जसले ४४ वर्षअघि हलो जोतेर विद्रोह गरेकी थिइन्

-  |   दीपेन्द्र राई

जसले ४४ वर्षअघि हलो जोतेर विद्रोह गरेकी थिइन्

kabita-poudel-3महिलाले हलो जोत्न, घर छाउन, मलामी जान र मार हान्न हुँदैन भन्ने पुरातन मान्यता छ । उल्लिखित चार काम गर्न महिलाले किन हुँदैन भनेर स्थानीय विद्वान् तथा पण्डितसँग जिज्ञासा राख्दा अर्घाखाँचीकी कविता पौडेलले चित्तबुझ्दो जवाफ पाइनन् । गर्न हुँदैन भनिएको चार काम गरेर पौडेलले चुनौती दिइन् ।

‘महाभारत, देवीभागवतलगायत थुप्रै किताब पढें,’ थानकोटको पौडेलनिवास सिर्जना सदनमा कुरा गर्दै उनले सुनाइनन्, ‘तर महाभारत, देवीभागवतमा महिलाले हलो जोत्न, घर छाउन, मलामी जान र मार हान्न हुँदैन भन्ने कतै उल्लेख छैन । तसर्थ, हुँदैन भनिएको काम गरेर समाजलाई चुनौती दिन हलो जोतें ।’

२०२९ मंसिर २७ गते उनले खेतमा हलो जोत्दा गाउँभरिकाले रमिता हेरे । कतिले भने, ‘थुइया ।’ अर्काले गाली गरे, ‘ए पापिनी हलो छोड ।’ हरे के देख्नुपर्यो भनेर कतिले आँखा छोपे । त्यतिमात्रै हो र, पोखरेल थरका स्थानीयले धिक्कारे, ‘यो त अति भयो । अलच्छिन लागेर संसारै भासिने भयो । त्यो अलच्छिनी आइमाईलाई समातिहाल ।’ पूर्वमन्त्रीसमेत रहेका उनका श्रीमान् मोदनाथ प्रश्रितले समेत उग्र काम गरिस् भनेर टिप्पणी गरे ।

गर्न हुँदैन भनिएको काम गरेपछि उनलाई गाली गर्नेको कमी भएन । सहानुभूति दिने एकजना पनि निस्केनन् । स्थानीय कृष्ण बन्जाडेले ‘यी आइमाई (कविता पौडेल) लाई त गोदी–गोदी मानुपर्ने’ भनेको उनले अझै बिर्सेकी छैनन् । त्यस्तै, स्थानीय भद्रबहादुर डमराले यिनलाई पीपलको हाँगोमा उँधो मुन्टो लगाएर झुन्ड्याउनुपर्छ । त्यति गर्दा पनि भएन भने पुलिस बोलाएर थुनाउँछौं भन्दा उनी कत्ति पनि विचलित भइनन् ।

हलो जोत्ने नेपालकै पहिलो महिला भनेर चिनिएकी कविता पौडेलले संवत् २०२९ भदौमा पहिलोपटक हलो जोतेकी थिइन् । एक घन्टा हलो जोते पनि कसैले देखेनन् । उनले प्रस्ट्याइन्, ‘मैले हलो जोतेको पाटोको सिरानपट्टि अग्लो ढिक थियो । तल्लोपट्टि रूखैरूख हुनाले चारैतिर छेकिएको थियो ।’

मंसिर लाग्यो । धान–पराल स्याहार्ने बेला थियो । २०२९ मंसिर २७ गते उनले खेतमा हलो जोत्दा गाउँभरिकाले रमिता हेरे । एक गरा खेत जोतिसक्दासम्म पनि रमितेको भीड लाग्यो । कतिले भने, ‘थुइया ।’ अर्काले गाली गरे, ‘ए पापिनी हलो छोड ।’ हरे के देख्नुपर्यो भनेर कतिले आँखा छोपे । त्यतिमात्रै हो र, पोखरेल थरका स्थानीयले धिक्कारे, ‘यो त अति भयो । अलच्छिन लागेर संसारै भासिने भयो । त्यो अलच्छिनी आइमाईलाई समातिहाल ।’

kabita-poudel-4
पूर्वमन्त्रीसमेत रहेका उनका श्रीमान् मोदनाथ प्रश्रितले समेत उग्र काम गरिस् भनेर टिप्पणी गरे ।

हलो जोत्दा घरपरिवारबाट सहानुभूति नपाएकी कविता पौडेलले माइतीबाट समेत सहयोग पाइनन् । जन्म दिने आमाले पौडेललाई राक्षसी काम गरिस् भनेर अप्टिकमात्रै लगाइनन्, मूर्ख भनेर झपारिन् । कविताले दुःखेसो पोखिन्, ‘सासूआमाले मैले छोएको आठ÷दस वर्षसम्म केही खाइनन् । तर, मैले अप्ठ्यारो मानिनँ । ९८ वर्षीया सासूआमा बालिकादेवी पौडेलले उनलाई घरभित्र पस्न प्रतिबन्ध लगाइन् । हिजोआज पनि मैले छोएको दाल सासूले खाँदैनन् ।’

हलो जोतेर धर्म फालेको भन्दै उनलाई पानी छुन दिइएन । गीत बनाएर गाउनेको कमी थिएन । उनले हलो जोतेको ठाउँबाटै गौदान गरी माफी मगाउने स्थानीयको सल्लाह सल्लाहमै सीमित रहे पनि देवीभागवतको एकाइ लगाइयो । गाउँमा मालिका मन्दिर थियो । त्यहाँ दसैंको पूर्णिमामा सरायँ खेल्ने, भेडा, च्याङ्ग्राको बलि दिने गरिन्थ्यो । चार धामीले सेउली बोकेर हेर्–हेर् हलो जोत्ने आइमाईलाई ल्याएर काट । भोग नदिई भएन । नत्र म यहाँ बस्दिनँ भन्दै बक्न थाले । चारमध्येका दुई धामीको टुप्पी समातेर घुमाउँदै उनले मलाई लु काट तिमीहरूले कत्तिका भोग दिँदारहेछौ भनेपछि सबै धामी भागाभाग भए । यति धेरै सास्ती खेपे पनि उनलाई पटक्कै नमीठो लागेन । त्यतिबेला हलो जोत्दा उनलाई गाली गर्ने कतिपयको निधन भइसकेको छ भने कतिपय जीवितै छन् ।

संयोग त्यस्तै पर्यो । उनले मंसिरमा दोस्रोपटक हलो जोतेपछि ६ महिनासम्म पानी परेन । ६ महिनापछि पानी त पर्यो तर खेतै बगाउनेगरी । त्यतिबेला पनि धेरैले उनलाई अलच्छिनी भनेर सराप्नसम्म सरापे ।

उनी एसएलसीको परीक्षा दिन वनारस (भारत) गइन् । पुसमा वनारस गए पनि जेठमा मात्रै घर फर्केकी उनलाई हलो जोतर भागी भनेर गाउँभरि हल्लाखल्ला चल्यो । उनले अतीत सम्झिन्, ‘घर फर्केपछि यसलाई मार्न पर्छ, काट्न पर्छ, भोग दिन पर्छ भन्न थाले ।’ त्यसो भन्नेलाई उनले चुनौती दिइन्– मलाई कसैले छोयौ भने म महाकाली बनेर उत्रनेछु । महाकाली बनेर मान्छे काटेर जेल जान तयार छु भन्ने धम्की दिएपछि नातामा ससुरा पर्ने नारायण पौडेलले कानमा आएर खुसुक्कै भने, ‘ए बुहारी मैले जोतेको छैन भन् बा । मान्छेले तँलाई मार्ने भए ।’ उनी डराउँदै डराइनन् । भनिन्, ‘मैले हलो जोतेकै हो ।’

गाउँकै दमाईको छोरो बितेर रुवाबासी चलेको सुनें,’ उनले बाध्यता सुनाइन्, ‘झाडापखालाले उसका दुई बालबच्चा बितेका थिए । झाडापखाला सर्छ भनेर गाउँका कोही त्यहाँ गएनन् । घाँस काट्न हिँडेकी मैले दमाई रोएको सुनेपछि मनले मानेन । त्यसपछि मैले शव बोकें । दमाईले कोदालो । दुईजना मिलेर सदगत गर्यौं ।’

kabita-poudel-2
‘पहिलेका देवीदेवता, महाकाली, भद्रकाली, कालिका, मालिकाले मान्छेका टाउका काटेर माला लगाएका छन् । त्यो बदमास काम हो । बदमास काम गरे पनि उनीहरू अहिलेसम्म पुजिँदै छन् । उनीहरूको पूजा गरिँदै छ । तिनीहरू पनि त महिला हुन् नि,’ उनको तर्क छ, ‘महिलाले बच्चा जन्माउन हुने, दुःखजिलो गरेर हुर्काउनुपर्ने, सारा दुःखकष्ट सहनपर्ने तर महिलाले काम गरेर खान किन नहुने ? हलो जोत्न नहुने ?’ यही उदाहरण दिँदै उनले प्रश्न गर्दा विद्वान् तथा पण्डितले सुझाउँथे, ‘नचाहिने तर्क, प्रश्न नगर्नुस् । यस्तो तर्क, प्रश्न गर्नुभयो भने तपाईं धेरै टिक्नुहुन्न ।’

हलो जोतेको अभियोगमा पथरैया–६ भगरैया कैलालीकी बेलारी चौधरीलाई एक सय रुपैयाँ जरिवाना गरेर माफी माग्न लगाइएको थियो । श्रीमान् आँखा नदेख्ने, छोरा सानै भएकाले हलो जोत्न बाध्य चौधरीलाई स्थानीय महिला समूहले हप्काइ–दप्काइ गरी दुई हजार रुपैयाँ सजाय सुनाएको धेरै भएको छैन ।

भन्न त ब्राह्मणले पनि हलो जोत्न हुँदैन भनिएको छ । हलो जोत्नु उसका लागि नीच र परम्पराविरुद्ध मानिन्छ । तर पनि लमजुङको दुराडाँडा गाविसको अर्चल्यानीमा पण्डित तोयानाथ अधिकारी, शेषकान्त अधिकारी, हरिभक्त अधिकारी, श्रीकान्त अधिकारी, मायानाथ पौडेललगायत २७ जना ब्राह्मणले २००६ साउन ११ मा सामूहिक रूपमा हलो जोतेका थिए । हलो जोतेको अभियोगमा पण्डित तोयानाथ अधिकारी, शेषकान्त अधिकारी र मायानाथ पौडेल पक्राउ परे । त्यतिमात्र होइन, ज–जसले हलो जोते उसको घरको भात–पानी चलेन । माइत आएकी छोरी घर फर्कन सकेनन् भने घर गएकी बुहारी माइत जान पाएनन् । उमेर पुगेकाको बिहेमात्रै रोकिएन कतिपय पण्डित निर्वासित भए । तर, कविता पौडेलले त्यस्तो दुव्र्यवहार भोग्न परेन । त्यस अर्थमा उनी भाग्यमानी साबित भइन् ।

तर्साउने, धम्काउने गरिए पनि उनले महिलाले गर्न नहुने भनिएको चारै काम गरिन् । उनले साउने संक्रान्तिमा घरकै खसी काटिन् । भन्नेले तिमीले काटेको मासु कसले खान्छ भनेर अत्तो थाप्नेले नै मासु खान बाध्य भए । कतिपयले भने खाएनन् ।

हावाहुरीले भर्खरै बनाएको घरको छानो उडाएपछि उनले घर छाइन् । घर छाउन देउरानीलाई खर फाल्देऊ न भन्दा इन्कार गरेपछि उनी आफैंले खर ओसारेर घरसमेत छाएकी थिइन् । उनले त्यसअघि कटेरा छाइसकेकी थिइन् ।
‘गाउँकै दमाईको छोरो बितेर रुवाबासी चलेको सुनें,’ उनले बाध्यता सुनाइन्, ‘झाडापखालाले उसका दुई बालबच्चा बितेका थिए । झाडापखाला सर्छ भनेर गाउँका कोही त्यहाँ गएनन् । घाँस काट्न हिँडेकी मैले दमाई रोएको सुनेपछि मनले मानेन । त्यसपछि मैले शव बोकें । दमाईले कोदालो । दुईजना मिलेर सदगत गर्यौं ।’

मलामी गएको गाउँठाउँमा थाहा नहुने कुरै भएन । दमाईको मलामी गई भनेर उनलाई उल्लिबिल्लि पारे ।

महिलाले गर्न नहुने काम गरी भनेर स्थानीयले मन्दिरमा पूजाआजा गरे । उपवास बसे । कविता पौडेलले ४४ वर्षअघि गरेको विद्रोह एकादेशको कथा बनेको छ । लोकसेवा आयोगको परीक्षा र हाजिरीजवाफ प्रतियोगितामा हलो जोत्ने नेपालको पहिलो महिला को हुन् भनेर प्रश्न सोध्नेचाहिँ गरिन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल