स्मार्टफोन र इन्टरनेट प्रयोग गर्नुहुन्छ भने यसलाई बेवास्ता गर्न सक्नुहुन्न

मङ्सिर १०  |   एजेन्सी

स्मार्टफोन र इन्टरनेट प्रयोग गर्नुहुन्छ भने यसलाई बेवास्ता गर्न सक्नुहुन्न

safety650_112416065922आजको २१ औं शताब्दिमा स्मार्टफोन, कम्प्युटर र इन्टरनेट तपाईंको अभिन्न अंग बनेको छ । प्रविधिको यो दुनियाँमा तपाईंले सावधानी नअपनाउँदा ठूलो संकट आइलाग्न सक्छ । खतरनाक ह्याकरबाट बचाउनका लागि आज हामी तपाईंलाई केही तरिकाबारे जानकारी दिँदै छौं जसमा निर्भर भएर तपाईंले आफ्नो अनलाइनमा उपस्थितीलाई सुरक्षित गर्न सक्नुहुन्छ ।

सेफ पासवर्डः
कुनै पनि अकाउन्टको पासवर्डमा विशेष क्यारेक्टर र डिजिट राख्न जरुरी छ । ठूला र साना अक्षरहरुलाई मिश्रित गरेर पासवर्ड बनाउँदा ह्याकरहरुले यसलाई सजिलोसँग ह्याक गर्न सक्दैनन् । यसका साथै कम्तीमा पनि हरेक ६ महिनामा आफ्नो पासवर्ड परिवर्तन गरिरहनुहोस् ।

एन्टी भाइरसः
प्रिमियम एन्टी भाइरस प्रयोग गर्नुहोस् र त्यसलाई सधैं अपडेट गर्नुहोस् । समय समयमा आफ्नो कम्प्युटर र स्मार्टफोनलाई स्क्यान गरिरहनुहोस् ।

अपडेटः
कम्प्युटर र स्मार्टफोनको अपडेटमा कहिले पनि बेवास्ता नगर्नुहोस् किनभने कम्पनीलाई यसमार्फत सिक्योरिटी प्याच दिइएको छ जसले तपाईंको सिस्टमलाई सुरक्षित गर्दछ । किनभने हरेक दिन नयाँ भाइरस आउने गर्दछ र पुरानो अपरेटिङ सिस्टम त्यसलाई बुझ्न सक्दैन ।

टु स्टेप अथेन्टिकेशनः
जिमेल र अरु अनलाइन सर्भिसले टू स्टेप अथेन्टिकेशन फिचर दिएको हुन्छ । यदि तपाईंको मोबाइल चोरी वा क्लोन भएको छ भने पनि कसैले तपाईंको आइडीमा पहुँच पुर्याउन सक्दैन किनभने यसमा हरेक पटक ओटीपी आउने गर्दछ ।

डिभाइस लकः
आफ्नो स्र्माटफोन र ल्यापटपलाई प्रत्येक पटक फिंगरप्रिन्ट स्क्यानर वा पिनमार्फत सुरक्षित बनाउनुहोस् । के थाहा, तपाईंकै वरिपरिका मानिसले तपाईंलाई धोका दिइरहेको हुनसक्छ ।

एप इन्स्टलेशनः
कम्प्युटर र मोबाइलमा कुनै पनि एप इन्स्टल गर्नुभन्दा पहिले त्यो भेरिफाइड पब्लिसर हो कि होइन । यसका साथै एप इन्स्टल गर्दा यो पनि हेर्नुहोस् कि तपाईंको स्मार्टफोनले कुन कुन जानकारी हाँसिल गर्नेछ ।

राउटरलाई सुरक्षित राख्नुहोस्ः
यदि तपाईंको राउटर सुरक्षित छैन भने तपाईं ह्याक हुने सम्भावना शत प्रतिशत रहेको हुन्छ । किनभने यदि राउटर ह्याक भया भने त्योसँग जोडिएका सबै डिभाइसको ट्राफिकबाट पासवर्ड चोरिने डर हुन्छ । त्यसकारण यसमा बलियो पासवर्ड राख्नुहोस् ।

इमेल, पपअप र नक्कली लिंकः
पूर्ण रुपमा अंजान भएको कुनै पनि इमेल र अट्याचमेन्ट नखोल्नुहोस् । किनभने लिंकमार्फत तपाईंको सिस्टमलाई आफ्नो पकडमा पार्नु ह्याकरहरुका लागि निकै सजिलो तरिका हो । साथै, तपाईंले कुनै पनि पप अप विज्ञापन र सोसल मिडियामा भाइरल भइरहेको फर्जी लिंकलाई ओपन गर्नबाट बच्नुहोस् ।

अनलाइन पैसाको लेनदेनमा सावधानीः
चाहे त्यो अनलाइन सपिङ होस्, कसैलाई पैसा पठाउने होस् वा रिचार्ज गर्ने नै किन नहोस्, यी सबै कुरामा तपाईंले सावधानी अपनाउनुपर्छ । चाहे इन्टरनेट बैंकिङ पासवर्ड होस् वा क्रेडिट डेबिट कार्ड, यी सबैको डिटेल हाल्नुभन्दा पहिले उक्त वेबसाइट सिक्योर छ छैन भन्ने बारे बुझ्नुपर्छ । वेबसाइटमा सिक्योरिटीको डिजिटल सर्टिफिकेट र युआरएलमा प्याडलक आइकन हुन आवश्यक छ ।

पब्लिक वाइफाईः
कुनै पनि पब्लिक वाइफाईलाई इन्टरनेट चलाउने चक्करमा प्रयोग नगर्नुहोस् । किनभने यसमार्फत तपार्ईंको स्मार्टफोनको मेटाडेटालाई ह्याकरहरुले सजिलै उडाइदिन सक्छन् । त्यसकारण वाइफाईमा कनेक्ट हुनुभन्दा पहिले उक्त वाइफाई सुरक्षित छ छैन भन्ने बारे सुनिश्चित हुनुपर्छ ।

वेबक्याममा टेप लगाएर राख्नुहोस्ः
चाहे अमेरिकी गुप्तचर एजेन्सी एफबीआईका निर्देशक हुन् वा फेसबुकका सिइओ मार्क जुकरवर्ग, धेरैजसोले सुरक्षाका लागि आफ्नो ल्यापटपको वेबक्याममा टेप लगाएका हुन्छन् । यसो गर्नाले वेबक्याममार्फत तपाईंमाथि निगरानी गर्न मानिस असक्षम हुन्छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल