नवराज सुवेदीको मेरो जीवन : एकतर्फी प्रेम कसैले गरे कि…

नवराज सुवेदीको मेरो जीवन : एकतर्फी प्रेम कसैले गरे कि…

जनआन्दोलनताका निकै प्रभावशाली युवा नेता नवराज सुवेदी बौद्धिक, प्रखर र स्पष्ट वक्ता हुन् । २०३४ सालमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका सुवेदी २०३८ मा तत्कालीन चौमको पार्टी सदस्य बने ।
पातलो मसालको केन्द्रीय सदस्य हुँदै तत्कालीन राष्ट्रिय जनमोर्चाको महासचिव थिए उनी ।
प्युठानबाट दुई कार्यकाल सांसद पदमा प्रत्यक्ष निर्वाचित हुँदै एमाओवादीको पोलिटब्युरो सदस्य बनेका सुवेदी अहिले नयाँ शक्तिको केन्द्रीय कार्यकारी सदस्य तथा प्रवास प्रादेशिक परिषद्को संयोजक छन् ।
दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर उनी परराष्ट्र सम्बन्ध, मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनमा जानकार मानिन्छन् । उनै सुवेदीले रातोपाटीको नियमित स्तम्भ मेरो जीवनमा आफ्नो जीवनका विविध पाटोबारे सुनाए :

 

मेरो खाना
मलाई सबैभन्दा मनपर्ने खाना दाल–भात र रायोको साग ।
सबैभन्दा मन नपर्ने खाना केही छैन ।
खानकै लागि कहिलेकाहीँ रेस्टुरेन्ट जान्छु । प्राउन र गाजर मनपर्ने स्न्याक्स हो । पकाउन पनि मन लाग्छ मलाई । तर भात होइन, तरकारी मात्रै ।

मेरो पोसाक
घरबाहिर निस्कँदा पाइन्ट–कमिज र कोट लगाउँछु । घरमा बस्दा प्रायः हाप पाइन्ट र टिसर्ट लगाउँछु । लुगामा वार्षिक खर्च मोटामोटी १० हजार हुन्छ ।
कपडामा गाढा निलो र कलेजी रङ मेरो फेभरेट हो ।
धेरैजसो कपडा सिलाएरै लगाउने बानी छ । आफूलाई पायक पर्ने टेलरकहाँ पुगेर नापो दिन्छु ।
ब्रान्डेड कपडा लगाउनुपर्छ भन्नेमा सचेत त छु । तर सबै ब्रान्डेड चाहिँ छैनन् । टोपी पनि लगाउने बानी छ मेरो तर मर्निङ वाक जाँदा मात्रै ।

nawaraj subedi (2)मेरो फिटनेस
हरेक बिहान ४५ मिनेट मर्निङ वाक गर्छु ।
डाइटिङ गर्दिनँ । तर खानामा सचेत छु । चिल्लो र गुलियो कम खान्छु । योगा पनि गर्छु कहिलेकाहीँ । खानाको सन्तुलन र व्यायामले पनि फिटनेस दिएको छ ।

मेरो अध्ययन
सामाजिक र राजनीतिक परिवेशलाई जोडेर लेखिएका पुस्तक मन पर्छ मलाई । रसियन लेखक टोल्सटोय र भारतीय राहुल सांष्कृत्यायानको लेखनबाट प्रभावित छु । नेपालीमा पारिजातका कृति धेरै मनपर्छ ।
पछिल्लो समय अरुन्धती रोयको गड अफ द स्माल थिङ्गस पढ्दै छु ।
मेरो आफ्नै पनि लेख्ने बानी छ । पत्रपत्रिकाका लागि लेख लेख्छु ।
घरमा तीन ठूला दराजभरी पुस्तक छन् । वार्षिक रुपमा करिब १५ हजार पुस्तकमै खर्च गर्छु ।

मेरो विचारमा राजनीतिमा लागेका सबैले हप्तामा एक दिन छुट्टी लिनुपर्छ । वर्षमा १५ दिन घुम्नका लागि छुट्याउनुपर्छ । यसो गर्दा रिफ्रेस गराउँछ र नियमित काममा पनि ऊर्जा थपिन्छ ।

मेरो घुमफिर
घुमफिरमा रुचि छ । ७२ जिल्ला पुगेको छु ।
१० वटा देश पुगेँ ।
तीमध्ये सबैभन्दा मनपरेको ठाउँ बेलायतको लन्डन र भारतको सिम्ला ।
चीनको बेइजिङ र स्विजरल्यान्ड असाध्यै घुम्ने चाहना हुँदाहुँदै पनि जान पाएको छैन ।

मेरो फुर्सद
फुर्सद निकै कम हुन्छ । मेरो विचारमा राजनीतिमा लागेका सबैले हप्तामा एक दिन छुट्टी लिनुपर्छ । वर्षमा १५ दिन घुम्नका लागि छुट्याउनुपर्छ । यसो गर्दा रिफ्रेस गराउँछ र नियमित काममा पनि ऊर्जा थपिन्छ ।

पार्टीका राष्ट्रिय स्तरका कार्यक्रम नभएको बेला आराम पनि गर्छु ।
फुर्सदको क्षण सामाजिक सञ्जाल र पत्रपत्रिका पढेर बिताउँछु ।
तर घरपरिवारलाई सोचे जति समय दिन सकेको छैन ।
श्रीमती र सन्तानका साथ घुम्न, रेस्टुरेन्टमा खान र चलचित्र हेर्न पनि गएको छु तर अति थोरै ।

मेरो खेलकुद
मलाई सबैभन्दा मनपर्ने खेल भलिबल, क्रिकेट र हाइजम्प हो । सबैभन्दा मन नपर्ने बेसबल । कलेज पढ्ने बेलासम्म भलिबल खेल्थेँ ।

मनपर्ने फुटबल टिम आफ्नै देशको राष्ट्रिय फुटबल टिम हो । विदेशीमा अर्जेटिना र ब्राजिल । क्रिकेटमा नेपालबाहेक श्रीलङ्का र भारत ।

मेरो मोबाइल
२५ हजार रुपियाँ पर्ने सामसुङको मोबाइल फोन बोकेको छु मैले ।
मोबाइल फेरीफेरी बोक्ने बानी छैन । साथमा भएको बिग्रियो भने मात्रै फेर्ने गर्छु ।
मोबाइलका धेरैजसो एप्लिकेसनस चलाउन जानेको छु । तर अति आवश्यक पर्नेहरु मात्रै नियमित चलाउँछु । जस्तै इमेल चलाउँछु ।
यस्तै फेसबुक, ट्विटरलगायत नेपालमा चल्तीमा भएका सबै सामाजिक सञ्जाल चलाउँछु । सञ्जालमा राजनीतिक महत्व राख्ने घटनाका बारेमा स्टाटसमार्फत आफ्नो धारणा सार्वजनिक गर्छु । यसबोहक विभिन्न न्युज एप्सहरुमा नियमित समाचार पढ्छु । मोबाइलमा गेम गेम खेल्ने बानी चाहिँ छैन ।

मेरो टेलिभिजन
सामसुङ कम्पनीको टिभी छ घरमा । यसमा प्रायः समाचार, टक सो र केही सिरियल हेर्छु ।
सिरियलमा बालिका बधु र मेरी बास्सै मनपर्छ ।
मेरो टिभी हेर्ने समय बेलुका ७ बजेदेखि रातिसम्म हो ।
र मन पर्ने टिभी कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी ) हुन् ।


मेरो चलचित्र

मैले पछिल्लो पटक हेरेको चलचित्र थ्री इडियट ।
धेरै भयो हलमा गएर फिल्म हेरेको छैन । धेरैजसो फिल्म टिभीमा आउने र भीसीडीमा हेर्छु ।
बदलिँदो आकाश, सुख्खा र राजाकी आएगी बारात मलाई सबैभन्दा मन परेका तीन फिल्म हुन् ।

सबैभन्दा मनपर्ने कलाकार भुवन केसी, राजेश हमाल, करिश्मा मानन्धर र निरुता सिंह हुन् भने विदेशीमा आमिताभ बच्चन, नसिरउद्दिन शाह र माधुरी दीक्षित हुन् ।

राजनीतिकै क्रममा पेरिसडाँडामा प्रचण्डले गरेको चुनावमा म प्रत्यासी पनि नभएको र सहभागी नभएको अवस्थामा हारेको भनी घोषणा गरियो । यो घटना चाहिँ आफूले नगरेको दोष भोग्नुपरे जस्तो लाग्यो ।

मेरो रोग
स्वास्थ्यको हिसाबले सामान्य छु । पिनासले कहिलेकाहीँ दुःख दिन्छ ।
समय समयमा होल बडी चेक पनि गर्छु । रक्तचाप र अन्य अवस्था सामान्य र सन्तुलित छ ।
नियमित हिँडाइ, व्यायम र सन्तुलित खानपानले गर्दा पनि म स्वस्थ छु भन्ने लाग्छ ।

मेरो भाषण शैली
मेरो भाषण शैली सरल छ । सामान्य जनताले पनि बुझ्छन् । भाषण गर्दा कुनै थेगो प्रयोग गर्दिनँ ।
राजनीतिक र सामाजिक घटना प्रकृति र सन्दर्भ अनुसार भाषण कहिले आक्रामक या बौद्धिक पनि हुन्छ । भाषणकै कारण कहिलेकाहीँ विवादमा परेको पनि छु म । पूर्वनिर्धारित कार्यक्रम छ भने भाषण गर्नुअघि तयारी पनि गर्छु ।

मेरो मापसे
कहिले काहीँ पार्टीहरु व निकटका साथीभाइसँग पिउँछु । पिउनुपर्यो भने प्रायः स्कर्चका उत्पादन छान्छु म । घरमा चाहिँ पिउने बानी छैन ।

एकपटकमा दुई पेगसम्म पिउँछु । मात्नेगरी अहिलेसम्म पिएको छैन ।


nawaraj subedi (1)मेरो सङ्गीत

गीत सङ्गीत सुन्छु ।
जेबी टुहुरे, जीवन शर्मा, नातिकाजी, अञ्जु पन्त र प्रेमध्वज प्रधान मलाई मन पर्ने गायक हुन् । यसबाहेक भारतीय अनुराधा पौडवाल पनि मन पर्छ ।
अहिलेसम्मै मन छोएको नारायण गोपालको झरेको पात झैँ …र जीवन शर्माको मसिनो मिठो चाँहिदैन, पिठो भए पनि दिऊँ… हुन् । यी गीत कहिलेकाहीँ गुनगुनाउँछु पनि ।
यद्यपि, गायनमा पारखी होइन म । बाथरुममा नुहाउँदा वा ट्वाइलेट पस्दा गाउने बानी चाहिँ छैन ।

मेरो भूल
जिन्दगीमा गम्भीर भूल गरेको छैन ।
भूल गरेबापत सजाय पाएको पनि सम्झना छैन ।
तर स्कुल पढ्दा केही गल्ती गरेर कुटाइ त खाइयो नै ।
ढिलो क्लासमा गएबापत मुर्गा बन्नुपरेको थियो ।

तर राजनीतिकै क्रममा पेरिसडाँडामा प्रचण्डले गरेको चुनावमा म प्रत्यासी पनि नभएको र सहभागी नभएको अवस्थामा हारेको भनी घोषणा गरियो । यो घटना चाहिँ आफूले नगरेको दोष भोग्नुपरे जस्तो लाग्यो । अहिलेसम्म आत्मालोचना गर्नुपर्ने कुनै घटना घटाएको छैन ।

मेरो घर
२०६१ सालमा घर बनाएँ । पुख्र्यौली सम्पत्तिबाटै बनाइयो ।
सामान्य नेपाली डिजाइनको छ घर ।
वास्तुशास्त्र वा जमिनको जाँचेर बनाइएन । अन्दाजमै बनाइएको हो । त्यसबेला १० लाख खर्च भयो ।

राशि
मेरो वृश्चिक राशि हो । ग्रहदशा कस्तो छ भनेर हेराएको त छैन । तर नराम्रो भएको छैन अहिलेसम्म ।
ग्रहशान्ति गराउने बानी पनि छैन ।
मणी माणिक्य वा औंठी पनि लगाएको छैन अहिले । विवाहपछि दुई वर्षसम्म चाहिँ सिक्री लगाएँ । औँठी लगाउन झ्याउ लाग्छ । ग्रह र नक्षत्रको फलप्रति विश्वास लाग्दैन ।

मेरो सौन्दर्य चेत
कपालमा तेल र मेहन्दी लगाउँछु । फेसियल गर्ने बानी छैन ।
अनुहारमा फेयर एन्ड हेन्डसम्म क्रिम लगाउँछु ।
शरीरमा कुनै किसिमको पफर््युम लगाउँदिन एलर्जी हुन्छ । साउना बाथ, स्टिम, बडी मसाज आदि अहिलेसम्म गरेको छैन ।

मेरो प्रेम
मेरो प्रेम नै भएन ।
एकतर्फी अरु कसैले गरे कि थाहा छैन । दुईतर्फी प्रेम त कहिल्यै भएन । प्रेमको झन्झटमा परिएन ।

मेरो विवाह
परम्परागत शैलीमा २०४४ सालमा मागी बिहे भयो । तर प्रगतिशील किसिमको पनि थियो हाम्रो विवाह । रक्तिम परिवारको गीत बजाएर बिहे गरिएको थियो ।

मेरो सपना
नेपाललाई समुन्नत, सम्पन्न र वैभवशाली देश बनाउने सपना छ ।
व्यक्तिगत रुपमा मैले आफूलाई देशको सर्वोच्च कार्यकारी पदमा पुर्याउने अभिलाषा राखेको छु ।
म जन्मिएको जिल्लालाई कुल्ली दरभान उत्पादन गर्ने जिल्लाबाट मुक्त गरी उन्नत कृषि उपज औद्योगिक निर्यात गर्ने जिल्ला बनाउनेछु ।
मेरो गाउँलाई पूर्ण रुपमा साक्षर, स्वस्थ्य र निरोगी गाउँ बनाउने चाहना छ ।
यसबाहेक देशविदेश घुम्ने सपना पनि छ नै । तर विकास र प्रविधिको अत्याधुनिक मोडेल हर्नका लागि जानुपर्छ ।

 

यी जीवन कथा पनि पढ्नुहोस्

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुलजति मापसे गरियो होला’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल