पिरतीका कुरा : मेरा प्रेम–कथाको अन्त्य दुःखद भयो

–  |   कला अनुरागी

पिरतीका कुरा : मेरा प्रेम–कथाको अन्त्य दुःखद भयो

चित्रमा होस् या साहित्यमा, चलचित्रमा होस् या गीतमा । सबैभन्दा बढी वर्णन गरिएको बिषय हो नारी सौन्दर्य । सबैको निष्कर्ष हुन्छ– नारी सुन्दरताका प्रतिबिम्ब हुन् । र, त चित्रकार किरण मानन्धर भन्छन्– नारीको शरीरभन्दा सुन्दर कला केही हुादैन ।
तर साहित्यकार मोमिला यो कुरा स्वीकार्दिनन् । उनको मत छ, ‘नारीभन्दा पुरुष सुन्दर हो ।’ मत पुष्टि गर्ने तर्क पनि छ उनीसाग । ‘नारीको सौन्दर्य भनेको झरिजाने फूलजस्तो हो । तर पुरुष सदाबहार हुन्छ ।’ उनी भन्छिन्, ‘प्रजननका चरण गुजार्नुपर्ने भएकाले नारीको सुन्दरता घट्दै जान्छ । तर पुरुष त सधैं उस्तै रहन्छ ।’
उनको धारणा छ– बिग्री जाने सौन्दर्यलाई केही समय भएपनि कायम राख्ने प्रयत्न हो सौन्दर्य प्रशाधनको प्रयोग । त्यसो त, ओइली जाने फूलको महत्व भएजस्तै बिग्रिजाने सुन्दरताको मूल्य हुादोरहेछ । त्यही भएर नारी सौन्दर्यको चर्चा बढी भएको होला । बिग्री जाने सौन्दर्यको मोहले नै होला होला यस बिषयमा धेरै सिर्जना भएको पनि ।
Momila (3)यदि कुरा यस्तो हो भने किन पुरुष लेखकले नारी सुन्दरताबारे खुलेर लेखेजस्तै महिला लेखकले लेख्न नसकेका ? मोमिलाको जवाफ छ, ‘हामी पितृसत्तात्मक समाजमा छौं । यहाा पुरुष होस् या महिला, सबैको दृष्टिकोण पितृसत्तात्मक नै छ । यदि कुनै महिला फरक दृष्टिकोण राख्छिन् भने आउटसाइडर बनिहाल्छ । उसलाई सहज रुपमा स्वीकारिादैन । समाजमा बााच्न नै कठिन हुन्छ । वर्तमानमा बााच्न कठिन हुन्छ । आखिर कल्पना र सम्झना भनेको त हृदयविलासका लागि न हुन् । त्यसैले महिलाले कमै खुलेर लेखेका छन् ।’
तथापि महिलाले पुरुष सौन्दर्यबारे लेख्दै नलेखेको भन्ने चाहिं उनी स्वीकार्दिनन् । आफ्नै रचनामा आएको पुरुष सौन्दर्यको बिषय यसको पुष्टि भएको उनको तर्क छ ।
०००

कविता र निबन्ध लेखनमा स्थापित मोमिला नारी र पुरुषबीचको फरक यसरी खुट्याउाछिन्, ‘नारीमा समर्पणको भाव बढी हुन्छ । त्यसको कारण छ– पेटमा बच्चा हुर्काउने, ज्यानको बाजी राखेर जन्माउने र पालनपोषण गर्ने प्रक्रियाले उसमा समर्पण र कोमलता विकास गरेको हुन्छ । तर पुरुषमा पुरुषत्वको पक्ष सवल हुन्छ, समर्पणको भाव कम हुन्छ । एउटी नारी पुरुषको सामिप्यमा संरक्षित महसुस गर्नुको कारण पनि त्यही हो ।’
उनलाई लाग्छ– परिवारको पहिलो परिकल्पना नारीले नै गरे होला । किनकि बच्चा जन्माउन गाह्रो हुादाको बखत संरक्षकत्वको आवश्यकता महसुस भयो होला । त्यसैले आफ्नो आगालोमा बााधेर, माया गरेर पुरुषलाई परिवारमा बााध्ने काम नारीले नै गरे होला । त्यसैले अहिले पनि नारीमा अनुनय, अनुरोध र समर्पण देखिन्छ । तर पुरुषमा अहम् हुन्छ, चित्त नबुझे बाहिर–बाहिर चरी हिाड्छ ।
Momila (2)उनको दृष्टिमा नारी–पुरुषबीच अर्को फरक पनि छ– नारी हृदयको सुन्छन् भने पुरुष मष्तिष्कको । त्यसैले नारी भावनात्मक बनेर झट्ट निर्णय लिन्छन् भने पुरुष सोचीविचारी । यही स्वभावको कारण कुनै नारी पुरुषको प्रेममा पर्दा जीवन बिताउाछु भनेर सोच्छे भने पुरुषले केही समय बिताउनेबारे मात्रै सोच्छ । नारी एउटा पुरुषको जीवनमा अन्तिम बन्न चाहन्छे, पुरुष साधै प्रथम बन्न चाहन्छ । सबैमा त्यस्तो लागू नहोला तर आम रूपमा त्यही देखिन्छ ।
०००

मोमिलाको आदर्श पुरुष पहिचान गर्ने सूत्र छ– ‘दि इस्क्वायर इ’ । अर्थात दिल, दिमाग र इमान्दारिता । यसमध्ये इमान्दारिता उनको पहिलो सर्त हो । शारिरीक बनोटले उनलाई कहिल्यै आकर्षित गरेन रे । भन्छिन्, ‘मैले देखेरमात्रै कुनै पनि पुरुषलाई मन पराइना । त्यसैले पहिलो चोटी कसैलाई आइ लभ यू भनिनँ । नजिक हुँदै जाादा व्यवहारले मात्रै आकर्षित हुन्छु ।’
तर कुटिलता उनलाई सबैभन्दा मन नपर्ने कुरा । जतिसुकै विद्धान भए पनि कुटिल छ भने मोमिलाको नजरमा उ बस्न सक्ने सम्भावना छैन । विडम्बना, उनले संगत गरेका मध्ये शून्य दशमलव एक प्रतिशत पुरुषमात्र आदर्श पाएकी छिन् उनले । अनुभूतिलाई निष्कर्ष दिादै भन्छिन् ‘निक्कै गाह्रो रहेछ त्यस्ता पुरुष भेट्न । कोही बौद्धिक लाग्छ, तर कुटिल भेट्छु । हार्दिक लाग्छ, दिमागै छैन ।’
०००

मोमिलाको लेखन मात्रै होइन, सुन्दरताको चर्चा पनि उत्तिकै हुन्छ । उनको आन्तरिक र बाह्य दुवै सौन्दर्यको जादू चल्न थालेको अहिले भने होइन, स्कूल पढ्दैदेखिको हो । साँढे चार दशकअघि धनकुटामा जन्मिएकी मोमिला स्कूले जीवनमा हरेकजसो कक्षामा प्रथम भइन् । त्यसैबेला हार्मोनियम र मादल बजाउन सिकिन् । गीत गाउन, कविता लेख्न, चित्र बनाउन र नाच्न अघि सरिन् । खेलकुद र स्काउटका क्रियाकलापमा पनि अघि नै परिन् । बाहिरी सौन्दर्यको साथ त छँदैथ्यो, यस्ता क्रियाकलापले उनको आन्तरिक सौन्दर्यलाई अझ निखार्‍यो र सार्वजनिक गर्‍यो । र, त्यही कारण उनका केटी साथीभन्दा केटा साथी बढी भए । केटी साथी त ईष्र्यामा जल्दै टाढा–टाढै बसे । त्यसैले उनी स्वीकार्छिन्– नारीको इष्र्या नारीले नै बढी गर्छन् । उनको नारी अनुभव पुरुषको हकमा पनि उत्तिकै लागू हुँदो हो – आफूमा केही कमीको महसुस छ भने ईष्र्या पैदा हुन्छ ।
उनले जीवनमा केटीसाथी बनाउने प्रयत्न नगरेकी चाहिं होइनन् । तर बनाउन खोजेको साथी स्वत:स्फूर्त बनेकाजस्ता कहाँ हुन्छन् र ? त्यसैले उनका केटी साथी कम थिए/छन् । आफूलाई एकलकाँटे भन्न रुचाउने मोमिलाका जति साथी छन्, त्यसमध्ये बढी पुरुष नै छन् ।
०००

Momila (6)महिला र पुरुष एकअर्काप्रति आकर्षित हुनु स्वाभाविक हो । त्यो आकर्षण प्रेमतिर डोरिनु स्वाभाविकै हो । कतिलाई प्रेम गरिन् होला मोमिलाले ? ‘म आफैं कसैप्रति आकर्षित भइनँ र प्रेम गर्छु भनेर भनिनँ ।’ उनले त्यसको कारण बताइन्, ‘स्कूलमा हुँदा नृत्य र बाद्यवादनको राष्ट्रिय प्रतियोगितामा भाग लिएको थिएँ । त्यसपछि धेरै प्रेम–पत्र आए । त्यतिबेला १० कक्षामा पढ्दै थिएँ । लाग्यो– यी सबै कुरा शारीरिक आकर्षण त हुन् । मलाई त पढ्नु छ, केही गर्नु छ । त्यसले मलाई प्रेम–प्रस्तावप्रति वितृष्णा जाग्यो । अहिले सम्झन्छु– सानैदेखि आफ्नो फरक अस्तित्वको खोजीमा रहेछु म ।’
स्कूल जीवनपछि पनि उनलाई प्रेम–पत्र र प्रस्तावले पछ्याइरह्यो । आफ्ना समवयीले त पत्र लेखे–लेखे, आफूभन्दा साना र ठूलाको पत्रले पनि उनलाई हैरानै बनायो । २० वर्षभन्दा बढी अध्यापनमा बिताएकी मोमिलालाई आफ्नै विद्यार्थीले समेत प्रेम–पत्र लेखे ।
त्यसैले उनलाई प्रेम–प्रस्ताव राख्नुपर्ने आवश्यकता पनि महसुस भएन । बरु प्रस्ताव राख्नेलाई सम्झाउन सक्ने उनको क्षमता बढ्यो । अहिलेसम्म कति प्रेमपत्र आए भन्ने संख्या खुलासा गर्न नचाहने मोमिला आफूलाई आएका प्रेम प्रस्तावका आधार दुइटा रहेको बताउँछिन् । उनी भन्छिन्, ‘लेखनमा नचिनिादा आएका प्रस्ताव शारीरिक आकर्षणको कोणका छन् । लेखनमा चिनिन थालेपछि आएका चाहिं लेखनलाई मन पराएर आएका छन् ।’ अहिले पनि लेखनलाई मन पराएर प्रस्ताव आउाछन् नै । यस बिषयमा उनको सार्वजनिक अपिल छ, ‘कृपया, तपाइालाई लेखन मन परेको छ भने लेखनकै फ्यान बन्नुहोस्, तर व्यक्तिको होइन ।’
यसको अर्थ मोमिला प्रेममा नै नपरेकी भने होइनन् । उनले केही प्रेम–प्रस्ताव स्वीकारिन् । तर विडम्बना, एउटा प्रेम–प्रस्ताव स्वीकार गर्न समय लगाउँदा ढिलो भयो । प्रेमले मूर्त रुप लिनै पाएन । अर्को प्रेम प्रस्ताव ५ बर्ष पछि स्वीकार गर्दा पनि चाँडो भएछ, त्यसकै कारण जीवन नै दुर्घटित भयो । केहीले दर्शाएको प्रेम वास्तविक प्रेम होइन रहेछ भन्ने उनलाई पछि बोध भयो । यसले उनलाई यस्तो निष्कर्षमा पुग्न बाध्य बनाएको छ, ‘वास्तवमा मैले प्रेम नै गरेको रहेनछु । मलाई प्रेम गर्छु भन्ने केहीको प्रस्ताव स्वीकार गरें । तर पछि थाहा भयो, त्यो त प्रेम होइन रहेछ । म त भ्रममा पो रहेछु । अब प्रेम नै नगर्नेलाई मैले प्रेम गर्न सक्ने कुरा त भएन । मैले प्रेम नै बुझेको रहेनछु जस्तो लाग्छ । त्यसैले प्रेम नाटकजस्तै भयो मेरो जीवनमा ।’

०००

मोमिला आफैंले प्रेम प्रस्ताव राखिनन् । तर उनलाई प्रेम गर्छु भन्नेको प्रस्ताव त स्वीकारिन् । त्यसपछि त प्रेम गरिन् उसलाई । तर उनको हरेक प्रेम कथाको अन्त्य दु:खद छ ।
आफूले इमान्दारीपूर्वक प्रेम गर्दा पनि धोका पाएको उनको भनाइ छ । उनी भन्छिन्, ‘आफैंले कसैलाई पहिले प्रेम गरिना । जब मलाई प्रेम गर्छु भन्यो, मैले पनि प्रेम गरें । जब प्रेम गर्छु भन्नेले नै प्रेम गर्न नसकेपछि धोका भएन त ? मेरो वैवाहिक सम्बन्ध पनि यसै कारण दुर्घटित भयो ।’
प्रेम विवाह गरेकी मोमिला आफ्नो वैवाहिक जीवन दुर्घटनाको कारण यसरी प्रस्ट्याउँछिन्, ‘आकर्षित हुदाचाहिं विपरित सत्यतिर आकर्षित हुने मानिसको स्वभाव हुँदोरहेछ । जस्तो, शान्तले चञ्चल मन पराउने, चञ्चलले शान्त मन पराउने । तर नजिक भइसकेपछि चाहिं आफूजस्तो बनाउन खोज्ने । त्यसले इगोको जन्म गराउँदो रहेछ । यसले सम्बन्धलाई दुर्घटनातिर लैजाादो रहेछ ।’
त्यसो त उनी आफूले सम्बन्ध जोगाउन सीमान्त प्रयास गरेको बताउँछिन् । त्यस क्रममा उनले आफ्नो लेखनलाई समेत स्थगित गरेकी थिइन् । तर अस्तित्वको अन्तिम प्रश्न खडा भएपछि आफूले सम्झौता गर्न नसकेको उनको दावी छ । उनको प्रश्न छ, ‘जीवनको अस्तित्वको अन्तिम प्रश्नसम्म त मैले प्रयत्न गरेकै हो नि । यसमा मैले कुनै गल्ती गरेको छैन । तर मेरै अस्तित्व रहेन भने त के गर्ने ? म नै रहिना भने त संसार मेरो लागि के हो र ? खासमा मैले आफूलाई पिंजडामा थुनिएको पन्छीजस्तो महसुस गरें । त्यसरी निसास्सिएपछि उन्मुक्ति खोज्नु स्वाभाविक हो ।’
एक छोराकी आमा मोमिलाको वैवाहिक जीवन दुर्घटित भएको दुई दशक बितिसकेको छ । आफ्ना पूर्वपतिको नाम र ठेगानासमेत आफ्ना तर्फबाट खुलाउन नचाहने उनी आफूले कुनै समय प्रेम गरेको मान्छेलाई नराम्रो गर्न मन छैन । अझै उनको मनमा आफ्नो पूर्वपतिप्रति उच्च मानवीय संवेदनाको प्रेम कायमै छ । उनको एउटै भनाइ छ– मेरो पनि बद्नाम गर्न पाइन्न ।
त्यसो त मोमिलाको मात्रै होइन, कला र साहित्य क्षेत्रमा लागेका महिलाको वैवाहिक जीवन दुर्घटित भएका धेरै उदाहरण छन् । त्यसको कारण के होला ? मोमिलाको आफ्नो अनुभवलाई समेत मिसाउादै भन्छिन्, ‘कला र साहित्यले आफ्नो अहम्, अभिमान र अस्तित्वको खोजी गर्न सिकाउाछ । त्यो कुरा पुरुषलाई स्वीकार गर्न गाह्रो पर्दोरहेछ । सबैभन्दा ठूलो कुरा त महिला पुरुषको रेखामा निर्धारित हुनुपर्ने सोच अहिले पनि अन्त्य भएको छैन । सिर्जनशील महिलासँग विवाह गर्ने कतिपय पुरुषले आफ्नी जीवनसाथीको प्रतिभाको अवमूल्यन गर्ने गरेको देखिएको छ । यदि त्यसो गर्न नसकिए चारित्रिक हत्या गर्ने प्रवृत्ति पनि उत्तिकै छ । जुन चरित्रको कसी चाहिं पुरुष आफैं बनिरहेको हुन्छ ।’

०००

वैवाहिक जीवनको अन्त्यपछि उनी नितान्त एक्लो भइन् । जीवनलाई अघि बढाउन निकै गाह्रो पर्‍यो । सबै कष्ट उनी अहिल्यै सार्वजनिक गर्न चाहन्नन्, किनकि आत्मकथा लेखनको सोच जो उनीसँग छ ।
त्यसपछि उनीसँग केही पुरुष नजिक भए । केहीको प्रेम प्रस्ताव नै आयो । केहीलाई उनले स्वीकार पनि गरिन् । तर उनलाई पहिलेजस्तै प्रेम भ्रम हो भन्ने सिकाएर गए ।
त्यति हुँदा हुँदै पनि उनले अनुभूति गरेकी छिन्– जीवनलाई हल्लाइदिने चाहिं प्रेम नै हो रहेछ । प्रेम नहुँदा व्यक्तिको जीवन सारै डामाडोल हुन्छ ।
आफ्नो वैवाहिक–जीवन दुर्घटित हुादाको दु:खबाट पनि उनले यो निष्कर्ष निकालेकी हुन् । त्यसैले प्रेमप्रति विस्वासचाहिं कायम नै छ उनीभित्र ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल