GROUND ZERO : ओलीको राजीनामापछिको मधेश–१ : त्रासमुक्त जनजीवन

भदौ ३  |   एसके यादव

GROUND ZERO : ओलीको राजीनामापछिको मधेश–१ : त्रासमुक्त जनजीवन

madhes (1)
सिरहा – ‘एक महिनाअघिसम्म कतिखेर ठेलाको माल लुटिन्छ, वा आफै लिएर सुरक्षित ठाउँमा भाग्नु पर्छ भन्ने चिन्ता लागिरहन्थ्यो । तर, अहिले ढुक्क छु ।’ लहानस्थित रमेश महतो चोकमा स्याउ सुन्ताला बेचिरहेका बेचन साहले सुनाए ।

गत बर्ष भदौ एक गतेदेखि आमहड्ताल शुरु भएपछि भएको आन्दोलनको पीडा अहिले पनि मधेशका जनताको मानस पटलबाट गएको छैन । ६ महिनासम्म लगातार व्यापार, शिक्षा, कलकारखाना बन्द भएको पीडा अझै कसलै भुलेको छैन ।

फलफुल व्यवापारी साह भन्छन्, ‘आन्दोलन समाप्त भएपछि पनि सबैभित्र एउटा डर कायमै थियो कि पुनः आन्दोलन शुरु हुन्छ कि । ओली सरकार हुँदा मधेशवादी दलले पनि आन्दोलन गर्छु भन्थे । यहाँ पनि दिन दिनै केही नकेही गतिविधि भइरहन्थ्यो तर, ओली प्रधानमन्त्रीबाट गएपछि त्रास हटेको छ । अहिले ढुक्क भएर काम गर्न पाएको छु ।’

madhesh (2)काँग्रेस–माओवादी गठबन्धन बनेपछि मधेशको मनोविज्ञान फेरिएको छ । प्रचण्डको नेतृत्वमा सरकार गठन भएपछि अब आन्दोलन हुँदैन भन्नेमा मधेशका जनता आश्वस्त हुन खोजेका छन् । मधेशको आन्दोलन छाडेर ती दलहरु पनि काठमाडौंमा केन्द्रीत भएका छन् ।

ओलीसँग मधेशको दुष्मनीजस्तै बन्यो । जसको असर मधेश आन्दोलनमा पनि देखियो र ओली प्रधानमन्त्रीमा रहँदासम्म इगो बनेर आयो । मधेशमा काम गरेर खानेहरु नयाँ सरकारप्रति अलि ढुक्क छन् । अव मधेशका माग पुरा हुने र मधेशमा थप आन्दोलन नहुँने उनीहरुमा विश्वास देखिन्छ ।

‘ओलीको नेतृत्वमा सरकार रहेकै बेला मधेशवादी दलहरुले जेठ १ गतेदेखि काठमाडौ केन्द्रीत आन्दोलन शुरु गरेका थिए । मधेशका सबै कार्यक्रमहरु स्थगित थिए, तैपनि विहान बेलुका ओलीको विरुद्धमा नाराबाजी हुन्थ्यो ।’ लहानका पत्रकार दिनेश्वर गुप्ताले भने, ‘केही नकेही भइरहन्थ्यो । आन्दोलन फेरि गर्नुपर्छ, आन्दोलनको तयारी हुँदैछ, अब वारपारका आन्दोलन हुन्छ भनि मधेशवादी दलका नेताहरुको अभिव्यक्तिले मधेशी जनता चलयमान छदैथियो कुनै बेला आन्दोलन हुनसक्छ भनि सबैमा एउटा त्रास थियो तर जब ओली सरकार हटे, एकाएक सबैबाट त्रास हट्यो ।’

वस्तीपुर माध्यमिक विद्यालय वस्तीपुरका नेपाली शिक्षक दिलीप यादवले मधेशी जनतालाई ओलीको बोली र गोली दुईटैले छियाछिया पारेको बताउँछन् । ‘जब ओली सरकारबाट हटे जनताले दिपावली गरे ।’ उनले भने, ‘राष्ट्रियताका नारा दिएर मधेश र पहाडबीचको दुरी बढाउने काम ओलीले गरे । ओलीका कारण मधेशी जनता मनोवैज्ञानिक हिसाबले विक्षिप्त भइरहेका थिए । आज गाउँ गाउँमा गएर तपाईले सोध्नुस्, नयाँ गठबन्नधका विरुद्धमा कुनै अभिव्यक्ति देखिन्न ।’

जयनेपाल र लाल सलाम होटलको अभिव्यक्ति

तर, यी तीन पात्रभन्दा अलिफरक धारणा राख्छन् लाल सलाम होटलमा भेटिएका अशोक यादव । काँग्रेसहरुको जमघट हुने होटललाई ‘जयनेपाल होटल’ भनिएको छ भने एमालेहरुको जमघट हुने होटललाई ‘लाल सलाम’ होटल भनिएका छ ।

madhesh (1)लहान बजारको मुख्य चोकमै रहेका यी होटलमा विहान बेलुका राजनीतिक जमघट हुने गर्छन् । ती जमघटमा एमालेका नेता तथा कार्यकर्ता ‘लालसलाम’ मा बस्छन् भने काँग्रेसका नेता तथा कार्यकर्ता ‘जयनेपाल’ होटलमा बस्छन् ।

भदौ ३ गते लालसलाम होटलमा भेटिएका अशोक यादव जो एमाले नगर कमिटीका सहसचिव पनि छन् । उनले भने, ‘ओलीको बोलीले कुनै मधेशी जनतालाई असर गरेको छैन । मधेशका कुनै नेतालाई असर गरेका होला तर मधेशी जनतालाई कुनै असर गरेको छैन ।’

उनले आफू पनि मधेशमा बस्ने मान्छे भएको र ओलीले मधेशी जनताको मानसाम्मानमा असर पार्ने कुनै अभिव्यक्ति नदिएको बताए । ‘बरु माओवादी तथा काँग्रेसका नेताहरुले एमालेका अध्यक्ष ओलीले दिएका अभिव्यक्तिलाई अलि बढी नाकारात्मक प्रचार गरेर मधेशी जनताको मनस्थिति विगार्ने काम गरे ।’ उनले भने ।
मधेशमा एमालेको संगठन बलियो भइरहेको अवस्थामा त्यसलाई भत्काउनका लागि माओवादी र काँग्रेसले चलाएको यो नकारात्मक प्रचार हो, यसबाट मधेशी जनतामा केही असर नगर्ने नेता यादवको दावी छ ।

madhes (3)तर ‘जयनेपाल’ होटलमा भेटिएका प्रेस युनियन सिरहा शाखाका अध्यक्ष सत्यनारायण चौधरीले ओली सरकार ढलेपछि मात्र मधेश शान्त भएको दावी गरे । ओली नेतृत्वको सरकार रहि रहँदा मधेशी, जनजातिहरुमा त्रास र आक्रोश दुवै थियो तर काँग्रेसको सहयोगमा प्रचण्डले सरकारको नृतत्व गरेपछि मधेशी जनता खुशी रहेको प्रतिकृया चौधरीले दिए । तर, उनले एउटा गम्भीर कुरा भने, ‘यहाँ मधेशी र थारुलाई कुनै अनसिन शक्तिले मिल्न दिइरहेका छैन । थारु र मधेशीलाई अलग राखेर खेल्ने प्रयास भइरहेको छ ।’

मधेश आन्दोलनको शुरुवातीमा थारु र मधेशी मिलेर आन्दोलन गरे । जब मधेश आन्दोलन ‘पिक अप लिदै थियो र कतै लेनदेनको कुरा हुन थाल्यो । त्यसपछि मधेशी नेताहरुले थारुलाई छाडेर हिडेको चौधरीको आरोप छ ।

सिरहा इन्टरनेशनल एकेडेमी लहानका प्रिसिन्पल धर्मेन्द्र यादवले पनि शिक्षा क्षेत्र शान्तिपूर्वक सञ्चालनमा आएको छ । अब मधेशी जनतामा कुनै प्रकारको डर, त्रास वा आन्दोलन हुने कुरामा विश्वास नरहेको दावी गरे । तर, ओली सरकार गएपछि प्रचण्ड नेतृत्वमा सरकार बनेपछि मधेशी जनता खुशी भएको कुरा गलत रहेको उनले बताए । उनले पनि यो गलत प्रचार मात्र रहेको आरोप लगाउँदै पहिला भन्दा अहिले मधेश निकै शान्त भएको बताए ।
मधेशवादी दल जेठमा काठमाडौ केन्द्रीत आन्दोलन शुरु गरेपछि हालसम्म यता फर्केर आएको छैन, त्यही बेलादेखि नै मधेश पूर्णरुपले खुल्ला भएका थिए ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल