चीनियाँ कम्पनीले आइफोन सेभेन जस्तो डिस्प्ले भएको फोन निकाल्यो, यस्ता छन् अन्य विशेषता

मङ्सिर १२  |   एजेन्सी

चीनियाँ कम्पनीले आइफोन सेभेन जस्तो डिस्प्ले भएको फोन निकाल्यो, यस्ता छन् अन्य विशेषता

main_1480005399चीनियाँ कम्पनी जेटटीईले सीमित संस्करण स्मार्टफोन सार्वजनिक गरेको छ । यो मिड रेन्ज स्मार्टफोन आफ्नो पुरानो भेरियन्ट एक्सन सेभेनको एक्सटेन्सन हो । यो अहिलेसम्म अमेरिकी बजारमा मात्र उपलब्ध छ । एक्सन सेभेन प्रिमियरको नामले सार्वजनिक भएको यो फोन डिस्प्ले, र्याम, स्टोरेज र डिजाइनमा निकै उत्कृष्ट छ । यो स्मार्टफोनको मूल्य लगभग ५४ हजार ५ सय ६० रुपैयाँ पर्नेछ । यसको स्ट्यान्डडै भेरियन्ट चीनमा गत मे महिनामा लञ्च भएको थियो जसको मूल्य ४३ हजार तोकिएको थियो ।

1१. १.५ इन्च क्युएचडी एमोलेड डिस्प्लेः
एप्पलको आइफोन सिक्स र आइफोन सेभेनको जस्तै डिस्प्ले जेटटीईमा राखिएको छ । यो निकै संवेदनशील भएका कारण यसको सुरक्षाका लागि यसको माथि २.५ डी घुमेका ग्लास राखिएको छ ।

2२. डबल स्टोरेजः
जेटटीईको पुरानो भेरियन्टमा ४ जिबी र्याम र ६४ जिबी इन्टरनल स्टोरेज थियो जसलाई बढाएर ६ जीबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज गरिएको छ । यसका साथै यसमा मेमोरी बढाउनका लागि ‘एक्सपेन्डेबल स्लट’ पनि दिइएको छ ।

3३. हाई–टेक प्रोसेसर र अडियो क्वालिटीः
एक्सन सेभेनमा क्वाड कोर स्न्याड्र्यागन ८२० प्रोसेसर र एड्रेनो ५०३ जीपीयु छ । यो स्मार्टफोनमा एकेएम र डल्बी एटमस सराउन्ड क्वालिटीको डुअल स्टिरियो स्पिकर र दुई अडियो चिप राखिएको छ जसले अडियो क्वालिटीलाई निकै राम्रो बनाइदिन्छ ।

4४. ४.२० एमपी रियर क्यामरा र एन्ड्रोइड ६.० मार्शमैलोः
एक्सन सेभेनमा २० एमपीको रियर क्यामरा र ८ एमपी फ्रन्ट क्यामरा–एफ २.२ एपरचर दिइएको छ जसमा डुअल एलइडी फ्ल्यास पनि संलग्न छ । यसमा फोरके भिडियो रेकर्ड गर्न सकिन्छ । एक्सन सेभेन प्रिमियम एन्ड्रोइड ६.० मार्शमैलोसँग माइफेभर युएल ४.० को निकै राम्रो संयोजन रहेको छ ।

6५. ब्याट्रि र कनेक्टिभीटीः
जेटटीई एक्सन सेभेन प्रिमियममा ३,२५० एमएएच ब्याट्रि रहेको छ जुन क्विब चार्ज ३.० लाई समर्थन गर्दछ । यो स्मार्टफोनमा USB Type-C port, NFC, Bluetooth v4.2, Wi-Fi 802.11 ac/a/b/g/n (2.4GHz + 5GHz) र 4G LTE को हाइटेक कनेक्टिभीटी दिइएको छ । यो स्मार्टफोनको पछाडि फिंगरप्रिन्ट सेन्सर पनि राखिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल