एउटै घरमा भेटियो १०० किलो सुन

मंसिर ८

एउटै घरमा भेटियो १०० किलो सुन

फ्रान्स– यहाँ एक व्यक्तिको घरमा एक सय किलो सुन भेटिएको छ । ती व्यक्तिलाई उक्त घर उनका नातेदारले उपहारका रुपमा दिएका थिए । नातेदारबाट उपहार पाएका व्यक्तिले घर बेच्ने सोच बनाईसकेका थिए ।
वारिसको घरको फर्निचर, बाथरुम, कपडाको तल लुकाएर राखेर एक सय किलो सुन भेटिएको हो । यसको मुल्य करीव ६० लाख डलर छ । _92614536_e3acb037-36cd-4eca-bdee-30211243e31c
लिलामी गर्ने व्यक्ति निकोलस फीयरफाटले समाचार एजेन्सी एएफपीको बताएका छन कि, ‘त्यहाँ सुनका ५ हजार सिक्का, १२ किलो सुनको डल्ला र एक–एक किलोका ३७ वटा विस्केट मिलेका छन् ।’

सुन यसरी लुकाइएको थियो कि, त्यसलाई देख्न सक्ने अबस्था थिएन ।

जव घरको नचाहिने बस्तु हटाउन शुरु गरियो, त्यसबेला सुनका सिक्का भेटिएका थिए ।

रक्सीको बोटलमा लुकाएको सुन पनि भेटिएको छ । घरका नयाँ मालिकले भेटिएको सुनको सूचि बनाउन आफ्ना वकिललाई भनेका छन् ।

घरमा भेटिएका कागजपत्रका आधारमा सुन १९५० देखि १९६० मा कानुनी तरिकाले किनिएको थियो ।

घरका असली मालिकको मृत्य भैसकेको छ । स्थानीय अखवार डेपेचेका अनुसार खजनाले भाग्यको चावी लिएर आएको होला, तर यसको चर्को मुल्य चुकाउन पर्न सक्छ ।
सुन भेटाएका व्यक्तिले ४५ प्रतिशत कर तिर्नुपर्ने छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल