बादलपछि प्रचण्डको निशानामा वैद्य–विप्लव !

माघ ४

बादलपछि प्रचण्डको निशानामा वैद्य–विप्लव !

काठमाडौँ– पछिल्लो एक महिनामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका आन्तरिक कार्यक्रममा बारम्बार जोड दिएर उठाउँदै आएको एउटा विषय हो– माओवादीहरूबीचको एकता । एकताको विषयसँगै उनले आफूले सबै माओवादीधारका नेताहरूसँग नियमित संवाद गरेको पनि दाबी गरिरहेका छन् ।

विशेषगरी पार्टीका आन्तरिक प्रशिक्षण र कार्यक्रमहरूमा प्रचण्डले एकताबारे जोड दिइरहेका हुन्छन् । के उनले भनेजस्तै माओवादीहरूबीच फेरि एकता हुँदैछ ? रातोपाटीका राजनीतिक संवाददाता दीपेश शाहीको स्टोरी :


पछिल्लो एक महिनामा प्रचण्डले विभिन्न ठाउँमा पुगेर दिएको एकता बारेका अभिव्यक्ति

अभिव्यक्ति १
मङ्सिर २७ गते काठमाडौँमा माओवादी केन्द्रको तीन नम्बरप्रदेशको प्रशिक्षण कार्यक्रममा प्रचण्डले भनेका थिए– ‘माओवादीहरूबीच फेरि पनि एकताको आधार बन्दै गएको छ । माओवादीहरू विभाजित हुँदा प्रतिगामीले टाउको उठाए, अब नयाँ शिराबाट माओवादी आन्दोलन ध्रुवीकरण हुन्छ । त्यसको गृहकार्य भइरहेको छ । तपाईंहरू पनि जनतामा गएर एकता र जनसेवाको वातावरण निर्माण गर्नुहोस् ।’

अभिव्यक्ति २
राजधानी काठमाडौँमा कार्यकर्ताहरूलाई एकताका लागि वातावरण निर्माणको निर्देशन दिएको तीन दिनपछि माओवादी केन्द्रको चार नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम भयो, पुस १ गते पोखरामा । त्यहाँ पुगेर प्रचण्डले विभाजित सबै माओवादी धार एउटै केन्द्रमा आउने परिस्थिति बनेको बताए । उनको भनाइ थियो, ‘म विभिन्न माओवादी धारका नेताहरूसँग निरन्तर अन्तत्र्रिmयामा छु । सबै माओवादी धारका पार्टीलाई एकताबद्ध गरेर मात्र लक्ष्यमा पुग्न सक्छौँ । माओवादी एकताको रणनीतिक महत्व छ । हामीले त्यसका लागि गम्भीरतापूर्वक पहल गर्न जरुरी छ । मैले आफ्नो ठाउँबाट प्रयास गरिरहेको छु, तपाईंहरूले पनि एकताको वातावरण बनाउन आफ्नो ठाउँबाट प्रयास गर्नुहोला ।’

अभिव्यक्ति ३
त्यस्तै पुस ३ गते पूर्वको विराटनगर पुगेर आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा भएको भन्दै प्रचण्डले क्रान्तिकारी कम्युनिस्टहरूको एकता जरुरी भएको बताए । उनले भने, ‘हामी माओवादीले छुट्टै पहिचान र इतिहास निर्माण गरेका छौँ । यसमा गर्व गर्न सक्दैनाँै भने हामीलाई इतिहासले पोल्ने छ । माओवादी सबैलाई एकताबद्ध पार्ने र विभिन्न ठाउँमा छरिएका क्रान्तिकारी कम्युनिस्टलाई एकताबद्ध पार्न हामीले पहलकदमी लिनै पर्छ । इतिहास, वर्तमान र भविष्यको रक्षा गर्न सबै माओवादी एक हुनुपर्छ । वामपन्थी, क्रान्तिकारीहरूलाई जोड्न हाम्रो कोसिस हुनुपर्छ ।’

अभिव्यक्ति ४
पुस ५ गते माओवादी केन्द्रले सुर्खेतमा आयोजना गरेको ६ नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी आन्दोलन केही कमजोर भएपछि सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी मान्यताजस्ता परिवर्तनका मुद्दा उल्ट्याउने कोसिस भइरहेको बताए । उनले त्यहाँ भनेका थिए, ‘परिवर्तनका मुद्दा जोगााउन माओवादी धारहरूको एकता अनिवार्य छ । मैले सबैसँग निरन्तर कुराकानी गरिरहेको छु । पहिले हामीले पार्टीको एकतालाई दरिलो बनाऔँ, अनि सबै माओवादी धारलाई एकताबद्ध गर्न पहल गरौँ । हामीले प्रष्ट रुपमा बुझ्नुपर्छ, माओवादीको एकता अभियान अहिले पनि जारी छ ।’

अभिव्यक्ति ५

पुस ६ मा माओवादी केन्द्रले कैलालीको धनगढीमा आयोजना गरेको ७ नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भनेका थिए, ‘माओवादी कुनै पार्टी मात्र होइन, यो एउटा युगान्तकारी आन्दोलन हो । कसैले चाहेर पार्टी त सानो ठूलो हुन सक्ला । तर, युगान्तकारी परिवर्तनका मुद्दा कायम रहेसम्म माओवादी आन्दोलन कायमै रहन्छ । हामी नरहुँला । तर, माओवादी अझै शक्तिशाली भएर रहन्छ । यो कुनै पार्टी मात्रै होइन, नेपालमा उथलपुथलकारी परिवर्तन ल्याउने आन्दोलन पनि हो । माओवादी एकता आजको आवश्यकता हो । क्रान्ति र देशको हितका लागि माओवादी एक हुनुपर्छ । मैले सबै माओवादी धारका नेताहरूसँग कुरा गरिरहेको छु । माओवादीलाई केन्द्रित गर्ने अभियानमा म लागेको छु ।’

अभिव्यक्ति ६
पुस ११ मा माओवादी केन्द्रका सांसद स्वर्गीय भक्तिप्रसाद पाण्डेको स्मृतिमा प्रकाशित पुस्तक ‘चाचा–भक्तिप्रसाद पाण्डेको सङ्घर्ष यात्रा’ को काठमाडौँको महेन्द्र पुलिस क्लबमा विमोचन गर्दै प्रचण्डले भनेका थिए, ‘जनयुद्धका उपलब्धि जोगाउन जनयुद्धकालीन सबै शक्ति एक हुनुको विकल्प छैन । जनयुद्धले गणतन्त्र त ल्यायो, नयाँ संविधान पनि आयो, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता जस्ता उपलब्धि पनि हासिल भए । तर, अहिले माओवादी शक्तिहरू केही कमजोर भएको देखेर यी उपलब्धिहरू उल्ट्याउन सकिन्छ कि भनेर कोसिस हुँदैछ । तसर्थ, जनयुद्धका उपलब्धि जोगाउन जनयुद्धकालीन माओवादीका सबै धारहरू एकताबद्ध हुनुको विकल्प छैन ।’ आफूसँग एक वर्ष अगाडि डिभोर्स गरेका बाबुरामसँगै रहेको कार्यक्रममा प्रचण्डले बाबुरामतिर निशाना सोझ्याएका थिए ।

पछिल्लो एक महिनामा प्रचण्डले दिएका यी ६ अभिव्यक्ति आफैमा महत्वपूर्ण छन्, किनभने उनले माओवादीबीचको एकतालाई धेरै महत्वका साथ उठाएका छन् । प्रचण्डकै अभिव्यक्तिलाई आधार मान्ने हो भने, वैद्य र बाबुरामले आफूसँग डिभोर्स गरेपछि सङ्गठनात्मक रुपमा क्षति भएको महसुस गरेका प्रचण्डले त्यसको ‘क्षतिपूर्ति’ प्राप्ती माओवादीबीचको एकतामा मात्र देखेका छन् ।

प्रचण्डले भनेजस्तै अहिले फरक–फरक धारका माओवादीबीच अनौपचारिक संवाद भइरहेको छ त ? दोस्रो–तेस्रो तहका नेताले चाहिँ यसको महसुस गरेका छैनन् ।

माओवादी कार्यालय सदस्य मणि थापाले एकताका लागि प्रयाप्त पहल नभएको बताउँछन् । रातोपाटीसँगको कुराकानीमा थापाले भने–

–पार्टीभित्र असरल्ल समस्या त हल भएका छैनन्, बाहिर एकता हुनुपर्छ भन्दै हिँडेर एकता सम्भव हुँदैन । विद्यमान समस्या हल नगरी बोल्दै हिँड्नुले एकताका लागि १० प्रतिशत पनि सम्भावना देखिँदैन । किरण र प्रचण्डबीच एकताको विषयमा कुनै कुरा हुन सकेको छैन । मङ्सिर २६ गते प्रचण्डको जन्मदिनको शुभकामना दिन र पार्टी एकता बारे कुरा गर्न किरण प्रचण्ड निवास गएको भन्ने हल्ला चलेको थियो । त्यो पनि होइन भन्ने कुरा पछि सार्वजनिक नै भयो । किरणजी राजनीतिक विषयमा कुरा गर्न बालुवाटार जानुभएको रहेछ, तर बाहिर जन्मदिनको शुभकामना दिन र पार्टी एकताका लागि कुरा गर्न गएको भनेर प्रचार गरियो । पछि किरणजीले होइन भनेर प्रष्टै भनिसक्नुभयो ।

–विप्लवसँग पनि प्रचण्डले कुरा गरेका छैनन् । विप्लवसँग भेट हुँदा यस विषयमा कुरा गरेको थिएँ, उहाँले भेटसम्म पनि नभएको भन्नुभएको छ । विप्लवजीले त झन भेट्नु नै भएको रहेनछ, कसरी कुरा भयो होला र खै ? त्यतिकै हावामा कुरा भएको छ भनेर कार्यकर्तालाई भन्दै हिँड्नु भ्रमको खेती गर्नु मात्रै हो ।

–बरु तुलनात्मक हिसाबमा भन्नु पर्दा विप्लवजीहरू भन्दा किरणजीहरूसँग नै एकताको सम्भावना रहन्छ । त्यो पनि हाम्रै पार्टीको आन्तरिक अस्तव्यस्तताले अगाडि बढ्ने सम्भवाना भने देखिएको छैन ।

प्रचण्डले एकताका लागि अनौपचारिक संवाद भएको दाबी गरेपछि वैद्य र विप्लव माओवादीका दोस्रो तहका नेताले यसलाई अस्वीकार गर्छन् । क्रान्तिकारी (माओवादी) का नेता सीपी गजुरेलको मत छ

–माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भन्ने कुरा हाम्रो कुनै एजेन्डामा नै छैन र यो सम्भव पनि छैन । बरु विप्लवजीसँग कार्यगत एकतासम्मको कुरा अहिले भइरहेको छ । बाँकी कार्यदिशा, रणनीति मिलेपछि उहाँहरूसँग एकताको कुरा अगाडि बढ्न सक्छ । तर प्रचण्डको र हाम्रो लाइनअनुसार पनि उहाँहरूसँग एकताको कल्पना गर्न सकिन्न ।

–हामीले दस्तावेजमा नै प्रचण्डहरूलाई नवसंशोधनवादी भनेर उल्लेख गरिसकेका छौँ । उहाँहरू पश्चगामी संविधान बनाएर कसरी कार्यान्वयन गर्ने भन्नेतिर हुनुहुन्छ, हामी संविधान नै जनताको पक्षमा बनेको छैन, पहिले जनपक्षीय संविधान निमार्ण हुनुपर्यो भन्नेमा छौँ । प्रचण्डले बाहिर एकता हुँदैछ भन्ने खालको हल्ला फिजाएका छन् । यो एउटा झुटमाथिको अर्को झुट हो । जनता र कार्यकर्तालाई भ्रम छर्ने कुरा मात्र हो ।

–माओवादी केन्द्रसँग एकता गर्नु र एमालेसँग एकता गर्नुमा कुनै भिन्नता छैन । पार्टीको नाम मात्रै फरक छ, बाँकी योजना, पद्धति, विधि र सङ्गठन दुरुस्तै छ । यस्तो अवस्थामा एकताको सम्भावना नै देखिँदैन । विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा पनि यो कतै सम्भव देखिएको छैन ।

–विप्लबजीसँग अहिले कार्यगत एकता गर्दैछौँ । कार्यदिशा मिलेको खण्डमा पछि अगाडि बढ्न पनि सकिन्छ । प्रचण्डसँग त त्यो पनि गरेका छैनौँ । योभन्दा अगाडि बढ्ने झनै कल्पना गर्न सकिँदैन । कार्यदिशा, व्यवहार लगायत सबै कुरामा हामी धेरै फरक छौँ । यस्तो जटिलता हुँदाहुँदै कसरी एकता हुन्छ ? यो सम्भावना नै छैन । उहाँहरू फेरि यति धेरै पर पुगिसक्नु भएको छ कि फर्केर आउन पनि सम्भव छैन ।

माओवादी केन्द्रका मणि थापा र क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका नेता धर्मेन्द्र बास्तोलासँग हामीले यो विषय जान्न खोजेका थियौँ । उनले आफ्नो कुरा यसरी राखे–

–माओवादी मात्रै होइन सबै कम्युनिस्ट एक ठाउँमा आउनुपर्छ, आउँछन् पनि । तर त्यतिकै आउँदैनन्, ठूलो एउटा धु्रवीकरण भएर आउँछन् । यसको सिनारियो पछिल्लो समय देखिएको पनि छ । आन्दोलनका मुख्य दु्ई धारहरूमा क्रान्तिकारीधार र संशोधनवादीधार मध्ये कुन धारमा विभक्त हुने भन्ने कुरा आउँछ । संशोधनवादी संसदको फोहोरी खेलमा लाग्ने र क्रान्तिकारी जनताको बीचमा आउने निश्चित छ ।

–पछिल्लो समय प्रचण्डले एकताबारे निकै हल्ला गरिरहनुभएको खबर हामीले पनि पाएका छौँ । तर उहाँहरूले भनेजस्तो हामीसँग कुनै छलफल भएको छैन । बरु पार्टीका कार्यकर्ता धु्रवीकरणको प्रक्रियामा भएको कुरा साँचो हो । अघि भनेजस्तै क्रान्तिकारी हाम्रो लाइनमा आउने क्रम बढी रहेको छ । यसलाई रोक्नका लागि सायद उहाँले त्यो प्रचार गर्नुभएको हुन सक्छ । त्यसमा हाम्रो भन्नु केही छैन । किनभने क्रान्तिकारी आफै आ–आफ्नो कित्तामा लाग्न सुुरु गरिसकेका छन् । सिङ्गो पार्टीकै कुरा गर्ने हो भने कार्यदिशा नै मुख्य हुन आउँछ ।

किन रुचि छ प्रचण्डको ?

सबै माओवादीका दोस्रो तहका नेताको कुरा सुन्ने हो भने अहिले नै माओवादीहरूबीच एकताको गुन्जायस छैन । तर, पनि प्रचण्डले यसलाई किन यति धेरै जोड दिएका छन् त ? यसमा पनि नेताहरूका आ–आफ्नै तर्क र प्रचण्डको आफ्नै सोचाइ छन् ।

प्रचण्डका अनुसार यसकारण छ एकताको आवश्यकता :
–माओवादीको एकताविना राष्ट्रिय एकता र परिवर्तनका एजेन्डा संस्थागत गर्न सकिँदैन ।
–परिवर्तनका एजेन्डा कमजोर भएपछि स्वाधीनता खतरामा पर्छ ।
–आन्तरिक एकतामाथि नै चुनौती आउन सक्छ ।
–माओवादी आन्दोलन केही कमजोर भएपछि सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी मान्यताजस्ता परिवर्तनका मुद्दा उल्ट्याउने कोसिस भयो ।

खासमा चाहिँ किन चाहन्छन् प्रचण्ड एकता ?
–दस वर्ष लामो माओवादी जनयुद्धको नेतृत्व गरेका प्रचण्ड चाहे भूमिगतकालीन राजनीति होस् या खुला, सधैँ राजनीतिको केन्द्र भागमा देखिए ।
–युद्धकालमा पार्टीभित्र र सार्वजनिक भएपछि समग्र राजनीतिको निर्णायक भूमिकामा देखिएका प्रचण्ड नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको निधन पश्चात झनै शक्तिशाली बने ।
–पहिलो संविधान सभाको चुनावमा उनको पार्टीले सबैभन्दा धेरै मत ल्याएर देशकै एक नम्बर ठूलो दल भयो, जसको सबैजसो जस प्रचण्डले लिए । तर, त्यसपछि पार्टीभित्र भएका अन्तरसङ्घर्ष व्यवस्थापनमा प्रचण्ड कमजोर देखिए ।

–फलस्वरुप २०६९ असार ५ मा मोहन वैद्य ‘किरण’ले गरेको पार्टी विभाजन गरे । त्यसपछि भएको दोस्रो संविधान सभाम चुनावमा माओवादी तेस्रो शक्ति भयो र यसको सबैभन्दा ठूलो झट्का प्रचण्डले महसुस गर्नुपर्यो । तैपनि राजनीति शक्ति सन्तुलन मिलाउँदै उनले आफूलाई राष्ट्रिय राजनीतिको केन्द्रमा नै राखे ।

–दोस्रो संविधानसभापछि देशमा ०७३ असोज ३ मा संविधान जारी भयो । तर, एक साता नवित्दै प्रचण्डसँग बाबुरामले सम्बन्ध विच्छेदको बाटो समाते । ०७३ असोज ९ मा प्रचण्ड–बाबुरामबीच डिभोर्स भयो र त्यसको झ्टका पनि प्रचण्डले सबैभन्दा बढी खेप्नुपर्यो ।

–यहीबाट सुरु भएको हो, प्रचण्डको धुव्रीकरण प्रयास । कमजोर भएको माओवादी आन्दोलनलाई आफ्नै नेतृत्वमा शक्तिशाली बनाउन चाहन्छन् प्रचण्ड । यही प्रयासको पहिलो कडी थियो २०७३ जेठ ६ मा किरणसमूहको बादलसहितका नेताहरूसँगको एकता । त्यसबेला १० वटा माओवादी विचारधाराका पार्टी–समूहसँग एकता भयो । यो एकतामा प्रचण्डले माओवादीहरूबीचको एकता सुरु भएको र यसलाई अब कसैले रोक्न नसक्ने बताएका थिए ।

–यसबीचमा उनले आफू मात्रै होइन सिङ्गो माओवादी आन्दोलन नै कमजोर बनाउन गम्भीर षड्यन्त्र भएको आशङ्का व्यक्त गरिरहेका छन् । किरण र बाबुरामको पार्टी विभाजनको कारण पनि उनले यसैलाई मानेका छन् ।

–यसरी हेर्दा उनले एकता चाहानुका पछाडि किरण र बाबुरामले पार्टी परित्याग गरेपछिको रिक्ततालाई पूर्णता दिने कोसिस गरिरहेको अनुमान लगाउनेहरू पनि छन् । त्योसँगै आगामी स्थानीय निकायको चुनावलाई मध्यनजर गरेर उनी चुनावी माहोल निर्माण गर्न पनि लागि परेको मान्छन् केही नेताहरू ।

–यसबाहेक माओवादीबीचको एकतालाई मलजल गर्ने विषय हो द्वन्द्वकालीन मुद्दा, यो विषयमा सबै माओवादी एक ठाउँमा हुन्छन् । बेला–बेलामा संयुक्त विज्ञप्ती पनि निकालेका हुन्छन् । प्रतिस्पर्धी दलहरूले द्वन्द्वकालीन मुद्दालाई देखाएर ‘बार्गेनिङ’ गर्ने गरेको पनि माओवादी नेता–कार्यकर्तालाई लागेको छ ।

शान्ति प्रक्रिया विथोलेर माओवादी आन्दोलनलाई धराशयी पार्न राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति केन्द्रले षड्यन्त्र गरिरहेको सङ्केत प्रचण्डले धनगढीको कार्यक्रममा दिएका थिए । ‘विस्तृत शान्ति सम्झौता र अन्य सङ्क्रमणकालीन न्यायको सिद्धान्तअनुसार यो आन्दोलन सम्बोधन हुन्छ कि हुँदैन, त्यो महत्वपूर्ण हो । हाम्रा लागि मुख्य कुरा मुद्दामामिलाका कुरा टुङ्गिन्छन् कि टुङ्गिदैनन् भन्ने हो । सरकार मुख्य कुरा होइन ।’

एकता सम्भावना कति ?
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल माओवादीबीच एकता सम्भव ठान्छिन् । कार्यदिशा र बाँकी अन्य कुराहरू एकता गर्न चाहेमा मिल्ने उनको भनाइ छ ।
उनले भनिन्–

–क्रान्तिकारी माओवादीहरूको एकता आजको आवश्यकता हो । आवश्यकता भएकै कारण यो सम्भव पनि छ । एकता भएपछि कार्यदिशा लगायतका विषयमा समझदारी भइहाल्छ । यसको बारेमा छलफल भइरहेको पनि छ । एजेन्डा नै लिएर टेबलमा नै नबसे पनि सञ्चार माध्यमहरूले लेखेजस्तै छलफल र बहस भने भइरहेको हो । पुरै यसैका लागि आजको भोलि बैठकहरू बस्ने, छलफल गर्ने कुरो पनि छैन । त्यो भएको पनि छैन । फेरि यो वा त्योसँग मात्रै एकता गर्ने भन्ने कुरा पनि भएन । सबै क्रान्तिाकारी माओवादीहरू एक हुने भन्ने विषयमा बहस, छलफल चलेको छ । यो चल्नु जरुरी पनि छ ।’

भेटमा मात्रिका र मणिले प्रचण्डसँग ‘अब एकता प्रक्रिया अगाडि बढाउनुप¥यो, हामी पहल गर्छौँ’ भन्ने प्रस्ताव राखे । चुनावी नतिजाले घाइते बनेका प्रचण्डका लागि यो प्रस्ताव स्वाभाविक मात्र होइन आवश्यक पनि लाग्यो । त्यही दिनको वैठकमा सबैले आआफ्नो तरिकाले पहल गर्ने र कार्यगत एकता हुँदै पार्टी एकीकरणसम्म जाने समझदारी बन्यो ।

यसरी सुरु भएको थियो माओवादी एकताको कोर्स
दोस्रो संविधान सभाको चुनावमा हार भोगेपछि सानो भ¥याङस्थित तत्कालीन एमाओवादी पार्टी महासचिव पोस्टबहादुर बोगटीको निवासबाट माओवादी एकताको बहस सुरु भएको थियो ।

चुनावी परिणामले रन्थनिएका प्रचण्ड कफी पिउन बोगटी निवास गएका थिए । उनी त्यहाँ पुग्दा मात्रिका यादव र मणि थापाले बोगटीसँग चुनावी परिणामको समीक्षा, यसमा वैद्य माओवादीको भूमिका र माओवादी आन्दोलनको पुनर्गठनको विषयमा कुराकानी गरिरहेका थिए । यो एकतामा मात्रिका र मणिले सुरुदेखि नै पहल गरेको प्रचण्डको भनाइ छ ।

भेटमा मात्रिका र मणिले प्रचण्डसँग ‘अब एकता प्रक्रिया अगाडि बढाउनुप¥यो, हामी पहल गर्छौँ’ भन्ने प्रस्ताव राखे । चुनावी नतिजाले घाइते बनेका प्रचण्डका लागि यो प्रस्ताव स्वाभाविक मात्र होइन आवश्यक पनि लाग्यो । त्यही दिनको वैठकमा सबैले आआफ्नो तरिकाले पहल गर्ने र कार्यगत एकता हुँदै पार्टी एकीकरणसम्म जाने समझदारी बन्यो । ०७० मङ्सिर पहिलो साता तयार पारिएको पार्टी एकताको रोडम्याप पूरा हुन दुई वर्ष ६ महिना जति लाग्यो । सानो भ¥याङबाट सुरु भएको संवाद र पहलले कार्की पार्टी प्यालेससम्म आउँदा मूर्त रुप लियो ।

०७३ जेठ ६ मा विभिन्न पार्टी र व्यक्ति गरी १० माओवादी घटकबीच एकता भयो ।


–वैद्यको पार्टीबाट बहुमत केन्द्रीय सदस्यसहित रामबहादुर थापा बादल एकतामा सहभागी भए । अढाई वर्षको दौडधूप र मिहिनेतले माओवादी एकता प्रक्रिया सम्भव बन्यो । यो एकता प्रक्रियाका लागि संवादहरू जारी रहेकै बेला वैद्यसँग नेत्रविक्रम चन्द विप्लवले डिभोर्स गरे । यता प्रचण्डसँग चाहिँ बाबुरामले ।

२०७१ को चैत १ मा एकीकृत माओवादी र वैद्य माओवादीका शीर्ष नेताको संयुक्त वैठकले पार्टी एकताका लागि उच्च स्तरीय वार्ता टोलीको गठन नै गरेको थियो । वार्ता टोलीमा एकीकृत माओवादीबाट प्रचण्ड, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी थिए । वैद्य माओवादीका तर्फबाट वैद्य, सीपी गजुरेल, रामबहादुर थापा र देव गुरुङ सम्मिलित थिए ।

त्यसको अर्को दिन चैत २ मा संयुक्त महाधिवेशन मार्फत पार्टी एकता गर्ने लक्ष्यसहित तीनवटा माओवादीका युवा नेताहरूले ‘माओवादी आन्दोलन पुनर्गठन अभियान’ सुरु गरेका थिए । राजधानीको प्रज्ञा भवनमा अभियानको घोषणासँगैै यसको प्रतिबद्धता–पत्र र कार्यक्रम पनि सार्वजनिक गरिएको थियो ।

संयुक्त वार्ता टोली बनाएका उनीहरूले वार्ताका एजेन्डासमेत तय गरेका थिए । वार्ता टोली गठन भएको आठौँ दिन अर्थात् ०७१ चैत ८ गते बसेको संयुक्त वार्ता टोलीको वैठकले पार्टी एकताका लागि सातवटा एजेन्डा तय गरेको थियो । माक्र्सवाद, लेनिनवाद र माओवादीको रक्षा, प्रयोग र विकास वार्ताका लागि पहिलो एजेन्डा बनाएका थिए । त्यसबाहेक उनीहरूले क्रान्तिको स्वरुप, त्यसको रणनीति र कार्यनीति तथा सामाजिक क्रान्तिका लागि बल प्रयोगको सिद्धान्तलाई पनि एजेन्डा बनाएका थिए । त्यसैगरी विगतका कमी कमजोरीको समीक्षा तथा पार्टीका सङ्गठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयताको प्रयोग पनि सात बुँदे एजेन्डाभित्र परेका थिए । संसदवादको बुझाइ र प्रयोग तथा तत्कालीन राजनीतिक कार्यनीति तयलाई पनि वार्ता टोलीले एजेन्डा बनाएको थियो ।

अभियान सकिएको औपचारिक जानकारी नदिँदै एकीकृत माओवादीसहितका प्रमुख दलले २५ जेठमा १६ बुँदे सहमति गरे ।

०७२ असोज १३ गते राजधानीमा भएको एक कार्यक्रममा प्रचण्डले एकताका लागि आफू आतुर भएको बताएका थिए । ‘चार वर्ष पहिले पार्टी छाडेकाको स्वागत गर्न म आतुर छु, भर्खरै पार्टी छाडेका पनि ढिलोचाँडो फेरि यही पार्टीमा समाहित हुन्छन् ।’ प्रचण्डले भनेका थिए ।

त्यही दिन बिहान पुगेका थिए किरण बालुवाटारमा । तर, त्यहाँ दुई नेताबीच जन्मदिनको बारेमा केही कुरा भएको थिएन । प्रचण्डको सचिवालयले जारी गरेको प्रेस नोटमा चाहिँ ‘वैद्यले शुभकामना दिएको’ भन्ने थियो । यो समाचारपछि वैद्यले चित्त दुखाए र उनले रातोपाटीसँगको कुराकानीमा भनेका थिए ‘मलाई थाहा पनि थिएन । थाहा भएको भए पनि शिष्टाचारका लागि शुभकामना दिन्थे ।

१० माओवादीबीचको एकतालगत्तै वैद्य, विप्लव र हेमन्तप्रकाश वलीले एकतालाई नाटक भने ।

१३ बुँदे साँझा सहमतिको जगमा १० माओवादी घटकबीच एकता भयो । तर, वैद्य यहाँ अटाएनन् ।

एउटा विवादित भेट

माओवादी नेताहरूबीच विश्वासको सङ्कट पनि देखिन्छ, नेताकै तहमा र सचिवालयको तहमा । मङ्सिर २६ गते माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको जन्मदिन थियो ।

जन्मदिनको शुमकामना दिन उनका शुभचिन्तक र पार्टी कार्यकर्ता प्रधानमन्त्री निवास बालुवाटरमा पुगे । त्यही दिन बिहान पुगेका थिए किरण बालुवाटारमा । तर, त्यहाँ दुई नेताबीच जन्मदिनको बारेमा केही कुरा भएको थिएन । प्रचण्डको सचिवालयले जारी गरेको प्रेस नोटमा चाहिँ ‘वैद्यले शुभकामना दिएको’ भन्ने थियो । यो समाचारपछि वैद्यले चित्त दुखाए र उनले रातोपाटीसँगको कुराकानीमा भनेका थिए ‘मलाई थाहा पनि थिएन । थाहा भएको भए पनि शिष्टाचारका लागि शुभकामना दिन्थे । अरु कामले गएको थिएँ । शुभकामना दिन आएको भनेर प्रचार गर्नुभयो । यो त अति भयो ।

माओवादी धारहरूबीचको एकताबारे भावनात्मक कुरा बढी हुन्छ । त्यहाँ भित्रको सङ्गठनात्मक, कार्यात्मक र व्यावहारिक पाटोमाथि त्यति धेरै बहस हुँदैन । बादल समूह माओवादी केन्द्रसँग एकता भए पनि सङ्गठनात्मक जटिलता उस्तै छन् । पार्टी विभाजनपूर्वको विचारधाराको सङ्घर्ष र त्यसपश्चातको कार्यकर्ताबीचको आरोप–प्रत्यरोप एकतामा बाधक बनिरहेका छन् ।

तथ्यमा टुटफुट र एकतामा माओवादी

–०६९ असार २ देखि ५ सम्म बौद्धमा आफ्नो पक्षका नेता–कार्यकर्ताको राष्ट्रिय भेला गरेर मोहन वैद्यले आफ्नो नेतृत्वमा पार्टी बनाए ।

–०७१ मङ्सिर ७ मा वैद्यसँग विप्लवले सम्बन्ध विच्छेद गरे । पार्टी मुख्यालयमा पुगेर पत्र बुझाए ।

–०७३ जेठ ६ मा वैद्यसँग अलग भएको बादल समूह र अन्य साना–साना घटकसहित १० माओवादीबीच एकता भयो । यो एकता प्रक्रियामा एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी (बादल समूह), नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा माओवादी (विद्रोही), नयाँ शक्तिका विद्रोही, नेकपाको एक समूह, नेकपा गौरवशाली पार्टी, वाम एकता मञ्च, जयपुरी घर्तीको स्वतन्त्र समूह सहभागी थिए ।

–०७३ असोज ९ मा बाबुरामले माओवादीबाट अलग भएको घोषणा गरे । सांसद पदबाट पनि राजीनामा गरेका उनले केही समयपछि नयाँ शक्ति पार्टी गठन गरे ।

–०७३ भदौ ७ गते विप्लव नेतृत्वको नेकपा माओवादी र हेमन्त प्रकाश वली नेतृत्वको न्युक्लियस पार्टीबीच पार्टी एकता ।

– ०७३ पुस १७ गते मोहन वैद्य र न्युक्लियसबीच पार्टी एकता ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल