दिलनाथ गिरीको जीवन : राप्रपा नेपाल अध्यक्ष कमल थापा मभन्दा ‘जुनियर’

दिलनाथ गिरीको जीवन : राप्रपा नेपाल अध्यक्ष कमल थापा मभन्दा ‘जुनियर’

राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट थालेको राजनीतिलाई आधार मान्ने हो भने राप्रपा नेपाल प्रमुख सचेतक दिलनाथ गिरी पार्टी अध्यक्ष कमल थापाभन्दा ‘सिनियर’ मानिन्छन् । गिरीले २०२५ बाट विद्यार्थी राजनीति थाले पनि थापा २०२७ मा जोडिएका थिए । राजनीतिमा लागेपछि मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्ने सपना जोकोहीले देखेका हुन्छन् । अघिल्लो सरकारमा मन्त्री बन्न आह्वान गरिए पनि गिरीलाई त्यो पदले लोभ्याएन । समकालीन साथीहरूमध्ये आफू सबैभन्दा पछि परेको बताउने राप्रपा नेपाल प्रमुख सचेतक दिलनाथ गिरीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

dilnath giri (5)

मेरो खाना
नेपाली मौलिकतामा आधारित नेपाली खाना दाल, भात, तरकारी र गोलभेडाको अचार साह्रै मन पर्छ । पिरो हालेको खानेकुरा केही पनि खान्न । खानका लागि परिवारसहित महिनामा एकपटक रेष्टुरेन्ट जाने गर्छु । पहिले खसीको छोयला मन पथ्र्यो, अहिले खान छाडेको छु । हिजोआज मन पर्ने स्न्याक्स साँदेको भटमास हो । मलाई पकाउने रुचि छ । हिजोआज पनि पकाउने गर्छु । मासु पकाउन साह्रै जाँगर चल्छ । मासु पकाएर परिवारलाई खुवाउँदा सन्तोष लाग्छ ।

मेरो पोसाक
औपचारिक कार्यक्रममा जाँदा दौरासुरुवाल प्राथमिकतामा पर्छ । अनौपचारिक कार्यक्रममा निस्कँदा कुर्तासुरुवाल र सर्टपाइन्ट लगाउँछु । सामान्यतया वार्षिक रूपमा तीन जोर लुगा चाहिन्छ । तीन जोर लुगा खरिद गर्न झन्डै १० हजार रुपैयाँ लाग्छ । खद्दर र सुतीको दौरासुरुवाल मन पर्छ । कुर्तासुरुवाल सेतो लगाउँछु । लुगा सिलाएरै लगाउँछु । दौरासुरुवाल राष्ट्रिय पोसाक सिलाइ केन्द्रमा सिलाउँछु । औपचारिक कार्यक्रममा जाँदा कालोटोपी लगाउँछु । भ्रमणमा निस्कँदा क्याप । अन्य बेला ढाकाटोपी लगाउँछु ।

मेरो फिटनेस
बिहान चारदेखि ६ बजेसम्म योगा गर्छु । डाइटिङ पनि गर्छु । चिकित्सकको सल्लाहअनुसार अलि कम खान्छु । तर, चाँडो–चाँडो खान्छु । रक्तचाप र मधुमेहलाई दृष्टिगत गर्दै दुवै रोगलाई सन्तुलन गर्नेगरी खान्छु । एक घन्टा मर्निङवाक निस्कन्छु ।

मेरो अध्ययन
संविधानसँग सम्बन्धित किताब पढ्छु । पत्रपत्रिका पढ्ने बानी छ । दर्शन, प्रजातन्त्र व्यवस्थापनसम्बन्धी किताब र आलेख पढ्छु । विभिन्न मुलुकमा प्रजातन्त्र व्यवस्थापनसम्बन्धी भएका अभ्याससम्बन्धी किताब त्यत्तिकै रुचिपूर्वक पढ्छु । रवीन्द्रनाथ टेगोरका कविता मन पर्छ । कहिलेकाहीं लेख पनि लेख्छु । मेरो निजी पुस्तकालयमा चार÷पाँच हजार किताब छन् ।

मेरो घुमफिर
नेपालका ५० जिल्ला घुमेको छु । विदेशमा अमेरिका, बेलायत, चीन, थाइल्यान्ड, भारतलगायत २० देश पुगेको छु । घुमेकामध्ये चीनबाट प्रभावित छु । फ्रान्स, जर्मनी, स्वीट्जरल्यान्ड र रूस घुम्न असाध्यै मन छ ।

मेरो फुर्सद
राजनीतिक दौडधुपबाट कहिलेकाहीं आराम लिन मन लाग्छ । तर, त्यसो गर्न सकिरहेको छैन । परिवारलाई समेत समय दिन पाएको होइन । खासगरी, आफ्नो दायित्व निर्वाह गर्दै कसरी सफलता हात पार्ने भन्ने चिन्ता हुन्छ । थकाइ लाग्यो भनेर कहिल्यै आराम लिएको छैन । चाडबाडमा भने आराम गर्न पाइन्छ । फुर्सद मिलिहालेछ भने पढ्छु । समय हेरेर पुस्तकालय जान्छु ।

dilnath giri (4)
मेरो खेल
त्रि–चन्द्र क्याम्पस घन्टाघरमा स्नातक तहसम्म पढ्दा चेस खेलें । मैले २०३२ सालमा स्नातक उत्तीर्ण गरेको हुँ । चेस कूटनीतिक खेल हो । फुटबल हेर्न मन पर्छ । म फुटबल खेलाडी होइन, मेरा साथीहरू फुटबलका ज्ञाता थिए । त्यतिबेला पार्टी अध्यक्ष कमल थापा भीकेएम फुटबल टिम क्याप्टेन थिए । मैले भीकेएम व्यवस्थापनमा सहयोग गर्थें । बनावटीजस्तै लाग्ने भएकाले रेस्लिङ मन पर्दैन ।

मेरो मोबाइल
मैले बोकेको दुवै मोबाइल आइफोन सिक्स एस र आइफोन फाइभ एस हो । दुवै आइफोन छोराहरूले उपहारस्वरूप पठाइदिएका हुन् । मोबाइलले काम गरिन्जेलसम्म परिवर्तन गर्ने बानी छैन । फेसबुक र ट्वीटर चलाउँछु ।

मेरो टीभी
टीभीमा धार्मिक कार्यक्रम हेर्छु, त्यसपछि अन्तर्वार्ता । बिहान चारदेखि ६ बजेसम्म टीभी हेर्छु । सात बजेको समाचार हेर्न मर्निङवाकबाट फर्किसकेको हुन्छु । घरमा ३० इन्चको सोनी टीभी छ । मन पर्ने कलाकार धुर्मुस र सुन्तली हुन् । विदेशीमा अमिताभ बच्चन, राजेश खन्ना मन पर्छ । पछिल्लो समय हल पुगेर हेरेको फिल्म ‘हाम किसिसे कम नही हे’ हो । यो फिल्म २०३२ मा हेरेको हुँ । यदाकदा टीभीमा फिल्म हेर्ने गर्छु । हेरेकामध्ये ‘गब्बरसिं’, ‘सोले’, ‘रामायण’ र हाम तुम कमरेमे बन्द हे’ असाध्य मनपर्यो ।

मेरो रोग
रक्तचाप र मधुमेहले समातेको छ । उत्ताउलो खानेकुरा खान्न । धूमपान, मद्यपान गर्दिनँ । चिल्लो पिरो सकेसम्म खान्न । त्यसैले दुवै रोग सन्तुलनमा राखेको छु । अहिलेसम्म ‘होलबडी चेकअप’ गराएको छैन । जुन बेला, जुन रोग देखापर्छ, त्यतिबेला त्यही रोगको उपचार गर्ने गरेको छु । रक्तचाप र मधुमेहले समाते पनि तन्दुरुस्ती देखिनुका कारण योगा, मर्निङवाक र खानपान हो ।

मेरो भाषणशैली
अहिलेसम्म ज–जसले मेरा भाषण सुनेका छन्, उसले मलाई उत्साहित गराएका छन् । सबैले मन पर्ने काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । आफूले गरेको काम अरूलाई मन पर्दैन भने अर्काले गरेको त्यो ढंगका काम आफूलाई मन पर्ने भएन । थाहा नपाउनेगरी ‘चाइने’ थेगो प्रयोग गर्दोरहेछु । परिस्थिति हेरेर आक्रामक र बौद्धिक भाषण गर्ने गर्छु ।

dilnath giri (3)
मेरो संगीत

संगीत मानिसको निस्सा नै हो । संगीतले पशुपक्षीलाई समेत मुग्ध बनाउँछ । मलाई स्वदेशीमा तारादेवी र नारायण गोपाल, विदेशीमा लतामंगेशकर मन पर्छ । म गीत गुनगुनाउनेमात्रै होइन, अलि–अलि गाउँछु पनि । बाथरुम बस्दा धार्मिक मन्त्र गुनगुनाउने बानी छ ।

मेरो भूल
मानिस भएपछि भूल गर्नु स्वाभाविकै हो । मैले बाल्यकालमा गरेको एउटा भूलले अहिले पनि पश्चाताप लागिरहन्छ । मेरो घरछेउमा दुधनाथ महादेव मन्दिर थियो । मन्दिरमा पूजा लगाइएको थियो । यो २०११ को कुरा हो । म पाँच वर्षको थिएँ । पण्डितले पूजापाठ गरिसकेपछि रुपैयाँ संकलन गरेर दुनामा राख्ने जिम्मा मलाई दिए । संकलितमध्ये २५ पैसा मैले लुकाएँ । लुकाएको पैसा शरीर छामछामछुमछुम गरेर पत्ता लगाउलान् भनेर बाहिर निस्केर माटोमा पुरेर मन्दिर फर्कें ।

संकलित रुपैयाँ उठाएर पण्डितलाई दिएँ । उनले पैसा गने । २५ पैसा कता पर्यो भनेर उनले नजानिदोपाराले खोजे । मैले उनको मनोविज्ञान बुझें । तर, पण्डितले केही भनेनन् । त्यतिबेलाको २५ पैसा धेरै ठूलो मानिन्थ्यो । मैले थाहा पाउँदा एक पैसाको २५ दाना सुन्तला आउँथ्यो । एक रुपैयाँको एक माना घिउ आउँथ्यो । २५ पैसा गायब पारेको भूलले अहिले पनि पश्चाताप लागिरहन्छ ।

विद्यालय पढ्दा म छुच्चो थिएँ । शिक्षकको कुटाइ पनि खाएको छु । मैले धेरैलाई कुटेको पनि छु । म छुच्चो हुनु भनेको सामन्तवादी अवेशष हो । म ठूलोका छोरा हुँ भन्ठान्थें । अरूले मलाई मान्नुपर्छ भन्थें । कक्षा एक र दुईमा पढ्दा मैले अर्को पनि गल्ती गरेको छु । मेरो घरछेउमा भीमसेन मन्दिर थियो । मन्दिरअघि राँगा तर्ने काठको मौलो बनाइएको थियो । मौलोमा दाम्लो राख्ने प्वाल थियो । विद्यालय जाँदा मैले नियम बनाएको थिएँ– विद्यालय गइसकेको छु भने मलाई कसैले पर्खन नपर्ने । संकेतस्वरूप मौलोको प्वालमा सेउला हाल्थें । सेउला राख्नु भनेको म गइसकें है भन्ने संकेत थियो तर सेउला हालेको छैन भने अरूले मलाई रुँगेर बस्नुपर्ने । त्यो किसिमको सर्वसत्तावादी नियम बनाएको थिएँ । उनीहरू मभन्दा बलिया थिए तर पनि मसँग डराउँथे । त्यो मेरो बुवाको प्रभावले होला ।

उनीहरूले नियम उल्लंघन गरे भने फर्कंदा सबैलाई सिस्नोले हान्थें । त्यो डरले मेरो घरको बाटो भएर विद्यालय जाने ३०÷३५ जना मलाई पर्खन बाध्य हुन्थे । मैले त्यस्तो उपद्रो गरेको थिएँ । यो २००९/०१० को कुरा हो ।

राम्रो काम गरेर होस् या खराब, म जसरी पनि नेता हुनुपर्ने । त्यही भएर मैले शिक्षकको कुटाइ खाएको छु । विद्यालयमा कार्यक्रम थियो, सकिएपछि घर फक्र्यौं । राति विद्यालय भवन फोडेर भित्रै बस्यौं । त्यस्तो उपद्रो गरेपछि प्रधानाध्यापकले हात फुट्नेगरी पिटे । सबैभन्दा बढी पिटाइ खाने म थिएँ । किनकि विद्यालय भवन फोड्नेमा मै अघि सरेको थिएँ । त्यहाँदेखि मैले शिक्षकको कुटाइ खान परेन ।

मैले राजनीतिक भूल पनि गरेको छु । त्रि–चन्द्र कलेजमा २०२५ बाट विद्यार्थी राजनीति थालेको हुँ । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट थालेको राजनीतिक यात्रा राप्रपा नेपाल प्रमुख सचेतकसम्म भए पनि म समकालीन साथीहरूभन्दा राजनीतिमा सबैभन्दा पछि परेको छु । जे देख्यो त्यही बोल्ने बानीले म समकालीन साथीहरूभन्दा पछि परेको हुँ । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डललाई आधार मान्ने हो भने कमल थापा मभन्दा दुई वर्षपछि २०२७ बाट राजनीतिमा जोडिएका हुन् । मलाई सांसद र पार्टी प्रमुख सचेतक बनाउने पनि अध्यक्ष थापा नै हुन् ।

dilnath giri (1)
मेरो घर

म बस्दै आएको भैंसेपाटी ललितपुरको घर सन् २००१ मा बनेको हो । घर बनाउन पुख्र्यौली र केहीचाहिँ छोराहरूको लगानी परेको छ । घर वास्तुशास्त्रअनुसार नै बनाइएको हो । त्यतिबेला जग्गा किन्दा १२ र घर बनाउन १० लाख लागेको थियो ।

मेरो राशी

कुम्भ राशीको मेरो ग्रहदशा राम्रै मान्नुपर्छ । त्यही भएर अहिलेसम्म नोक्सान पुगेको छैन । समय–समयमा ग्रहशान्ति गराउँछु । सुनको औंठी लगाएको छु । ग्रह नक्षत्रप्रति विश्वास छ । त्यहीअनुसार नीलम लगाएको थिएँ । तर, फापेन । त्यसपछि लगाउन छाडें ।

मेरो सौन्दर्यचेत

कपालमा जेल, तेल केही लगाउँदिनँ । फेसियल गर्दिनँ । अनुहारमा क्रिम लगाउने बानी छैन । पार्टीमा जाँदा सेन्टचाहिँ हल्का प्रयोग गर्छु । २०३९/४० मा पाँच/सातपटक साउना लिएको थिएँ । शरदचन्द्र शाहसँग मित्रता थियो । उनी साउनाका सौखिन थिए । उनले हामीलाई पनि होटल सोल्टी लैजान्थे । साउना लिएबापत उनले के गर्थे, हामीले चाहिँ पैसा तिरेनौं ।

मेरो प्रेम

मैले प्रेम गरें । तर, शुद्ध र सकारात्मक रूपमा । उद्देश्य खराब नराखीकन गरेको प्रेमले कसैलाई हानि गर्दैन । मागी गरे पनि मेरो बालविवाह हो ।

मेरो सपना
चार जात छत्तीस वर्णको साझा फूलबारी कायम राख्नु नै मेरो सपना हो । एउटा फूलबारीमा सबै जातका फूलको सौन्दर्य हुन्छ, त्यसले पूर्ण रूपमा फुल्न पाउँछ । र, त्यसको बासना आउँछ । एकले अर्कालाई मोहित बनाउँछ । एकले अर्काप्रति सहयोगको भूमिका खेलेको हुन्छ । एउटाको सौन्दर्यमा अर्काको परावर्तन नभई उसले पूर्णता पाउँदैन । एकले अर्काको सहयोग नपाईकन हामी पूर्णता हुन सक्दैनौ ।

सभ्य, सुसंस्कृत राज्य निर्माण गर्न सकिन्छ भन्ने मेरो मान्यता हो । मुलुकमा कुनै दुःख, कष्ट नपरोस्, हामीसँग भएका प्राकृतिक स्रोत, साधन र सम्पदालाई समष्टिगत रूपमा प्रयोग गर्न सके यो मुलुक विश्वकै सबैभन्दा धनी बन्न सक्छ । त्यसनिमित्त राजनेता आवश्यक छ । राजनेता नहुँदा मुलुकले दुःख पाएको छ ।

राजनीति गरिसकेपछि मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बन्ने सपना देख्नु अस्वाभाविक होइन । तर, मेरो उद्देश्य त्यस्तो छैन । मलाई अघिल्लो सरकारमा मन्त्री बन्न आह्वान गरिँदा पनि मैले मानिनँ ।

मेरो पुख्र्यौली घर संखुवासभा हो । संखुवासभामा अरुण तेस्रोमात्रै होइन, सातौंसम्म छ । हिमाल पनि छ, उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो किमाथांका नाका छ । जिल्लाका प्राकृतिक स्रोत तथा सम्पदाको समुचित उपयोग गर्न सके संखुवासभा नेपालकै सबैभन्दा धनी जिल्ला बन्नेछ । त्यो बनाउने सपना लिएर हिँडेको छु ।

यी जीवन कथा पनि पढ्नुहोस्

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मोहन मैनालीको जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

दिवस राईको जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल