घरमा फोन बिर्सनुभयो ? यसरी हेर्नुहोस् कल र मेसेजको नोटिफिकेसन

मङ्सिर १९  |   एजेन्सी

घरमा फोन बिर्सनुभयो ? यसरी हेर्नुहोस् कल र मेसेजको नोटिफिकेसन

Businessman working on a laptop smiling.

स्मार्टफोन यस्तो डिभाइस बनेको छ जसलाई थोरै समयको लागि पनि आफूबाट अलग गर्न सकिन्न । फोनको आवश्यकता नहुँदा पनि पटक–पटक नोटिफिकेसन चेक गर्ने हाम्रो बानी छुट्दैन । सोच्नुहोस्, यदि यही फोन तपाईं कहिले घरमा बिर्सेर कतै जानु भयो भने के गर्ने ? आज हामी तपाईंलाई त्यस्तो उपायबारे जानकारी दिँदै छौं जसमार्फत तपाईं फोनको नोटिफिकेसनलाई ल्यापटप, पिसी वा म्याकमा पनि पढ्नसक्नुहुन्छ ।

step1_271016एन्ड्रोइड फोनलाई विन्डोज १० कम्प्युटरसँग जोड्नका लागि गुगल प्लेस्टोर वा एपीके रिर साइटबाट सबैभन्दा पहिले फोनमा कोरटाना एप डाउनलोड गर्नुहोस् ।

Woman using laptop in cafe

त्यसपछि फोनमा एप खोल्नुहोस् र त्यसमा आफ्नो त्यो इमेट अकाउन्टमार्फत लग–इन गर्नुहोस् जसलाई आफ्नो विन्डोज कम्प्युटरमा लग–इन गर्नुभएको छ ।
step3_ge_271016अकाउन्ट लग इन भएपछि माथि दिइएको तीन डटको आइकनमा जानुहोस् । यहाँ एपको ‘सेटिङ’ मा गएर ‘सिंक नोटिफिकेसन’ को अप्सनमा क्लिक गर्नुहोस् ।
step4_271016यहाँ नोटिफिकेसन सिंक गर्नका लागि चारवटा अप्सन दिइएको छ । पहिलो अप्सन मिस कल नोटिफिकेसनको हो, दोस्रो मेसेजको, तेस्रो लो ब्याट्रि अलर्ट र अन्तिम अप्सन फोनमा रहेको एपको नोटिफिकेसनको हो ।
step5_271016त्यसपछि आफ्नो विन्डोज १० कम्प्युटरमा कोरटाना खोल्नुहोस् । फेरी कोर्टानाको सेटिङमा जानुहोस् । त्यसपछि ‘सेन्ड नोटिफिकेसन बिटविन डिभाइसेज’ को अप्सनलाई अन गर्नुहोस् । यस्तो गर्दा प्रयोगकर्ताको फोन उनको विन्डोज १० कम्प्युटरसँग जोडिनेछ र नोटिफिकेसन आउन थाल्छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल