फरक पाटो : जब राखेपका सदस्य सचिवले रेखा थापालाई १३ टेक दिन लगाए

-  |   दीपेन्द्र राई

फरक पाटो : जब राखेपका सदस्य सचिवले रेखा थापालाई १३ टेक दिन लगाए

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सोधे, ‘दंगल’ हेर्नुभयो ?’

उनले भने, ‘छैन ।’

एमाले वरिष्ठ नेता नेपालले सुझाए, ‘त्यसो भए हेर्नुस् ।’

उनले सहमति जनाए ।

आफ्नै पार्टीका वरिष्ठ नेताले अनुरोध गर्दासमेत उनले ‘दंगल’ हेर्ने फुर्सद पाएका छैनन् । खेलसँग सम्बन्धित भएकाले नेता नेपालले उनी अर्थात् राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव केशव विष्टलाई ‘दंगल’ हेर्न सुझाएका हुन् ।

राखेप सदस्य सचिव भनेर चिनिएका विष्ट अभिनेता, निर्देशक र ‘स्क्रीप्ट राइटर’ समेत हुन् भनेर धेरैलाई थाहा नहुन सक्छ । यसपटक रातोपाटीको ‘फरक पाटो’ मा उनको त्यही पाटो उजागर गरिएको छ ।

नाटकनशा

राखेप सदस्य सचिव केशव विष्टको कलाकारिता नाटकबाट सुरु भएको थियो । सुनसरी इटहरीनिवासी विष्टले नाटक लेख्ने, निर्देशन गर्ने र अभिनयसमेत गर्थे । उनले संवत् २०३९ मा ‘म समर्पित देशका लागि’ नामक नाटकमात्रै लेखेनन्, निर्देशन र अभिनयसमेत गर्न भ्याए । उनले लेखेको, निर्देशन गरेको र अभिनय गरेको नाटक ‘म समर्पित देशका लागि’ र ‘विछोडपछिको मिलन’ हो । दुवै नाटक पूर्वाञ्चलमा मञ्चन गरिएको थियो । उनले लेखेको एउटा नाटक मञ्चन भएन ।

पूर्वाञ्चलमा लोकप्रिय छवि बनाइसकेका उनी ०४२ मा काठमाडौं पसे । काठमाडौंमा अभिनेता हरिहर शर्माको ‘द नेपाल थिएटर’ मा वर्ष दिन तालिम गरे । त्यही वर्ष ‘द थिएटर नेपाल’ बाट प्रज्ञाप्रतिष्ठानमा सालिन्दा हुने नाटक प्रतियोगितामा विजय मल्लले लेखेको ‘पुरानो हराएको पाना’ मा अभिनय गरे । उनले तीन वर्षसम्म प्रज्ञाप्रतिष्ठानमा नाटकमा अभिनय गरेका थिए । त्यसपछि राष्ट्रिय नाचघरतिर नाटक गर्न थाले ।

त्यसपछि उनले आफ्नै निर्देशनमा ‘मिर्मिरे’ मा टेलिफिल्म बनाए । आफैंले लेखेको ‘मिर्मिरे’मा उनको निर्देशन गरे र सहिदको भूमिकामा अभिनय पनि गरे । जनआन्दोलनसँग सम्बन्धित टेलिफिल्म भएकाले गणतन्त्र आउनुअघि ‘मिर्मिरे’ सालिन्दा चैत २४ गते प्रदर्शन गरिन्थ्यो ।

नाटक गर्दागर्दै टेलिफिल्म निर्देशन

अभिनेता शर्माले टेलिफिल्म बनाउन थाले । उनको रोजाइमा विष्ट परे । विष्टले सहायक निर्देशकको भूमिका पाए । उनले आफूले पाएको भूमिका कुशलतापूर्व निर्वाह गरे । शर्माको सहायक निर्देशक भएर उनले तीन/चारवटा टेलिफिल्ममा काम गरे ।

त्यसपछि उनले आफ्नै निर्देशनमा ‘मिर्मिरे’ मा टेलिफिल्म बनाए । आफैंले लेखेको ‘मिर्मिरे’मा उनको निर्देशन गरे र सहिदको भूमिकामा अभिनय पनि गरे । जनआन्दोलनसँग सम्बन्धित टेलिफिल्म भएकाले गणतन्त्र आउनुअघि ‘मिर्मिरे’ सालिन्दा चैत २४ गते प्रदर्शन गरिन्थ्यो ।

साहित्यकार प्रदीप नेपालको ‘नओइलाउने फूल’ उपन्यासलाई १० भागको टेलिसिरियल बनाएका उनले ‘बस्ती मलाई खोजिरहेको छ’ र ‘मिर्मिरे’ आफैंले लेखे, निर्देशन र अभिनय पनि गरे ।

नेपालीद्वारा बम विस्फोट गराइएको पहिलो चलचित्र

सुनसरी जिल्लास्तरीय भलिबल खेलाडीसमेत रहेका विष्टले चलचित्र ‘कर्मयोद्धा’ मा नायक सरोज खनालको बुवाको भूमिका निर्वाह गरेका थिए । नायक खनालका बुवा अर्थात् विष्ट खानीमा काम गर्ने मजदुर हुन्छन् । उनले भने, ‘नेपालीले नै बम विस्फोट गराएको पहिलो चलचित्र ‘कर्मयोद्धा’ हो । त्यसअघि चलचित्र ‘मायाप्रीति’ मा पनि बम विस्फोट गराइएको दृश्य छ तर त्यतिबेला बाहिरबाट प्राविधिक ल्याएर बम विस्फोट गराइएको थियो । तर, ‘कर्मयोद्धा’ मा राजेन्द्र खड्गीले बम विस्फोट गरेका थिए ।’ खड्गीले विदेशी प्राविधिकसँग बम विस्फोट गराउन सिकेका हुन् ।

तीन वर्ष तथ्यांक विभागमा जागिरे

सपना साकार बनाउन काठमाडौं पसेका उनले संघर्षका पापड बेल्नसम्म बेलेका थिए । बिहान क्याम्पस, दिउँसो जागिर र बेलुका नाटक रिहर्सल गर्न छाडेका थिएनन् । उनले तीन वर्ष तथ्यांक विभागमा जागिर खाए । नायव सुब्बा भएर जागिरे जीवनको स्वाद चाखेका उनी तीनै वर्ष उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत भए ।

जागिर खाए पनि कलाकारिता र खेलमा लगाव छँदै थियो । नेपालको सरकारी कार्यालयभित्र खेलकुद प्रतियोगिता गराउने पहिलो व्यक्ति उनै थिए । तथ्यांक विभागमा रहेको चार शाखाका कर्मचारी सहभागी गराएर उनले खेलकुद प्रतियोगिता गरेका थिए ।

जागिर छाडेर चलचित्र निर्देशन पढ्न जर्मनी

उनले छँदाखाँदाको जागिर ०४८ चैतबाट छाडे । त्यसपछि चलचित्र निर्देशन पढ्न जर्मनी हान्निए । चलचित्रसम्बन्धी भूत सवार उनलाई हिरो बन्ने नभए पनि निर्देशक बन्ने रहर थियो । नेपालमा त्यससम्बन्धी पढाइ हुँदैनथ्योे । दीपक रायमाझीले रूसमा चलचित्र निर्देशन पढेर फर्केका थिए ।

स्नातकोत्तर भर्ना भएका उनी चलचित्र निर्देशन पढ्न जर्मनी पुगे । ७०/८० हजार रुपैयाँ बोकेर जर्मनी पुगेका उनले उद्देश्य पूरा गर्न सकेनन् । अंग्रेजीमा पढाइ होला भन्ने सोचेका उनले जर्मनीमा जर्मनी भाषामा पढाइ हुने थाहा पाएपछि चलचित्र निर्देशन पढ्न सकेनन् । जर्मनी भाषा सिक्न ६ महिना लाग्थ्यो । शुल्क महँगो थियो ।

चलचित्र निर्देशन पढ्न नपाए पनि उनी दुई वर्ष जर्मनी बसे । आठ/नौ लाख रुपैयाँ कमाए । ०५० मा त्यति रुपैयाँलाई ठूलै मानिन्थ्यो । उनले काठमाडौंमा दुई लाखमा जग्गा किने । त्यो जग्गा अहिले दुई करोड मोलिन्छ । त्यही पैसाले मोरङको विराटचोकमा रहेको सुकुना चलचित्र मन्दिर बनाए ।

नायिका रेखा थापालाई १३ टेक

जर्मनीबाट फर्केपछि पहिलेको कामले ०५५ सम्म निरन्तरता पायो । उनले त्यही वर्ष दुई भागमा रहेको ‘उज्यालो अभिव्यक्ति’ निर्देशन गरेका थिए । छायांकनक्रममा नायिका रेखा थापाको दृश्य छायांकन पालो थियो । आठ कक्षामा अध्ययनरत नायिका थापाले ट्युबेलमा पानी तान्दै साथीहरूसँग कुराकानी गर्नुपर्ने थियो । दुई/तीन मिनेटको दृश्य थियो । त्यही दृश्य छायांकन ‘ओके’ गर्न रेखाले १३ टेक खाइन् ।


ट्युबेल पेलेर गाग्रोमा पानी थाप्दै उनले साथीहरूसँग कुराकानी गर्नुपर्ने थियो । तीनजनामध्ये रेखाको भूमिका मुख्य थियो । ट्युबेल पेल्दा कुइँकुइँ आवाज आउँछ । टेलिफिल्मको डब नहुने भएकाले सिधै रेकर्ड गर्नुपथ्र्यो । केशवले सुनाए, ‘ओके एक्सन भनेपछि एक/दुईपटक ट्युबेल पेलेर रोकेर बोल्नुपर्ने तर रेखा नर्भस भएर कहिले पेल्दापेल्दै बोल्ने, कहिले बोल्न रोकेको एकछिन पछि बोल्ने । टाइमिङ नमिलेर उनले १२ टेक खाएकी थिइन् । १३ पटकमा ओके गरें ।’

उनी आठ कक्षा पढ्दा १४ वर्षका थिए । उनले त्यतिबेलासम्म १०४ वटा चलचित्र हेरिसकेका थिए । उनले आफूले हेरेको चलचित्र डायरीमै टिपेको थिए । उनी चलचित्र भारतको फार्बिसगन्जर पूर्णियासम्म पुग्थे ।

इन्सपेक्टरको भूमिकामा खेल्ने रहर

‘टुक्रिएका रगतहरू’ नाटकमा अभिनय गर्दा स्वर्ण पदक पाएका केशवलाई इन्सेपेक्टरको भूमिकामा अभिनय गर्ने असाध्यै रहर थियो । चलचित्र ‘बलिदान’ मा त्यही भूमिका पाए पनि उनी आफ्नै टेलिफिल्म छायांकन गर्न सुर्खेत जान परेकाले अवसर गुमाए ।

उनले ओम पुरीको चलचित्र ‘अर्धसत्य’ सातपटक हेरेका थिए । अर्धसत्यमा पुरीले इन्सपेक्टरको भूमिका निर्वाह गरेका छन् । उनले भने, ‘मलाई पनि त्यस्तै भूमिकामा अभिनय गर्ने रहर थियो । त्यही भएर अर्धसत्य सातपटक हेरें ।’

१४ वर्ष पुग्दा १०४ चलचित्र हेरिसकेको

केशव सुनसरीको इटहरीबाट चलचित्र हेर्न भारतको सिलगुडीसम्म पुग्थे । इटहरीबाट सिलगुडी पुग्न बसमा तीन घन्टा लाग्थ्यो । बिहानै हिँड्दा १२ बजेको शो हेर्न सकिन्थ्यो । चलचित्र हेरेर घर फर्कंदा बेलुकाका नौ बज्थ्यो ।

उनी आठ कक्षा पढ्दा १४ वर्षका थिए । उनले त्यतिबेलासम्म १०४ वटा चलचित्र हेरिसकेका थिए । उनले आफूले हेरेको चलचित्र डायरीमै टिपेको थिए । उनी चलचित्र भारतको फार्बिसगन्जर पूर्णियासम्म पुग्थे ।

एक दिनमा एउटै चलचित्र तीनपटक हेर्दा

मानिसको रुचि अचम्मकै हुन्छ । उनले एउटै हलमा चलचित्र ‘सोले’ तीनपटक हेरेका थिए । हेर्दा एउटा पनि दृश्य ‘बोर’ नलाग्ने भएकाले सोले तीनपटक हेरेको बताए । उनले एकै दिन तीन चलचित्र पनि हेरेका छन् । उनी १२ बजेको शो जोबनीमा हेर्थे, तीन बेजेको शो हेर्न मोरङको विराटनगर पुग्थे भने ६ बजेको शो हेर्न अर्कै हल पुग्थे । उनले चलचित्र ‘थ्री एडियट्स’ ५/६ पटक हेरेका थिए ।

‘कहानी सुनाउन लोभमा चलचित्र हेर्थें,’ उनले अतीत सम्झे, ‘कहानी सुनाउने म पहिलो हुनुपर्छ भन्ने लाग्थ्यो । हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ पढेपछि थाहा भो उनले चलचित्र हेरेपछि टोलका केटाहरू भेला पारेर एक/एक रुपैयाँ उठाएर कहानी सुनाउँदा रहेछन् । चलचित्र हेर्दा पाँच रुपैयाँ लागे पनि उनले कहानी सुनाएर १५ रुपैयाँ उठाउँथे । मलाईचाहिँ पैसा उठाउने जुक्ति फुरेन । टोलभरिकालाई भेला पारेर कहानी सुनाउँथें ।’

१२ रुपैयाँको चलचित्रबाट ५०० बढी आम्दानी

धर्मेन्द्र अभिनीत चलचित्र ‘चरेस’ नेपालमा प्रदर्शन रोक लगाइएको थियो । केशवलगायत साथीहरू चलचित्र हेर्न सिलगुडी पुगेका थिए । उनीहरू अलि छिटो पुगेकाले सिलगुडी बजार हेर्न निस्के ।

बिजुलीको सामान बेच्ने एक पसलमा उनीहरूको आँखा ठोक्कियो । बल्भ राखेको उतापट्टि पावर ग्लास थियो । यतापट्टि रिल राख्ने ठाउँ थियो । बल्भले उज्यालो फाल्दा पावरवाला ग्लासले ठूलो दृश्य देखिन्थ्यो । यो के हो भनेर सोध्दा पसलेले चलचित्र भन्यो । त्यसको मूल्य १२ रुपैयाँ आईसी थियो । उनीहरूले चलचित्र हेर्ने पैसाले ‘चरेस’ किनेर घर फर्के । इटहरी कहिले पुगेर चलचित्र देखाउने भनेर केशवलाई हतारो लागेको थियो । साँझ घर पुगे ।

उनले चलचित्र किनेर ल्याएको माइला दाइलाई सुनाएको । दाइ पनि उत्साहित भए । उनीहरूको घरछेउकै गुम्ती (सानो पसल) खाली थियो । त्यसलाई सन्तोषी टाकिज नामकरण गरे । त्यो बेला ‘जया सन्तोषी माँ’ भन्ने चलचित्र ‘हिट’ थियो । त्यसकै प्रभावले सन्तोषी टाकिज नामकरण गरिएको थियो । त्यही गुम्ती (सानो पसल) लाई बाल्कोनी, पहिलो र तेस्रो श्रेणी बनाएर ७५, ५०, २५ पैसाको टिकट तयार पारेपछि केशव टिकट बेच्थे, बुधनारायण साह गेटमा टिकट चेक गर्थे भने केशवकै माइला दाइ प्राविधिकको काममा लागे ।

१२ रुपैयाँ किनेर ल्याएको चलचित्र ‘चरेस’ बाट एक दिनमा १७५ रुपैयाँ कमाइ भयो । चलचित्र पाँच मिनेटमै सकिन्थ्यो । उनले भने, ‘चार÷पाँच दिनसम्म देखायौं । बुवाले दुनियाँलाई ठग्नुमात्रै होइन, उनीहरूको पढाइसमेत बिग्रन्छ भनेर झपारेपछि चरेस देखाउन बन्द गर्यौं ।’

रुँदै आँसु पछ्दै हेर्दै

चलचित्रमै संसार देख्ने उनले राजेश खन्ना अभिनीत चलचित्र ‘आप कि कसम’ चारपटक हेरेका थिए । ‘जति हेर्यो उति हेरुँहेरुँ लाग्थ्यो,’ उनले सम्झे, ‘आप कि कसम’ हेर्दा रुँदै, आँसु पुछ्दै हेरेको थिएँ ।’ सानोमा धेरै चलचित्र हेरेकैले उनलाई संसारै चलचित्र लाग्थ्यो । त्यही भएर नाटक, चलचित्र, टेलिचलचित्र लेखन, अभिनय र निर्देशनमा रमाए । त्यतिबेला उनलाई चलचित्रबाहेक अर्को संसार छजस्तो लाग्दैनथ्यो ।

त्यतिबेला उनलाई सिनेमा हलवाला संसारकै धनी लाग्थ्यो । त्यही भएर उनले मोरङको विराटचोकमा सुकुना चलचित्र मन्दिर ०५३ मा थालेर ५६ मा निर्माण पूरा गरे ।


गीत सुनाउँदै पैसा असुल्दै

मार्सल आर्ट सिकेका उनले साइकलमात्रै होइन, मोटरसाइकल सिकाएर पैसा उठाउँथे । उनले ‘चल्ते/चल्ते’ शीर्षाकृत गीत गितारको सहायतामा सुनाएबापत सुन्नेबाट पैसा लिन्थे । एकताका ट्युसन पढाउन भ्याएका उनले आर्ट गरेरसमेत पैसा हात पार्थे । उनले गाडी नम्बर प्लेट, साइबोर्ड लेखेर, ज्याकेटमा ब्रुस्ली र यतीको फोटो प्रिन्ट गरेर पनि पैसा असुल्थे । त्यतिबेला बु्रस्ली र यतीको फोटो प्रिन्ट गरेबापत पाँच रुपैयाँ लिने उनीकहाँ धरानेको सानोतिनो भीड नै लाग्थ्यो ।

उत्कृष्ट चलचित्र बनाउने धोको

कुराकानी छोटिँदै थियो । राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव केशव विष्टलाई गर्न मन लागेको काम के होला ? भने, ‘राम्रो चलचित्र बनाउने धोको छ । व्यावसायिक नभए पनि नेपालीले सधैंभरि सम्झिइरहने चलचित्र बनाउनेछु ।’ त्यस्तो उदाहरणीय चलचित्र हेर्न भने समय लाग्नेछ ।

०५३ देखि बाइबाइ काठमाडौं

संवत् ०४२ मा काठमाडौं पसेका उनी ०५३ मा इटहरी फर्के । त्यतिबेला उनी २४/२५ वर्षका थिए । उमेर र अनुहार नायक हुने थिएन त त खलनायक नै हुने थियो । वर्षमा एक/दुई चलचित्र बन्थे । त्यो पनि जसले लगानी गर्यो उसकै मानिस अनुबन्धित हुन्थे ।

समोसा खाँदै ग्यास्ट्रिक बढाउँदै नाटक गरेर उकालो लागिँदैन भन्ने निष्कर्ष निकालेका केशवहरूको ‘रंग स्रष्टा’ ले नाटक मञ्चन गथ्र्यो । राष्ट्रिय योजना आयोगले लागूपदार्थ दुव्र्यसनीसम्बन्धी गरेको नाटक प्रतियोगितामा केशवले लागूपदार्थ प्रयोगकर्ताको भूमिका निर्वाह गर्दा उत्कृष्ट अभिनेताका रूपमा पुरस्कृत भए । काठमाडौं रहँदा अल्फाभिजन भन्ने स्टुडियो पनि सञ्चालन गरे । भाडामा ‘इक्वीपमेन्ट’ लगाउँथे । र पनि, उनलाई काठमाडौंले आकर्षण गरेन । इटहरी फर्केपछि स्थायी रूपमा उतै बसोबास गरे पनि राखेप सदस्य भएपछि अहिले काठमाडौंमा छन् ।

यो पनि पढ्नुहोस्

मन्त्री विक्रम पाण्डेको फरक पाटो : एक सफल ठेकेदार

प्रदीप नेपालको फरक पाटो : मास्टरले कविता लेख्, ठूलो मान्छे हुन्छस् भन्थे

विश्वप्रकाशको अर्को पाटो : यसरी जन्मियो ‘जल्दा जल्दै रोयो चिता’

दीनानाथ शर्माको फरक पाटो : खबर सुन्दा छोराछोरी गुमाएजत्तिकै दुःख लाग्यो 

लेखनाथ न्यौपानेको फरक पाटो : सुधा थापा, उमेश शर्मा, प्रेमसुधालाई उनी आफैँले मृत्युमा पुर्याए

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल