । अहिले सिनेमाको नाम बिर्सेँ । त्यो हेरेपछि मेरो हिन्दी सिनेमा प्रतिको दृष्टिकोण फेरियो । त्यहाँबाट मैले नानापाटेकरलाई खोज्न थालेँ । नानाको फिल्मले मलाई अलगधारको सिनेमा प्रति आकर्षित ग¥यो । त्यसपछि म आर्ट सिनेमा तर्फ मोडिए । अहिलेसम्म मैले आर्ट एण्ड लिटरेचरलाई हेरेकै रहेनछु । त्यसपछि म आफैलाई अहिलेसम्म मनोरंजनको संसारमा दुषित हावाखाई रहेको भान भयो । तर मलाई नानाले सिनेमाको दुषित हावाबाट जोगाएर नदिमा पौडिन सिकाए । त्यहि चेन हुँदै मैले ओम पुरी, नसरुद्धिन शाह, सवाना आजमी, स्मिता पाटिलसम्मको सिनेमालाई हेर्ने अवसर पाएँ ।

अब बल्ल मलाई के थाहा भयो भने मैले स्कुल उमेरमा पढेका म्याग्जीनले मलाई यी फिल्महरुबाट कटाएका रहेछन् । किनभने त्यहाँ त स्टारडमको मात्रै कुरा हुने गथ्र्यो । अब मेरो रुची सुभाष घईबाट श्याम बेनेगल तर्फ फड्को मारी सकेको थियो । पछि मणी कौल, सत्यजित रे, ऋत्विक घटकहरुको फिल्म हेरेर त म अचिम्भित भएँ । मलाई जे मन पर्दै थियो, त्यसको बारेमा मलाई आजसम्म थाहै थिएन । यो अर्कै दुनिया थियो । मैले भारतको मुलधारको मेनस्ट्रिम सिनेमामा स्पष्ट डिमार्केशन पाएँ । मेनस्ट्रिम बलिउडको पुरानो धार र अर्को फरक धार । त्यस फरक धारको सिनेमाले मलाई अफ बीट सिनेमा तर्फ लग्यो । आज आएर सोच्दा लाग्छ त्यहाँ आई सि माई सेल्फ देयर । त्यहाँ बल्ल मैले सिनेमा मेकिङको इन्टायर प्रोसेस के हो र एउटा सिनेमाको महत्व कति छ भन्ने थाहा पाएँ ।

ती त्यस्ता सिनेमा थिए जो हलमा चल्दैनथे । त्यसले झनै के भयो भन्दा जुन सिनेमा हलमा चल्दैन त्यही सिनेमा राम्रो भन्ने धारणा बन्यो । आफूलाई त्यतिबेला के लाग्ने भने– विकज सर्टेन मुभिज आर मेड फर सर्टेन पिपुल अनली । यो फिल्म मासका लागि होइन र आई एम नट अ मास । आई ह्याव टु बी स्पेसल । आजसम्म आई पुग्दा लाग्छ पहिलेको जस्तो डिमार्केशन आजको दिनमा छैन । अथवा भए पनि निकै झिनो । मलाई पहिले सिनेमाले मनोरंजन दिन्थे । तरपछि ती सिनेमाहरुले के सोच्ने ? के महशुस गर्ने भन्ने सिकाए । सिनेमाको वास्तविक काम त्यही त हो । इफ यु सी द थिङ्स ह्वाट यु थिङ्क ? ह्वाट यु फिल । इन्ज्वाएको कुरा मात्र होइन ।

मलाई भने फिल्म मेकिङको एन्टायर प्रोसेसले नै तान्ने गर्छ । मैले स्टोरी हेर्नका लागि मात्र कहिलै सिनेमा हेरिनँ । अलवेज आई स डिफरेन्ट आस्पेक्ट अफ द सिनेमा । हाउ इट इज विईङ एक्जुकेटेड इन टम्स अफ लाईट, कोरियोग्राफी एसेक्ट्रा । मलाई कहिलै पनि फिल्मको म्यासेजले, स्टोरी लाईनले तानेन ।

नरेश : अर्को धारको फिल्म मेकिङको प्रोसेसमा तपाईलाई केले निकै तान्यो ? त्यसमा भएको आर्टनै त्यसको मुल कारण हो अथवा अरु केही ?

कुमार : कतिपय मानिसहरु सोच्न, विचार गर्न, समाजसँग जोडिन र शासकसँग प्रश्न गर्न सिकायो भन्छन तर मलाई कहिलै त्यस्तो भएन । मलाई भने आई थट द्याट अरे यार यस्तो पनि रहेछ त ! भन्ने भयो । यसरी पनि त गर्न सकिँदोरहेछ भनेर मलाई क्रियटरको क्रियटिभिटीले तानेको हो । म जुन सो कल्ड लेख्ने पेसामा छु, मलाई त्यहाँ पनि कहिलै म्यासेज दिउँ भन्ने लागेन । मलाई क्रियटिभ मान्छेले यसरी पनि सोच्दा रहेछन् भनेर जान्न पाउँदा मजा लागेको हो । तपाई त्यही ‘पार’ भन्ने सिनेमालाई लिनुस न । कम्युनिष्ट प्वाईन्ट अफ भ्युबाट हेर्ने हो भने– त्यसले समाजमा रहेको शोषण, अन्याय र अत्याचारलाई देखायो भन्ने लाग्छ । तर मलाई त्यसको क्रियसनले नै तानेको हो । मलाई भने त्यहाँ गरिएको एक्ट, सेटिङ, कोरियोग्राफी, क्यामेरा, क्यारेक्टराईजेशन तथा डाईरेक्सनले नै तान्यो । एज अ क्रियटर आई नेभर जज द्याट एनी स्टोरी लाईन ।

नरेश : फिल्ममा कसैलाई डाईरेक्सनले, कसैलाई एक्टीङले, कसैलाई स्क्रिप्टले त कसैलाई होल टेक्नीकल आस्पेक्टले तान्ने गर्छ । तपाईलाई चाहिँ के ले तान्ने अथवा बाध्ने गर्छ ?

कुमार : प्रश्न भनेको यस्तो हो क्या । मलाई भने फिल्म मेकिङको एन्टायर प्रोसेसले नै तान्ने गर्छ । मैले स्टोरी हेर्नका लागि मात्र कहिलै सिनेमा हेरिनँ । अलवेज आई स डिफरेन्ट आस्पेक्ट अफ द सिनेमा । हाउ इट इज विईङ एक्जुकेटेड इन टम्स अफ लाईट, कोरियोग्राफी एसेक्ट्रा । मलाई कहिलै पनि फिल्मको म्यासेजले, स्टोरी लाईनले तानेन । हो कुनै चरणमा कुनै एक्टरको एक्टिङले अवश्य तान्यो तर पनि पछि त्यो पनि गौण हुँदै गयो जसै म अघि बढ्दै गएँ । आज मलाई कुनै फिल्मलाई कसरी प्रस्तुत गरिएको छ भन्ने कुरा महत्वपूर्ण लाग्छ ।

मैले पहिलो फिल्म डेब्युत्यहीँबाट गरेको हो । (लामो हाँसो) त्यसबेला म स्कुलमा पढ्थे । नेपालमा सुटिङ गर्न आएको बेला हाम्रो स्कुलबाट केही जनालाई सुटिङमा लिने भन्दा म त्यसमा सेलेक्ट भएको थिएँ । हाम्रो रोल भनेको बुद्ध दरबारबाट निस्कँदा स्वागत गर्नु थियो । तर अपसोस त्यो सिन फिल्ममा समेटिएको छैन ।

नरेश : भनेपछि मुलधारकै सिनेमा हर्दा पनि ल मुलधारकै सिनेमा त हो, साथै यसको केही पनि मन परेको छैन भने पनि यसले प्ले कसरी गरिरहेको छ भन्नेमा ध्यान दिन्छु भन्न खोज्नु भएको ?

कुमार : विल्कुल सही भन्नु भयो । मैले भने जस्तै एन्सर तपाईलाई अरुबाट नआउन सक्छ । किनभने मैले जे भनी रहेको छु त्यो टेक्नीकलट कुरा मात्र होइन । आई एम नट टकिङ एवाउट जस्ट टेक्निकालिटिज, आई एम टकिङ एवाउट मोर एण्ड मोर आस्पेक्टस । क्यामारा, फ्रेम, सट्स, फर्म, तपाईको आफ्नो आस्पेक्ट्स । तपाई नरेश ज्ञवाली फिल्ममेकर हो भने तपाईले आफूलाई कसरी एक्सप्रेस गर्नु भएको छ ? कुरा यहाँ छ क्या । विकज क्रियटर इज अ ग्रेट थिङ । गड डज नट क्रियट म्यान बट द म्यान क्रियट्स गड । मान्छेको क्रियटिभिटी बडो अजिव चिज हो ।

त्यसैले तपाई त्यही गडलाई कसरी प्रेजेन्ट गर्नुहुन्छ भन्ने कुरा ग्रेट कुरा हो । सिनेमाले तपाईको जजमेन्टलाई पनि प्रश्न गर्न सक्छ । किनभने हामी छिटै निष्कर्षमा पुग्छौँ । सिनेमाले तपाईको प्यासनको परिक्षा र परिक्षण गरिरहेको हुनसक्छ । त्यसपछि बल्ल एक्सपेरिमेन्टल सिनेमा बन्ने हुन् । र त्यो नै इभुलुसनको चरण हो । मलाई सिनेमाले नतान्दा पनि हेरी रहेको हुन्छु । यज्ञस र म केही दिन अघि हलमा सिनेमा हेरी रहेका थियौँ त्यसको आगामी सट र डायलग मलाई थाहा भैरहेको थियो तर हामी बीचमा उठेर गएनौँ किनभने हामीले त्यसको हरेक आस्पेक्टस हेर्नु पर्ने हुन्छ ।

नरेश : अन्तिम सम्म ?

कुमार : हो । किनभने भने त्यो सिनेमा नराम्रो हुँदाहुँदै पनि त्यहाँ केही सट, केही सिन अथवा अन्य केही कुरा हुन सक्छन् । जस्तै मान्नुस पानी परी रहँदा अथवा घाम लागि रहहँदा एउटा बच्चा हिँडीरहेको सट हुन सक्छ र त्यही सट सिनेमाको ल्याङ्वेज हुन सक्छ । म त्यस्तैमा राम्रो र मन पर्ने कुराको खोजी गरीरहेको हुन्छु । त्यति मात्र होइन म फिल्म शुरु हुँदाबाट अन्त्यको क्रेडिट लाईन नसकिँदासम्म सिनेमा हेर्नेगर्छु । मेरो निम्ती सिनेमा पर्दाको द एण्डमा मात्र सकिदैन् । हलमा मानिसहरु द इन्ड भन्ने बित्तिकै उठेर हिँड्छन् र प्रोजेक्टर पनि बन्द हुन्छ, मलाई त्यो मन पर्दैन । हामीले क्रियटिभिटी हेर्ने हो भने त्यो त्यहाँ पनि त हुने गर्छ । अनि क्रेडिट लाईन किन छोड्ने । मलाई लाग्छ एउटा सानो सिनले पनि तपाईलाई स्ट्राइक गर्न सक्छ । यदि स्ट्राईक ग¥यो भने तपाईले त्यहाँबाट आफ्नो स्टोरी लेख्न सक्नुहुन्छ । म लिट्रेचरमा जे काम गरिरहेको छु त्यहाँ यसको रिफलेक्सन अवश्य हुनसक्छ ।

kumar-nagarkoti-bikas-karkiहलिउड माने ‘क्राईम एण्ड सेक्स’

नरेश : तपाईले पहिलो डेब्यु गरको फिल्म कुन हो ?

कुमार : इटालियन डायरेक्टर बर्नार्डो बेर्टुलुसी जसले ‘लिटिल बुद्ध’ भन्ने फिल्म बनाएका थिए । मैले पहिलो फिल्म डेब्यु त्यहीँबाट गरेको हो । (लामो हाँसो) त्यसबेला म स्कुलमा पढ्थे । नेपालमा सुटिङ गर्न आएको बेला हाम्रो स्कुलबाट केही जनालाई सुटिङमा लिने भन्दा म त्यसमा सेलेक्ट भएको थिएँ । हाम्रो रोल भनेको बुद्ध दरबारबाट निस्कँदा स्वागत गर्नु थियो । तर अपसोस त्यो सिन फिल्ममा समेटिएको छैन । तर त्यही कारणले म आज पनि बेर्टुलुसीसँग बाँधीएको छु । उनको वेस्ट मुभी भनेको ‘द लास्ट एम्परर’ हो ।

नरेश : हलिउड तर्फ कसरी आकर्षित हुन पुग्नु भयो त ?

कुमार : हिन्दी फिल्मबाट वाक्क परेपछि म हलिउड तर्फ लहसिएको हुँ । तर विशुद्ध हलिउड पनि बलिउड भन्दा धेरै फरक हुँदैन । हलिउडमा उही क्राईम, सेक्स, किस, फाईट नै हुन्छ, मात्र आक्रमकता भिन्न हुन्छ । त्यहाँ पनि पुरानै केही सर्टेन आस्पेक्ट्सहरु छन् जसलाई डाईरेक्टरहरुले दोह¥याई रहन्छन् । त्यहाँ पनि उनीहरुको सुत्र र फर्मुला छ । जसलाई पछ्याएर फिल्म बन्ने गर्छन् । हलिउडले संसारलाई यसरी डोमिनेट गरेको छ कि अरु विश्व सिनेमा उठ्नै सकेनन् ।

नरेश : त्यसको कारण के होला ?

कुमार : बजार । हलिउडले फिल्म मात्रै बनाउँदैन उसले बजार पनि खोज्छ । बजार खोज्दै उ चाईनासम्म र अफ्रिकासम्म पुग्छ । चाईनामा उसले हलिउड सिनेमाको वल्र्ड रिलिज गर्छ । हलिउडले सारा संसारमा साम्राज्य सृजना गर्छ । तर त्यसभन्दा अघि उसले त्यसको वातावरण तयार गर्छ । उसले त्यही अनुकुलको संस्कृति निर्माण गर्न पुरानो संस्कृतिमा प्रहार गर्छ । अर्थतन्त्रमा प्रभाव पार्छ । यो एक्लै जाँदैन अथवा आउँदैन । अब यो विषयमा त तपाईलाई नै थाहा छ । उनीहरुले भियतनाम वारको समयमा कसरी रेम्बो र पछि मिसनरी सिनेमाहरु बनाए । हलिउडको पोलिटिक्स भिन्न र जटिल छँदैछ । आम मान्छेहरुको यसमा ध्यान गएको हुँदैन ।

नरेश : हलिउडलाई हेर्ने दृष्टिकोण थप परिष्कृत कसरी हुँदै गयो त ?

कुमार : बलिउडबाट फिल्मको शैली र त्यसका आस्पेक्टबारे बुझी सकेको हुँनाले मैले हलिउड सिनेमालाई हेर्न भन्दा अगावै ओस्कर नोमिनेटेड मुभीहरुको लिस्ट बनाएँ । ओस्करमा बेस्ट फिल्म अवार्ड पाएका फिल्म र त्यसका डाईरेक्टरहरुलाई पछ्याएँ । साथसाथै मलाई एक्टिङको मिराकल लाग्ने केही कलाकारलाई पनि पछ्याएँ । मैले माथि भनि सके अन्य हलिउड फिल्म पनि बलिउड जस्तै हो । तर त्यस भित्र काम गर्ने केही फरक धारका सिनेमाबाट मेरो हलिउड प्रतिको दृष्टिकोण परिष्कृत हुँदै आएको हो । जस्तै हलिउडकै कुरा गर्दा ‘द गड फादर’ भन्ने फिल्मले म भित्र निकै ठुलो विष्पोट गराएको हो । त्यो सिनेमा हेरेपछि बल्ल लाग्यो मैले यस्तै फिल्म त खोजी रहेको थिएँ । मार्लोन ब्रान्डोको फिगरले मलाई यतीसम्म छोप्यो कि मैले उनको अर्को कुनै पनि सिनेमा हेर्ने आँट नै गर्न सकिन । त्यसको दोस्रो पार्टमा अल प्याचिनो पनि छन् । उनीहरुको रोलबाट म यति धेरै प्रभावित भएँ कि म उनीहरुसँग प्रेम गर्न लागे ।

मलाई असाध्धै मस्मराईज्ड् गरेको डेलियल डे लेविसले हो । पछि उनलाई मैले ‘देयर विल बी ब्लड’, ‘माई लेफ्ट फुट’, ‘द लास्ट अफ द मोहिरकन्स’, ‘ग्याङ्स अफ न्युयोर्क’ र ‘लिंकन’ आदिमा हेरेँ । उनलाई पछ्याएपछि मलाई मेथड एक्टिङ्बारे थाहा भयो । उनले मेथड एक्टिङ्मा माहारथ हासिल गरेका रहेछन् ।

मेरो आँखामा उनका प्रतिको प्रेम म कुनै पनि मानेमा तल झार्न चाहँदैन्थे । सिनेमामा बिताएको विभिन्न चरणहरुले गर्दा पछि सिनेमाको क्षेत्रमा मेरो विश्वलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आईसकेको थियो । त्यसपछि बल्ल मैले ‘लास्ट टेंगो इन पेरिस’ भन्ने सिनेमा हेरेँ । बेर्टुलुसी हलिउडका नभएर इटालियन डाईरेक्टर हुन । यी त्यही डाईरेक्टर थिए जसको सिनेमामा मैले समेत काम गरेको थिएँ । तर एउटा अनौठो के छ भने मलाई हलिउडको कुनै पनि महिला एक्टरले तान्न सकेनन् । त्यो भन्दा कयौँ गुणा अगाडि सवाना आजमी र स्मिता पाटिल छन् जस्तो लाग्छ । एक्टरको कुरा गर्ने हो भने टम ह्याङस, अल प्याचिनो, रोवर्ट डि नेरो लगायतका केही एक्टरलाई म निकै मन पराउँछु । अल प्याचिनोले ‘सेन्ट अफ अ वुमन’ मा गरेको अभिनय देखेर आई एम टोटली मस्मराईड् ।

एक्टर यतिसम्म हुन सक्छ भनेर मैले सोचेको पनि थिईनँ । अनि मैले उनलाई पछ्याउन थाले । त्यसपछि मलाई असाध्धै मस्मराईज्ड् गरेको डेलियल डे लेविसले हो । पछि उनलाई मैले ‘देयर विल बी ब्लड’, ‘माई लेफ्ट फुट’, ‘द लास्ट अफ द मोहिरकन्स’, ‘ग्याङ्स अफ न्युयोर्क’ र ‘लिंकन’ आदिमा हेरेँ । उनलाई पछ्याएपछि मलाई मेथड एक्टिङ्बारे थाहा भयो । उनले मेथड एक्टिङ्मा माहारथ हासिल गरेका रहेछन् । (म्याथड एक्टरः अभिनयको एउटा टर्म । जसले आफूलाई दिइएको रोल अथवा क्यारेक्टरमा इन्टायरली ढल्ने, डुब्ने गर्छ । क्यारेक्टरले मागेको अभिनयलाई जिवन्त बनाउन त्यसै अनुसार आफूलाई ढाल्ने ।)

विश्व सिनेमा अर्थात सागर

नरेश : विश्व सिनेमा भनेको के हो र तपाईमा यसलाई हेर्ने दृष्टिकोण कसरी विकासित भयो ?

कुमार : विश्व सिनेमा हेर्नुपर्छ भन्दा मलाई यो शब्द बाहेक केही पनि थाहा थिएन । विश्व सिनेमामा हलिउड बाहेकका विश्वका सबै सिनेमा अटाउने गर्छन । तर यसको अर्थ विश्वका सबै मुलधारका फिल्महरु यसमा समाहित हुन्छन भन्ने पनि होइन । जस्तै भारतमा, चाईनामा, कोरियामा, इरानमा पनि आ–आफ्नै मुलधारका फिल्म बनाउने फिल्म स्टुडियोहरु छन् । जहाँबाट कमर्सियल फिल्म बन्ने गर्छन । त्यहाँबाट प्रोडक्ट भएका सबै फिल्महरु यसमा अटाउन सक्दैनन् । त्यसमा विश्वस्तरको आर्ट र फरक धार हुनैपर्छ । तपाईले विश्व सिनेमा हेर्नका लागि ओस्कर अवार्डको फुर्को छोड्नु पर्ने हुन्छ । तर मेरो विश्व सिनेमा प्रतिको चासो जगाउने काम भने ओस्करमा हुने फरेन लेंग्वेज सिनेमाले नै गरेको हो । ओस्करको फरेन लेंग्वेज सिनेमा मेरो विश्व सिनेमाको आँखीझ्याल हो ।

उनीहरु सबै पागलहरु हुन् । अल्टीमेट म्याड म्यान । ह्वीच आई लभ्ड् । आई लव दोज म्याड पिपुल । प्रयोगधर्मी सिनेमा बनाउन मानिसमा त्यो हदसम्मको पागलपन चाहिन्छ । दे आर नट जस्ट ह्युमन विईङ्स । त्यसैले कोही कोही हुन्छन् म जस्ता पागल मान्छेहरु ।

ओस्कर पाएका अन्य सिनेमाहरु नेपाली बजारमा सजिलै पाईन्छन् तर यो क्याटोगरीमा भएको सिनेमा भने नेपालमा हत्पत् पाईदैन । त्यसैले मलाई के लाग्यो भने यो विशिष्ठ प्रकारको फिल्म हो । जो विशिष्ट मान्छेहरुका लागि विशिष्ट मानिसहरुले बनाएका हुन् । त्यसपछि आई स्टाटेड लुकिङ÷हन्टीङ फर दोज फरेन लेङवेज सिनेमाज् । हलिउड बाहेक मैले जानेको जापानको आकिरो कुरोसोवा मात्रै थियो । उनको ‘रासोमन’ भन्दा पहिला मैले ‘द सेभेन सामुराई’ हेरेको थिएँ । आजभोली मलाई ओस्करले पनि छुँदैन । अब मलाई क्यान्स फिल्म फेस्टीवल, भेनस फिल्म फेस्टीवल, गोल्डन लायन फिल्म फेस्टीवल इत्यादीले छुन्छ । क्यान्समा आउने फिल्मको डाईभरसिटी हेरेर म निकै मोहित भएँ । त्यसपछि क्यान्सकाबारे खोज्न, जान्न र पढ्न थालेँ । त्यहाँका एक्टरहरुबारे मलाई अझै पनि धेरै कुरा थाहा छैन् । तर डाईरेक्टरबारे भने मलाई अलिअलि जानकारी छ ।

विश्व सिनेमा प्रवेश गरेपछि म फ्रेन्च सिनेमा, त्यहाँको फस्ट वेव, न्यु सिनेमा र अन्डरग्राउन्ड सिनेमा आदिका बारे रुची राख्न थालेँ । तपाई फिल्मबारे राम्रो गरी बुझ्न चाहनुहुन्छ भने क्यान्समा सेलेक्टेड र अनसेलेक्टेड दुबै फिल्महरु हेर्न थाल्नुस । त्यहाँ पुगेपछि तपाईकोे फिल्मको ज्ञानको दायरा बढ्न थाल्छ । त्यसैले मैले विश्व सिनेमालाई सागर भन्ने गरेको छु । यहाँसम्म आई पुग्दा म सिनेमाको सागरमा पौडिन सक्ने भैसकेको थिएँ जस्तो लाग्छ । त्यसपछि बल्ल तपाईले चाईनाको, जापानको, चिलीको, ब्राजिलको नाईजेरियाको, र युरोपसहित अन्य अफ्रिकी महादेशहुँदै अरब विश्वको फिल्मबारे जान्न थाल्नु हुन्छ । हलिउड भन्दा निकै सुन्दर ठाउँ क्यान्स हो । सिरियस फिल्म मेकरहरुले हलिउडलाई गन्दैनन् । अहिले पनि विश्वका सुन्दर फिल्म मेकरहरुको एउटै चाहाना भनेको कान्समा आफ्नो फिल्ममा जान पाए हुन्थ्यो भन्ने हुन्छ । त्यहाँ आर्टको उच्चतम अभ्यास हुन्छ ।

त्यसरी तपाई फिल्मको इभुलुसनको चरणमा पुग्नु हुन्छ । मैले त्यहीँ गएर म्याक्सीकन डाईरेक्टर इनारुता गोञ्जालेजको बारेमा जान्ने र उनका सिनेमा हेर्ने अवसर पाएँ । त्यस्तै वल्र्ड सिनेमाको क्लासिक्समा पनि पुगेँ । जस्तै– इङमार वर्गम्यान । जो पुरै प्रयोगात्मक सिनेमा बनाउने गर्छन । उनका सिनेमासम्म पुग्ने माध्यम भनेको विश्व सिनेमा नै हो । मेरो आफ्नो रुची पनि प्रयोगधर्मीता नै हुने भएकाले उनका सिनेमाले मलाई निकै अभिप्रेरित गरे । अहिले मेरो प्राथमिकतामा चिनियाँ डाईरेक्टर झाँङ यीमु, माजिद माजिदीहरु पर्दैनन् । विश्वमा यस्ता डाईरेक्टर पनि छन् जसले स्क्रिप्टमा फिल्म बनाउँदैनन् । रोवर्ट ब्रेसा र फ्रास्वाँ तुफो जस्ता फ्रेन्च डाईरेक्टरले पनि निकै खतरनाक सिनेमा निर्माण गरेका छन् । जसमा मेरो निकै रुची हुने गर्छ । स्वभाविक हो तपाई यती अगाडि बढी सकेपछि तपाईको आफ्नो रुचीको क्षेत्र स्पष्ट हुँदै जान्छ । मेरा रुचीहरु पनि यस्तै सिनेमाहरुमा हुने गर्छन् । जस्तो कि– अब्बास किरोस्तामी, डेभिड लिन्च, क्रिस्तोभ किस्लोभ्स्की जस्ता फिल्ममेकरहरु ।

उनीहरु सबै पागलहरु हुन् । अल्टीमेट म्याड म्यान । ह्वीच आई लभ्ड् । आई लव दोज म्याड पिपुल । प्रयोगधर्मी सिनेमा बनाउन मानिसमा त्यो हदसम्मको पागलपन चाहिन्छ । दे आर नट जस्ट ह्युमन विईङ्स । त्यसैले कोही कोही हुन्छन् म जस्ता पागल मान्छेहरु । जो हरेक फिल्डमा केही न केही गरी रहेका हुन्छन् ।

तस्विरहरु : कुमार नगरकोटीको फेसबुक, विकास कार्की ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल