प्रदीप नेपालको फरक पाटो : मास्टरले कविता लेख्, ठूलो मान्छे हुन्छस् भन्थे

प्रदीप नेपालको फरक पाटो : मास्टरले कविता लेख्, ठूलो मान्छे हुन्छस् भन्थे

भोजपुरको सदरमुकाममा ६३ वर्षअघि जन्मिएका प्रदीप नेपाल ०२३ सालताका क्याम्पस पढ्न काठमाडौं आए । त्रिचन्द्र क्याम्पसमा भर्ना भएर लहडै लहडमा विद्यार्थी राजनीतिमा जोडिए ।

प्रहरीले पक्राउ गरेर धम्की दिएछ, ‘र**को छोरो, माओ त्सेतुङ बन्छस् ?’ नेपालले धेरै दिनसम्म सोचेछन्, ‘माओ त्सेतुङ भनेको के हो’ भनेर ।

दाइहरुको प्रशिक्षणपछि भोटाहिटीमा पुगेर पुस्तक किने । त्यसपछि जाग्यो अध्ययनको भोक । त्यसअघि नै कविता, कथा लेखिरहन्थे ।
६ सन्तानमध्ये साइँला छोरा प्रदीप कवि तथा लेखक मन्जुलका भाइ हुन् । कम्युनिष्ट पार्टीको भूमिगत सक्रिय राजनीति गरेका नेपाल ४ पटकसम्म मन्त्रीबने पनि साहित्यिक यात्रा टुटेन । ०३३ सालमा नख्खु जेल विद्रोहका एक नाइके प्रदीप नेपाल साहित्यमा पनि मुक्तिकामी थिए ।
Comrade-Pradeep-Nepal-825x415-1००
‘प्रदीप नेपाल कुनै बेला राजनीतिसँगै साहित्य र नियमित लेखनमा पनि सक्रिय थिए । राजनीति र लेखन दुवै लगाम हातमा समातेपछि नेपाललाई यस्तो अहम् जाग्यो, पत्रिकासँग अन्तर्वार्ताको पनि पारिश्रमिक माग्नथाले । अन्ततः राजनीतिझैँ लेखन ओरालो लाग्यो । मिडियाले बेवास्ता गरे । अनि पुरानो डायरी पल्टाउँदै पत्रकारलाई आफैँ फोन गरी डाकेर आर्टिकल छपाउन आग्रह गर्न थाले ।’
प्रदीप नेपाल माथि बजारमा सुन्दै आएको यो ‘किस्सा’ स्रोत नखुलाइकन मैले सुनाइदिएँ ।
‘जनआस्थाबाट आर्टिकलको ५ सय पारिश्रमिक लिन्थेँ । पछि ५ सयमा किनेको हो पनि भन्यो होला । किनेको हो भने हो । अरु कुरा झुट्टा हुन् ।’

११ कथा सङ्ग्रह, १२ नियात्रा र २२ उपन्यास (लघु उपन्याससहित) गरी ४५ कृति प्रदीपका साहित्यिक सम्पत्ति हुन् । यसबाहेक फुटकर निबन्ध र कविता पनि छन् उनका ।

००

भोजपुरको सदरमुकामस्थित एक स्कुलमा ५ कक्षा पढ्दा प्रदीप नेपालले एउटा कविता ‘सुन्दर हिमाल’ लेखेर शिक्षक परशु प्रधानलाई बुझाए । प्रधान खुसी भई ८ पन्ने कापी र पेन्सिल दिँदै भनेका थिए, ‘कविता लेख्, ठूलो मान्छे हुन्छस् ।’

कविता लेखेपछि हेडसर जस्तै ठूलो भइँदोरहेछ भन्ने सोचेर दङ्ग भए । त्यही बेलादेखि साहित्यमा चासो बढ्यो उनको । गृहकार्य सकेपछि आमालाई ‘कविता लेख्छु है’ भनी सोध्थे रे । कवितासँग खेल्दा–खेल्दै सुरु भएको उनको साहित्यिकयात्रा कथा, निबन्ध, नियात्रा हुँदै उपन्यास लेखनसम्म आइपुग्यो ।

११ कथा सङ्ग्रह, १२ नियात्रा र २२ उपन्यास (लघु उपन्याससहित) गरी ४५ कृति प्रदीपका साहित्यिक सम्पत्ति हुन् । यसबाहेक फुटकर निबन्ध र कविता पनि छन् उनका ।

प्छिल्लो समय नयाँ उपन्यासको तयारीमा छन् । दशैँको सेरोफेरोमा उनले ००७ सालको ऐतिहासिक विषयमाथिको उपन्यास सार्वजनिक गर्नेछन् ।

सङ्ख्याको हिसाबमा हेर्ने भने व्यावसायिक भनिएका नेपाली लेखकले उनको झैँ लेख्न सकेका छैनन् । टिप्पणी पनि हुन्छ, ८/१० वर्षसम्म नयाँ पुस्तक लेख्न नसक्ने अवस्थामा गुज्रेका छन् व्यावसायिक लेखक । प्रदीप भने सक्रिय राजनीतिकै बीच साहित्ययात्रा सँगै तन्काउँदै ल्याए ।

त्यसो त प्रदीपले मन्त्री छँदा नै भनिसकेका थिए, ‘राजनीति र साहित्यमध्ये एक रोज्नु पर्यो भने म साहित्य छान्ने छु ।’

सुरुदेखि नै उनले ठाने, राजनीति एउटा दुर्घटना थियो । खास आफ्नै पकडमा बसेको जीवनको लय त साहित्य नै हो । तर राजनीति चाहिँ साहित्यको स्रोत बन्यो । सृजनाका लागि अनेक कच्चा पदार्थ समाजबाटै टिपे उनले । जब कि समाज परिवर्तन गर्न राजनीतिमा होमिएका थिए प्रदीप।

एमालेको राजनीतिमा सक्रिय बनेका प्रदीप पूर्वतिर धेरै चहारे । खासगरी भूमिगत कालमा र त्यही बेला सृजना पनि निरन्तर गरिरहे । भूमिगत जीवनमै लेखेका उनका कथा, उपन्यास र निबन्धले राम्रो चर्चा पाएका छन् ।

‘एक्काइशौँ शताब्दीकी सुम्निमा’, ‘पूर्वतिर’, ‘देउमाईको किनार’, ‘बर्बरिक’ ‘आकाश गङ्गाको तिरैतिर’ लगायत उनका कृतिको राम्रै चर्चा भयो ।

‘तपाईँ त लेखिर हनुहुन्छ । हातमा सीप छ । हाम्रो के पो छ र ।’ भन्छन्, ‘यसरी ईश्र्या गर्ने चलन छ हाम्रै पार्टीका नेतामा ।’

बरु कार्यकर्ताहरुबाट सन्तुष्ट नै छन् उनी । कतिपय कार्यकर्ता त उनका नियमित पाठक रहेको पनि थाहा छ उनलाई ।

नेपाल आफ्नो राजनीतिक जीवनबाट अलग्गै मान्छन् साहित्य कर्मलाई । राजनीतिक विचारलाई साहित्यमा मिसाएको र पूर्वाग्रही बनेको आरोप लागिरहँदा नेपाल भने अस्वीकार गर्छन् । दाबी गर्छन्, ‘पार्टीगत विचार साहित्यमा ल्याएकै छैन ।’
राजनीतिको उपस्थिति साहित्यमा नपरेको दाबी गरिरहँदा उनका पाठकले भने पछिल्लो समय पूर्वाग्राही बनेको देखे । व्यापक आलोचना र टिप्पणी हुन थाल्यो ।

फेसबुक, ट्विटर लगायत सामाजिक सञ्जालमा उनको यति चर्को आलोचना भयो, त्यसलाई थेग्नै नसकी फेसबुक चलाउनै छोडे ।

‘सायद छिट्टो प्रतिक्रिया दिने मेरो कमजोरी पनि हो कि । फेसबुकमा धेरै टिप्पणी भएपछि अचेल चलाउँदिन ।’

त्यसो त, उनलाई पछिल्लो समय प्रतिगामी कित्ताका लेखक नै भनिन थालेको छ । पछिल्लो समय एक कार्यक्रममा प्रदीप नेपालमा ओवादी केन्द्रका नेता प्रचण्डसँगै थिए । ‘आकाश गङ्गाको तिरैतिर’का लेखक र जनयुद्धका नेताप्रचण्ड सँगै एकै ठाउँमा कसरी अटाउन सम्भव भयो भनी लेखक आहुतीले टिप्पणी गरेका थिए ।

त्यसो त, माओवादी जनयुद्धपछि प्रकाशित कृति ‘आकाश गङ्गाको तिरैतिर’ जनयुद्धमाथि पूर्वाग्रही देखिएको व्यापक आलोचना भयो ।

स्वयं एमालेकै नेताहरुले प्रदीप नेपालको आलोचना गरेछन् । माधव नेपालले भनेछन्, ‘के लेख्नुभयो यस्तो प्रचण्ड रिसाएर उधुम छ ।’ झलनाथ खनाललगायत अन्य थुप्रै नेता पनि प्रदीपको त्यस कृतिप्रति खुसी थिएनन् ।

प्रदीप स्वयं भने आफ्नै पार्टीका नेताहरुले आफ्ना सृजना अध्ययन नगर्ने बताउँछन् । अध्ययन गर्ने त परैको कुरा अधिकांश नेता ईश्र्यालु भएको बताउँछन् उनी ।
‘तपाईँ त लेखिर हनुहुन्छ । हातमा सीप छ । हाम्रो के पो छ र ।’ भन्छन्, ‘यसरी ईश्र्या गर्ने चलन छ हाम्रै पार्टीका नेतामा ।’

बरु कार्यकर्ताहरुबाट सन्तुष्ट नै छन् उनी । कतिपय कार्यकर्ता त उनका नियमित पाठक रहेको पनि थाहा छ उनलाई ।

पूर्वतिर जाँदा केही पात्र र पाठक अझै भेट्छन् । केहीले प्रशंसा गर्छन् । केहीले टिप्पणी पनि गर्छन् । तर नेपाललाई खिन्न लाग्दोरहेछ जब आफ्नै पार्टीका नेताले आफ्नै कृतिपढेर प्रतिक्रिया दिँदैनन् । र उल्टै ईश्र्या गर्छन् ।
००

त्यसो त प्रदीपको राजनीति जसरी अघि बढ्यो साहित्य पनि लगभग त्यस्तै रह्यो । सुरुका दिनमा उनी भूमिगत क्रान्तिकारी नेता थिए । उनको लेखन पनि क्रान्तिकारी नै थियो । राजनीतिको मूलधारमा पकड जमाउँदा लेखनमा पनि उनको पकड नै थियो ।

पछिल्लो दशकयता राजनीतिमा लगभग निस्क्रिय भए । साहित्यमा पनि त्यस्तै । साहित्यिक कृति आउने क्रमजारी त छ । तर पछिल्लो सामाजिक परिवर्तनका मुद्दालाई साहित्यिक दृष्टि पूर्वाग्रही बन्दैगएको छ उनको । माओवादीयुद्ध, मधेस आन्दोलनलगायतका सामाजिक मुद्दालाई उनले सन्तुलित रुपमा उर्तान सकेका त छैनन् नै । चाहना पनि छैन रे ।

परिवर्तित समाजलाई आत्मसात गर्न सकेका छैनन् । यहीँ उनको समाजचेतलाई राजनीतिक दृष्टिले ‘सङ्घियता विरोधी’ कित्तामा पुर्याइदिएको छ ।

सङ्घीयता, पहिचान, सीमान्तकृत समुदायलगायतका मुद्दामा उनी उदासिन छन् । माओवादीको जनयुद्धप्रति हेर्ने उनको पूर्वाग्रही चस्मा कायम छ । जनयुद्धको सौन्दर्य साहित्यमा समेट्न नसकेको भन्दै केही वर्षअघि उनकै कार्यकर्ताले समेत आलोचना गरेका थिए ।

बामपन्थी र प्रगतिशील पाठकले त उनलाई ‘साहित्यकार प्रदीप नेपाल सकियो । अब एमाले नेताप्रदीप नेपाल मात्रै बाँकी रह्यो’ भनी टिप्पणी गर्छन् ।

यसको ठीक उल्टो उनी आफ्नो राजनीतिक करिअर लगभग सकिएर साहित्यिक जीवनमै रमाएको भन्छन् । उमेर र अनुभवका आधारमा उनी पुरानो पुस्ताकै लेखकहुन् ।

बजारमा चल्तीका साहित्यिक कृतिबारे उनी अपडेट छन् । तर त्यतिकै जुझारु भने छैनन् । हरेकले आफूले भोगेको अनुभव र खोजी नै लेखनको स्रोत ठान्छन् नेपाल । जो पछिल्लो पुस्ताका लेखकलाई केही अवसर मिलेको पनि उनको बुझाइ छ ।

००

रुखो राजनीति र मुलायम साहित्यका दुई आदर्शमा बाँच्दै आएका प्रदीप नेपाल पछिल्लो समय ‘रुखो’ राजनीतिछोडी ‘मुलायम’ साहित्यमै रमाउन खोज्दैछन् ।

तर उनले भने भन्दा उल्टो, मुलायम राजनीतिर रुखो साहित्यको यात्रामा छन् उनी ।

समयचेतको हिसाबले पनि उनी नयाँ आयाममाथि अभ्यस्त हुनसकेका छैनन् । लगभग ‘यथास्थितिवादी’ लेखनले उनलाई हुत्याएर रुखो साहित्यको कित्तामा धकेलिदिएको छ भने स्वेच्छाले सक्रिय राजनीति छोडेकै कारण अब उनको मुलायम राजनीति मात्रै बाँकी छ ।

एमालेको पछिल्लो पार्टी अधिवेशनमा उपाध्य क्षबन्ने अवसर छोडी निस्क्रिय राजनीति अर्थात् ‘मुलायम’ राजनीति गर्ने निधो नेपाल आफैँले गरेका थिए ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल