लुम्बिनी अञ्चलका यी हुन् ठूला पाँच सडक आयोजना

माघ १४

लुम्बिनी अञ्चलका यी हुन् ठूला पाँच सडक आयोजना

बुटवल– सडकलाई विकासको पहिलो पूर्वाधार मानिन्छ । यही कारण सरकार होस् वा स्थानीय निकाय सबैले सडकमा लगानी बढाइरहेका छन् । दाृत निकायले पनि सडकमा अनुदान वा ऋण उपलब्ध गराएका छन् । लुम्बिनी अंचलमा पनि सडकमा ठूलै रकम खर्च भएको छ, जसमा सरकार र दातृ निकाय दुवैले लगानी गरेका छन् । अंचलका ठूला सडक निर्माण सम्बन्धी काम के कसरी भएका छन् ? बुटवलबाट तेजेन्द्र केसीको रिपोर्ट :

सडक १ – बुद्धभूमिबाट ढोरपाटन जोडने सडक
रुपन्देहीको धार्मिक स्थल लुम्बिनीबाट पर्यटकीय क्षेत्र ढोरपाटन जोडने गरि सडक निर्माणको काम जारी छ । यो लुम्बिनीमा चर्चित र महत्वपूर्ण सडक परियोजना हो ।

यो सडक परियोजनमा प्रमुख सुरेश पौड्यालका अनुसार

–सालझण्डी–सन्धीखर्क–ढोरपाटन सडक आयोजना आर्थिक बर्ष ०६७ –०६८ मा शुरु भएको हो । १ सय ९५ किलो मिटर लामो यो सडकको ट्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ ।

–लुम्बिनीदेखि बाग्लुङ्गको ढोरपाटनसम्म जोड्ने सडक निर्माण भएपछि रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङ्ग जिल्लाका बासिन्दाले प्रत्यक्ष लाभ लिनेछन् ।

–नेपालको दक्षिणको धार्मिकस्थल लुम्बिनीदेखि उत्तरको पर्यटयस्थल ढोरपाटन निकुञ्ज जोडने छ सडकले । यो सडकलाई सरकारले पनि प्राथामितमा राखेको थियो ।

–सडकको विभिन्न खण्डमा काम भैरहेको छ ।

–केही स्थानमा पहिले नै जिल्ला विकास समिति,गाविस र स्थानीय उपभोत्ताले सडक बनाईसकेकाले काम सहज भएको छ ।
–सवै ठाँउमा सडकको चौडाई १० मिटर बनाउने काम सालझण्डी–सन्धिखर्क–ढोरपाटन आयोजनाले गरेको छ ।

–अहिले अर्घाखाँचीको बलेवाङदेखि फुदवाङसम्म ग्राभेलको काम शुरु भएको छ । चालु आर्थिक बर्षमा २२ करोड बजेट विनियोजन भएको छ । यहि आर्थिक बर्षमा करिव १ सय किलो मिटर ठेक्का लाग्नेछ ।

–सडकमा पहिले ट्रया्क खोल्ने काम भएपछि अनि टेवावाल निमार्ण गर्ने, ढल, कल्भर्ट, पाईप कल्र्भट काम हुनेछ । यी काम सकिएपछि कालोपत्रको काम शुरु गरिनेछ । काम तिव्र गतिमा भएकाले समयमै सकिने अपेक्षा गरिएको छ ।

–सडक आयोजनाको ट्याक खुलेदेखि नै स्थानीयले लाभ लिन थालेका छन् । यसबाट अहिले सवैभन्दा बढी फाइदा अर्घाखाँचीबासीलाई भएको छ ।

–बुटवलबाट गोरुसिङ्गे सन्धिखर्क हुँदै घर जाुनपर्ने अर्घाखाँचीका पूर्वीदक्षिण क्षेत्रका बासिन्दालाई ट्याकबाट फाइदा भएको छ । जिल्लाका पोखराथोक, पटौटी, पणेना,धातिवाङ, मैदान, पाली, गाविसका बासिन्दालाई लाभ मिलेको छ ।

–पटौटीबाट बुटवल आएर पेशा गरेर बसेका छन् श्रेष्ठ टेलरिङ्गका संचालन जीवन परियार । अहिले घर जान छिटो र सजह भएको उनको भनाई छ । उनले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको ट्याकपछि मोटर साईकलमा घर जान सहज भएको बताए ।

चुनौति पनि छन्

तर, यो सडक निर्माणमा चाहिँ केही चुनौति भने कायमै छन् ।

–पहिले खोलिएका सडकका किनारामा बस्ती बसालिएको छ । सडक विस्तार गर्दा ती बस्ती हटाउनुपर्ने समस्या छ ।

–आयोजनाका अधिकारीहरु भन्छन्– अहिले सडक विस्तार गर्दा ती बस्ती हटाउनुपर्छ । तर, केही आफै हटाउन तयार छन् । कोही चाहिँ मानिरहेका छैनन् ।

–यहाँ अर्को समस्या छ–ग्राभेलदेखि अन्य काममा आवश्यक नदिजन्य पदार्थ सहज पाउन सकिएको छैन । बालुवा, गिट्टीजस्ता बस्तु समयमा नपाउँदा काम ढिला हुने चिन्ता अधिकारीहरुको छ । यसले ठेकदारहरुलाईपनि समस्या आउने गरेको छ ।

सडक २–नारायणगढ–बुटवल सडक चार लेन बनाइने

–नारायणगढ–बुटवल सडक अहिले विस्तारको काम हुँदैछ । सरकारले राष्ट्रिय राजमार्गलाई चार लेन बनाउने योजना बनाएपछि यसको काम त्यहीँ अनुसार भएको हो ।

–बुटवल–नारायणगढसम्मको ११५ किलोमिटर सडकलाई बिस्तार गर्न थालिएको छ । नारायणगढ–बुटवल खण्डका लागि १६ अर्ब (१८६ मिलियन अमेरिकी डलर) ऋणमा यो सडकको काम हुनेछ ।

–एसियाली विकास बैंकले ‘साउथ एसियन सब रिजनल इकोनमको अपरेशन रोड कनेक्टिभिटि प्रोजेक्ट’ अन्तर्गत यो सो सडकको स्तरोन्नतिका लागि सहुलियत ऋण उपलब्ध गराउन लागेको हो ।

सडक बिभागका पोजक्ट ईन्जिनियर केशव शर्माले अन्य राजमार्गको सडक भन्दा बुटवल–नारायणगढ सडक फरक बन्ने बताए । उनका अनुसार सडक ५० मिटर चौडा हुनेछ । जसमा दुई लेनमा सवारी साधन कुदनेछन् । विचमा ३ मिटरमा विरुवा फुल रोपिनेछ ।

–बस्ती भएको स्थानमा ६ मिटर दायाँ ६ मिटर बायाँ पैदलयात्रीका लागि छोडिने छ । बस्ती नभएको ठाउँमा सडक नै रहेछ । तर, कुनै पनि स्थानमा ५० मिटर भन्दा कम सडकको क्षेत्रफल नबनाउने योजना छ । अहिले टेन्डरको प्रक्रियामा जादैछ ।

–अवको आर्थिक बर्षबाट काम शुरु गरेर साढे ३ बर्षमा बुटवल–नारायणगढ सडक विकसित देशको सडक जस्तै बन्ने छ ।

–नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने पहाडमा ८ किलोमिटर सडक भने डबल लेनको मात्रै हुनेछ । उक्त आठ किलोमिटरमा फुटपाथ र साइकल लेन समेत राखिने छ ।

यो सडकमा केही नयाँ अभ्यास

–सडक निमार्ण गरेको १ बर्ष सम्म सडकको मर्मत सम्भार ठेक्का लिएको कम्पनीले गर्ने प्रचलन छ । तर, अव बुटवल–नारायणगढ सडकखण्डमा मर्मत सम्भारको काम ५ बर्ष सम्म ठेक्का लिएको कम्पनीले नै गर्ने छ ।

–प्रमख शर्माले अन्य भन्दा फरक अभ्भास गर्नको लागि यो सडकबाट शुरु गर्ने बताए । उनका अनुसार अर्को नयाँ अभ्यास सडकको चौडाई ५० मिटर बनाउने पनि यहीँ परियोजनाबाट शुरु गर्ने योजना छ । अन्तराष्ट्रिय मापदण्डको सडक बनाउने काम यहाँबाट शुरु हुनेछ ।

सडक–३ बेलहिया बुटवल सडक निर्माण करिव आधा काम पुरा

लुम्बिनी अंचलमा बन्न लागेको अर्को ठूलो सडक परियेजना हो बेलहिया–बुटवल व्यापारिक मार्ग । यो मार्गको निर्माणले तीव्रता पाएको छ ।

–आर्थिक वर्ष २०६८–०६९ मा सुरु भएको हो बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजना । परियोजनाका निमित्त प्रमुख ईन्जिनियर लिला बहादुर भण्डारीका अनुसार यो २७ किलोमटिरको सडक निर्माणमा ५ अर्व ६८ करोड बजेट खर्च हुनेछ ।

–महंगो भएपनि सडक चाहिँ आर्कषक र रणनीतिक हुने यसक्षेत्रका जानकारहरु मान्दछन् ।

–अबको २२ महिनामा उक्त सडक निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको कार्यालयले दावी रहेको छ ।
–हाल ४२ प्रतिशत रकम सकिएको छ। अव ५८ प्रतिशत रकम बााकी छ ।
–कुल ५ अर्व ६८ करोडमध्ये हाल २ अर्व २९ करोड रकम खर्च भइसकेको छ।
–डिपीआरमा पनि यति मितिमा सम्पन गर्ने उल्लेख नभएको ईन्जिनियर भण्डारीले बताए । तर, आयोजना आर्थिक बर्षको ०७५–०७६को मा सम्पन्न गर्ने आफुहरुको योजना रहेको उनले बताए ।
–सुरुमा बेलहियादेखि बुटवलको चौराहसम्म २४ किलोमिटर दुरीलाई ‘सिक्स लेन’ सडक बनाउने योजना अनुसार सुरु भएको थियो ।

–हाल चौराहदेखि गोलपार्कसम्म थप ३ किलोमिटरलाई पनि सोही पारियोजनमा जोडिएको छ । हाल चौराहदेखि गोलपार्कसम्म पनि निर्माणको लागि ठेक्का भइसकेको छ ।

–हालसम्म ११ वटा ठेकेदार कम्पनीसँग सम्झौता गरिएको ‘सिक्स लेन’ सडकमा काम गरेका छन् ।

सडक ४– भैरहवा–लुम्विनी सडक चारलेन बनाईदै

–बढ्दो सवारी साधनको चांप सगै साघुरो बनेको भैरहवा–लुम्बिनी सडकखण्डलाई चार लेनको बनाउने गरी काम सुरु भएको छ ।

–पर्यटकीय तथा ब्यापारीक मार्गरुपमा रहेको भैरहवा–लुम्बिनी सडक खण्डलाई चार लेन र लुम्विनी–कपिलबस्तु सडकलाई दुई लेनको बनाउने गरी काम सुरु भएको हो ।

–यो सडक तीन वर्ष भित्रै चार लेनको रूपमा निर्माण सम्पन्न गर्ने गरी काम सुरू भएको छ । एसियाली विकास बैंक(एडिबी)को सहुलियत ऋणमा भैरहवा–लुम्बिनी–तौलिहवा सडक स्तोरन्ती गर्ने योजनो छ ।

–अहिले भैरहवा–लुम्बिनी सडक २ लेनको छ, भने लुम्बिनी– तौलिहवा सडक १ लेनको छ ।

–लुम्बिनी–तौलिहवा सडक खण्डको निर्माणमा लुम्बिनी विकास कोषले चासो दिएको छ । कोषले सडक खण्डका दाँयाबाँया पौराणिक महत्वका वस्तुहरू हुन सक्ने र निर्माणका क्रममा नष्ट हुन सक्ने भन्दै चिन्ता जनाएको छ । कोषले दुई लेनको सडक मात्रै बनाउन उपयुक्त हुने सुझाव दिएको छ ।

‘सडकको डिजाइन तथा ऋणका लागि सबै प्रकृयाहरू तयार भइसकेको र अब अब दुई पक्षबीच सम्झौता गर्न मात्रै बाँकी छ ।’ सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालयका इञ्जिनियर प्रदिपराज शाक्यले बताए ।

–उनका ऋण सम्झौता यहि महिनाभित्र गर्ने गरी काम अगाडि बढेको छ ।

–दुबै सडक खण्डहरूको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार भइसकेको छ । एसियाली विकास बैंक(एडिबी)ले २५ वर्षमा तिर्नुपर्ने सर्तसहित १ दशमलब ५ प्रतिशत सहुलियत ब्याजदरमा ऋण दिन लागेको हो ।

–यी दुई खण्डका लागि २ अर्ब १५ करोड रूपैयाँको सहुलियत क्रण उपलव्ध हुनेछ ।

सडक ५– बेलबास–बथेरी सडक आयोजना

–लुम्बिनी अंचलमा यो सडकलाई ठूलो परियोजनाभित्र राखिएको छ । डिभिजन सडक कार्यालय बुटवलले चालु आर्थिक वर्षमा निर्माणको थालनी गरेको छ ।

–नेपालकै नमुना सडकको रुपमा लिइएको बुटवल उपमहानगरपालिका –१४ बेलबासदेखि रुपन्देहीको बेथरीसम्म पुग्ने २१ दशमलव ३८ किलोमिटर सडक निर्माणको काम जारी छ ।

–सडक कार्यालयका अनुसार बेलबासदेखि बेथरीसम्मको सडकखण्ड अन्तर्गत पहिलो प्याकेट अन्तर्गत ११ किलोमिटरमा काम अगाडि बढेको डिभिजन सडक कार्यालय बुटवलका ईन्जिनियर जयलाल मरासेनीले बताए ।

–मंसिरको पहिलो साता शिलान्यास भएको यो सडक निर्माणको काम अहिले तीब्र गतिमा भएको छ । सडकको विचमा नहर, दुबैतर्फ लेन, फुटपाथ र साईकल लेनसहितकोे निर्माण हुनेछ ।

–बेलबास–बेथरी सडकको दुई चरण पुरा गर्ने गरी ठेक्का सम्झौता भैसकेको छ । पहिलो पयाकेजमा ११ किलोमिटर सडक निर्माण हुने र दोस्रो चरणमा १० दशमलव ३८ किलोमिटर सडक निर्माण हुने अधिकारीहरुले बताएका छन् । पहिलो र दोस्रो प्याकेजमा छुट्टा छुट्टै काम भइरहेको छ ।

–कार्यालका अनुसार अहिले भइरहेको बेलबास बेथरी सडकमा अहिले निर्माणको काम तिब्र रुपले अगाडि बढेपनि घरटहराहरु र विद्युतका पोलहरु हटाउन समस्या हुदा अझ द्रुत गतिमा कामलाई अगाडि बढाउन ग्राहो भएको छ ।

–सडक क्षेत्रभित्र पर्ने रुखहरु हटाउनका लागि अहिले टाचा लगाइसकिएको र त्यसको परिणाम निकाली प्रक्रिया अनुसार हटाउने काम अब सुरु हुने मरासेनीले बताए ।

–कार्यलयका अनुसार पहिलो प्याकेजको लागि ६० करोड ९१ लाख ९० हजार ३ सय ८३ रुपैयाँ ७५ पैसामा बज्रगुरु कान्छाराम जेभिले ठेक्का लिएको छ ।

–यस्तै दोस्रो प्याकेज अन्र्तगत रु ६८ करोड ६२ लाख ६९ हजार ३ सय १० रुपैयाँ ८३ पैसामा रामन–जेजीईसीसीएल जेभिले निर्माणको ठेक्का पाएको छ । अहिले सम्म ४ प्रतिशत काम सम्पन्न भएको छ ।

–र बेलबास–नुवाकोट–झुम्सा सडक (शान्ती मार्ग)को पनि निर्माण तीब्र रुपमा अगाडि बढाइएको छ । यसको निर्माणको ठेक्का महालक्ष्मी कन्र्टक्सन कम्पनीले पाएको छ ।

–कुल १२ करोड ९३ लाख २२ हजार १ सय सत्ताईस रुपैयाँ ३७ पैसामा उक्त सडक निर्माणको सम्झौता भएको छ । सो सडक ग्राभेल सडक हो ।

अन्य सामाग्री 

यस्तो बन्दैछ बुटवलमा प्रदेशस्तरको औद्योगिक क्षेत्र

बुटवलवासीको शान : यस्तो बन्दैछ २७ किलोमिटर ‘सिक्स लेन’ सडक

अब यस्तो बन्नेछ बागमती !

झन्झटै झन्झट छन् त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक निर्माणमा

हाम्रो विकासको गति : ६० वर्षमा पनि बन्न नसकेको एउटा सडकको कथा

 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल