ओलीको राजीनामापछिको मधेस–५ : प्रहरी र जनताबीच सम्बन्ध सुधारिँदै

भदौ ७  |   एसके यादव

ओलीको राजीनामापछिको मधेस–५ : प्रहरी र जनताबीच सम्बन्ध सुधारिँदै

सप्तरी– सातजनाको मृत्यु र दर्जनौं घाइते हुनेगरी सप्तरीमा भएको आन्दोलनको ‘त्यो भंयकर’ दृश्य यहाँका जनताले सम्झन चाहेका छैनन् । अहिले मधेस शान्त छ । तर, आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि प्रहरी प्रशासनबाट त्यस्तो कुनै धरपकड भएको छैन । तर पनि त्यसबेला आन्दोलनमा होमिएकाले अझै सुनाउँछन्, ‘प्रहरी देख्दा जिउ सिरिङ्ङ हुन्छ ।’
नेताचोकका व्यापारी रितेश साह भन्छन्, ‘त्यतिबेला प्रहरी र आन्दोलनकारीबीच सामान्य झडप हुँदा पनि प्रहरीले आन्दोलनकारीको घर–घर गएर कुटपिट गरेको दृश्य अझै ताजै छ ।’ २०७२ मंसिर ६ गते नेताचोकमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा प्रहरीले चलाएको गोलीका कारण आफ्नै घरको दुई तलामाथि रहेका दिलीप साहको मृत्यु भएको थियो ।
police station madheshसहिद दिलीप साहका श्रीमती पुनम साहले भनिन्, ‘त्यो कहालीलाग्दो दिन सम्झन मन छैन, हामी सबै परिवार घरमै थियौं । बाहिर हल्ला हुँदा मेरो श्रीमान्ले माथिबाटै हेर्न लाग्दा प्रहरीले तलबाट गोली हानेका थिए । श्रीमान्लाई गोली नै लाग्यो, सोही गोलीको छर्राले मेरी छोरी पनि घाइते भएकी थिइन् । योभन्दा कहालीलाग्दो अवस्था अरु के हुन सक्छ ?’
प्रहरीले चलाएको गोलीले घरमा लागेको लागेको अझै नमेटिएको बताउँदै उनले अहिले पनि प्रहरीलाई देख्दा मनमा त्रास हुने बताइन् । तर, प्रहरीबाट कुनै दुव्र्यवहार वा ज्यादती भएको छैन ।
सप्तरीको राजविराज आन्दोलनमा सक्रिय रहेका बलराम यादवले भने, ‘त्यतिबेलाको प्रहरीको रौद्र रुप हेर्दा अहिले पनि डर लाग्छ । तर, अब त्यस्तो छैन । सबै कुरा सामान्य भइसकेको छ । बिस्तारै–बिस्तारै प्रहरी र जनताबीच सुमधुर सम्बन्ध बन्दै गइरहेको छ ।’
आन्दोलनक्रममा सप्तरीमा राम्रो भूमिका खेलेका एसपी भीम ढकाललाई सरकारले सम्मान गरेको थियो । भदौ १ बाट आन्दोलन सुरू हुँदा शिशिर कर्माचार्य एसपी थिए । एक नेताले भने, ‘नरम स्वभाव र जनतामाथि ज्यादती नगर्ने खालका भएका कारणले आन्दोलन सुरू भएको एक महिनामै उनलाई सरूवा गरेको थियो ।’
सप्तरीका तत्कालीन सिडियोले पनि शिशिरलाई आन्दोलनलाई नियन्त्रण गर्न भनेका थिए तर उनले नमानेका कारण उनी सरूवामा परेको सप्तरीमा हिजोआज पनि चर्चा चल्ने गर्छ ।
तत्कालीन गृहमन्त्री वामदेव गौतमले एसपी शिशिरलाई काठमाडांै झिकाएर असोजदेखि भीम ढकाललाई पठाएका थिए । हालसम्म सप्तरीमै रहेका एसपी ढकाल भन्छन्, ‘सुरक्षाको दृष्टिकोणले राजनीतिक दलबाट अब कुनै चुनौती छैन । यद्यपि कुन बेला के हुन्छ त्यसका लागि हामी हाईएलर्ट छौं ।’ सप्तरीका राजनीतिक दलसँग नियमित संवाद र समन्वय भइरहेको बताउँदै एसपी ढकालले सुरक्षाका लागि राजनीतिक दलबाट पनि सहयोग भइरहेको बताए ।
‘सुरक्षाको दृष्टिकोणले त्यस्तो कुनै चुनौती छैन, गाउँघरका घरायसी झगडा, बाँध र साँधका कुरा अलि बढी नै आउन थालेको छ,’ उनले भने, ‘खुला सुरक्षा सीमा भएकाले कुनै पनि सुरक्षा थ्रेट आउन सक्ने भएकाले त्यसमा सचेत छौं ।’
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारको पालामा अहिलेको भन्दा सुरक्षा चुनौती बढी नै थियो । सुरक्षाकर्मीले यहाँका आन्दोलनकारीलाई मोदीका छोरा भनेर गाली गर्थे भने आन्दोलनकारीले पनि ओलीका छोरा भनेर गाली गर्थे । यसबारे रातोपाटी टिमले यसअघि सप्तरी पुगेर रिपोर्ट बनाएका थियो ।
ओली नेतृत्वमा सरकार हुँदा आफूहरु अलि बढी नै एलर्ट रहेको तर अहिले त्यस्तो केही नरहेको प्रहरी अधिकारीहरु बताउँछन् । तर, यस विषयमा एसपी ढकालले केही भन्न नमिल्ने प्रतिक्रिया दिए ।
संघीय समाजवादी फोरम नेपाल केन्द्रीय सदस्य एवम् राजनीतिक समिति सदस्य शैलेन्द्र साह भन्छन्, ‘आन्दोलनको बेला प्रहरी र स्थानीयबीच राम्रो सम्बन्ध थिएन । स्थानीयलाई प्रहरीप्रति यस्तो ‘इरिटेड’ थियो कि आन्दोलनकारी र प्रहरी आमनेसामने हुनेबित्तिकै झडप हुन्थ्यो । तर, अब त्यस्तो अवस्था छैन । सबै सामान्य भइसकेको छ । ओली सरकारको पालामा केही बाँकी रहे पनि अहिले आएर सबै समाप्त भएको छ । प्रहरी र जनता मित्र–मित्र भएका छन् ।’
सप्तरीका स्थानीयसँग सम्बन्ध सुधार्न जिल्ला प्रहरी कार्यालयले विभिन्न जनमुखी कार्यक्रम सुरू गरेका छन् । आन्दोलनताका प्रहरी र जनताबीच जुन तिक्तता थियो, त्यसलाई मेटाउन यसबीचमा विभिन्न कार्यक्रम भएको बताइएको छ ।
सप्तरीका डीएसपी दानबहादुर कार्कीले भने, ‘स्थानीयसँग राम्रो सम्बन्ध राख्न हामीले तीनमहिने नागरिक प्रहरीमैत्री अभियान चलायौं । पक्कै पनि आन्दोलनको समयमा अलि–अलि प्रहरी र स्थानीयबीच तीता–मीठा भएकै हो । तीता–मीठा कुरा हटाउन विभिन्न कार्यक्रम गरिरहेका छौं ।’
प्रहरीले सप्तरीको वडा–वडा, टोल–टोल, मन्दिर र मस्जिदमा गएर अन्तत्र्रिmया, सरसफाइलगायत विभिन्न चेतनामूलक काम चलिरहेकाले आन्दोलनताकाको मनमुटाव कम भएको छ । डीएसपी कार्कीले भने, ‘हामीले गर्ने कार्यक्रममा स्थानीयको व्यापक सहभागिता छ, प्रहरीले समय–समयमा निकाल्ने र्यालीमा पनि स्थानीयको उलेख्य सहभागिता छ ।’

GROUND ZERO : ओलीको राजीनामापछिको मधेश–१ : त्रासमुक्त जनजीवन 

GROUND ZERO : ओलीको राजीनामापछिको मधेश -२ : हट्यो ‘हाई अलर्ट’, आन्दोलनको ‘ह्याङ्गओभर’ बाँकी

Ground Zero : ओलीको राजीनामापछिको मधेस–३ : उत्साही छ, विश्वस्त छैन

मधेश आन्दोलनको उद्गमस्थल भारदहमा पनि देखियो राजेन्द्र र उपेन्द्रको द्वन्द्व 

मधेसको रियालिटी : यस्तो देखियो मधेस आन्दोलनको केन्द्र भारदहको ‘मुड’

गत वर्ष मधेस आन्दोलन हिंसा, तनाव  र नाकाबन्दी  भइरहँदा रातोपाटी टिम मधेस झरेको थियो । गत मंसिरमा त्यहाँबाट गरिएका रिर्पोटिङ सामाग्री यस्ता छन् जसले आजको मधेसको मुड बुझ्न सहयोग पुर्याउन सक्छ ।

रातोपाटी टिमले गरेको  स्थलगत रिपोर्टिङ 

प्रहरी र आन्दोलनकारीकै अगाडि वीरगन्ज नाकामा यसरी लाग्छ पेट्रोलको हाटबजार Ground Zero बाट DNN को स्टोरी

[email protected] Zero : ठप्प छ देशको एक मात्र सुख्खा बन्दरगाह (फोटोफिचर)

नाकाबन्दीको असर : मासिँदै छन् जंगल (फोटोफिचर)

के सोच्दैछन् मधेसमा बस्ने पहाडिया ? Ground Zero बाट DNN को विशेष रिपोर्ट

फरक दृश्य : मधेस आन्दोलनको समर्थनमा विद्यार्थीले बनाए वीरगंजमा मानव साङ्ग्लो (फोटोफिचर)

[email protected] Zero : मधेशमा थप हिंसाको खतरा : यसरी युवा दस्ता तयार गर्दैछन् मधेशी दल ?

 [email protected] Zero : प्रधानमन्त्रीलाई मधेसी जनताको प्रश्न : हामी कसरी भारतीय गुण्डा भयौं ? 

[email protected] Zero : मधेशमा थप हिंसाको खतरा : ‘छापामार शैली’ मा राजमार्ग कब्जा गर्ने मोर्चाको तयारी

सर्लाहीको जंगलमा हेर्दाहेर्दै मोर्चाका कार्यकर्ताले यसरी जलाए गाडी (फोटो/भिडियो)

[email protected] Zero : मधेशका श्रमिक भन्छन् : बाँच्नै गाह्रो भो 

[email protected] Zero : मध्यरात ब्युँझने मधेसको राजमार्ग : कसैलाई गोलीको डर, कसैलाई गुलेलीको ! 

[email protected] Zero : स्कुलमा आन्दोलनको छायाः अलमलिए विद्यार्थी, थन्कियो कापी कलम

[email protected] Zero :गाडी नभएपछि मधेशमा भैंसी यात्रा (फोटोफिचर) 

[email protected] Zero : तस्बिरमा हेरौं तराईको त्रास (फोटोफिचर) 

 [email protected] Zero : मधेसमा ‘मोदीका छोरा’ र ‘ओलीका छोरा’ 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल