थ्रीडी फोटो खिच्ने संसारको पहिलो स्मार्टफोन, छ चारवटा क्यामरा

मङ्सिर २१  |   एजेन्सी

थ्रीडी फोटो खिच्ने संसारको पहिलो स्मार्टफोन, छ चारवटा क्यामरा

lenovo-phab2संसारको पहिलो ट्याङ्गो स्मार्टफोन लेनोभो फ्याब टु प्रो बिक्रिका लागि बजारमा आइसकेको छ । यो स्मार्टफोनलाई लेनोभोले गुगलसँग मिलेर बनाएको हो । प्रयोगकर्ताले यसलाई कम्पनीको वेबसाइटबाट खरिद गर्न सक्नेछन् । यसको मूल्य ५ सय डलर हो (लगभग ५४ हजार नेपाली रुपैयाँ) । यो स्मार्टफोनमा चारवटा क्यामरा भएकाले यो विशेष छ । यसमा तीनवटा रेयर र एउटा फ्रन्ट क्यामरा राखिएको छ । प्रयोगकर्ताले यसबाट थ्रीडि फोटो क्लिक गर्न सक्छन् ।

प्रोजेक्ट ट्याङ्गो एउटा यस्तो प्रविधिमा आधारित छ जसले केही सेन्सरको मद्दतले स्मार्टफोनको वरिपरिको वातावरणलाई देखेर फोनका लागि विशेष अवेयरनेश जेनेरेट गर्नेछ । त्यसपछि फोनमा त्यो ठाउँको थ्रीडि इमेज तयार गर्नेछ । यो प्रोजेक्ट जोन लीले नेतृत्व गरिरहेका छन् । ट्याङ्गोलाई गुगलको एडभान्स टेक्नोलोजी एण्ड प्रोजेक्ट ग्रुपले बनाएको हो ।

यसरी बन्नेछ तीनवटा क्यामराले थ्रीडि इमेजः
स्मार्टफोनमा थ्रीडि मशिन भिजन टेक्नोलोजी दिइएको छ । फोनको क्यामरामा तीनवटा भर्टिकल लेन्स दिइएको छ जसले क्यामरालाई रङको निकै गहिरो जानकारी दिनेछ । त्यस्तै एउटा फिशी लेन्स छ जसका कारण फोटोलाई फराकिलो एंगल प्रदान गर्नेछ । यस प्रकारले जब यो स्मार्टफोनबाट कुनै फोटो क्लिक गरिन्छ तब यो थ्रीडि इफेक्ट्ससँग तयार हुनेछ ।

स्मार्टफोनको लागि विशेष ट्याङ्गो एपः
यो स्मार्टफोनका लागि गुगलले विशेष २२ ट्याङ्गो एप तयार गरिएको थियो । यो सबै गुगल प्ले स्टोरमा रहेको छ । यद्यपी, यसले लेनेभो फ्याब टु प्रोमा मात्र काम गर्दछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल