मंगलग्रहबाट आउँछन् एलियन्स ? भेटियो घरको निशाना, नासाले जारी गर्यो यी तस्बिर

मङ्सिर १६  |   एजेन्सी

मंगलग्रहबाट आउँछन् एलियन्स ? भेटियो घरको निशाना, नासाले जारी गर्यो यी तस्बिर

nasa_1480507091नासाको तर्फबाट जारी गरिएको मंगल ग्रहको एक फोटोमा अब प्राचिन शहर देखिएको दाबी गरिएको छ । प्यारानोमल इन्भेस्टिगेटर्सको दाबी अनुसार यसमा प्राचिन शहरको अवशेष देखिँदै आएको छ । यूनाइटेड फ्यामिली अफ एनोमली हन्टर्सले यसलाई राम्रोसँग देखाउनका लागि फोटोहरुको एक भिडियो तयार गरेको छ । यद्यपी, नासाले भने यसको पुष्टि गरेको छैन ।

nasa-1_1480507091युट्युबमा यो भिडियो ‘नासा स्पट वर्ल्ड सिटिज अन मार्स फ्रम एमआरओ स्याटालाइट’ नामले राखिएको छ । भिडियोका अनुसार मंगलको सतहमा गोलो आकारको निर्माणको अवशेष देखिएको छ । अनुसन्धानकर्ताको दाबी अनुसार मंगलमा पर्खालजस्तो कुनै प्राचिन शहरको आधारशिला (फाउन्डेशन) हुनसक्छ । त्यस्तै, युट्युब प्रयोगकर्ताले यो भिडियोको विषयमा थुप्रै प्रश्नहरु तेर्साइरहेका छन् । मानिसहरुले ‘के यो एलियन्सको घर हो ?’ भनी सोधिरहेका छन् ।

nasa-2_1480507091पहिले पनि गरिएको थियो यस्तो दाबीः
योभन्दा पहिले पनि क्युरियोसिटी रोवरले पठाएको फोटोको विषयमा पनि विभिन्न प्रकारको दाबी गरिसकिएको छ । क्युरियोसिटी रोवर्सद्वारा खिचिएको मंगल ग्रहको एउटा फोटोमा एलियन्स देखिएको दाबी गरिएको थियो ।

nasa-3_1480507092युट्युब प्रयोगकर्ता प्यारानल क्रुसिबलको दाबी अनुसार ढुङ्गाको किनामा देखिएको सानो वस्तु मानिसजस्तो देखिने एलियन्स हो । यसलाई एक दशक पहिले चिलीको अटाकामा डेजर्टमा पाइएको ६ इन्चको अनौठो कंकालको प्रजाति बताइएको थियो ।

nasa-4_1480507092त्यसपछि युट्युब च्यानल Luxor2012UFOले नासाको एउटा फोटोमा घरको बनावट देखिएको दाबी गरेका छन् । पछिल्ला दिनहरुमा एलियन्स हन्टर्सले नासाले जारी गरेको मंगलबो फोटोमा महिलादेखि मिलिट्री बंकर, एलियन हंटर, कफिनजस्ता थुप्रै वस्तुहरु देखिएको दाबी गरेको छ ।

एलियन्स हन्टर्सले नासामाथि एलियन्सको बारेमा कुनै पनि जानकारी सार्वजनिक नगरेको आरोप लगाएको छ । यद्यपी, नासाले यी सबै आरोप प्रत्यारोपलाई ठाडै अस्विकार गर्दै आएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल