अब घर बसीबसी ‘छुन’ सक्नुहुन्छ संसारको कुनै पनि ठाउँ, गुगलले बनायो अचम्मको एप

मङ्सिर ७  |   एजेन्सी

अब घर बसीबसी ‘छुन’ सक्नुहुन्छ संसारको कुनै पनि ठाउँ, गुगलले बनायो अचम्मको एप

google-earth-vrगुगल अर्थले आफ्नो नयाँ एप्लिकेशन (गुगल अर्थ भीआर) अर्थात् गुगल अर्थ भर्चुअल रियालिटी लञ्च गरेको छ । अब घर बसीबसी तपाईं संसारको कुनै पनि चर्चित ठाउँलाई हेर्न त सक्नुहुन्छ नै साथै त्यहाँ भएको महसुस पनि गर्न सक्नुहुन्छ । यो अचम्मको अनुभवलाई पाउनका लागि तपाईंको हातमा भिवर ह्यान्डसेट ।

यसलाई लगाएपछि गूगल अर्थ भिवरमार्फत भर्चुअल स्क्रिनमा घर बसीबसी संसारको सबै चर्चित ठाउँलाई हेर्न र महसुस गर्न सक्नुहुन्छ । तर पहिले पनि संसारको कुनै पनि ठाउँलाई घर बसीबसी देख्न सकिन्थ्यो । यस्तोमा गुगल अर्थ भिवर कसरी भिन्न छ, यो विषयमा थाहा पाउन जरुरी छ ।

२ अर्ब पटक डाउनलोड गरिसकिएको १० वर्ष पुरनो गुगल अर्थबाट संसारको कुनै पनि कुनालाई घर बसेर हेर्न सकिन्छ । तर गुगल अर्थ भिवर योभन्दा निकै भिन्न छ । यसले नौलो शैलीमा संसारको चर्चित ठाउँमा सयर गराउँछ । तपाईं त्यो ठाउँमा वास्तवमा नै पुगेको र त्यहाँको स्थानलाई छोइरहेको महसुस गर्नुहुन्छ ।

यो अनौठो अनुभव बारे गुगलले आफ्नो बयान जारी गर्दै भनेको छ, ‘यसलाई प्रयोग गर्नेहरुले शहरको माथि उड्न सक्छन्, पहाडको चुचुरामा उभिन सक्छन् र धतीभन्दा बाहिर निस्किएर अंतरिक्षमा पनि जान सक्नुहुन्छ । ’

यद्यपी यो अनुभव पाउनका लागि तपाईंले लोकप्रिय गेमिङ प्लेटफर्म स्टिममा जानु पर्नेछ जहाँबाट यसलाई निःशुल्क डाउनलोड गर्न सक्नुहुन्छ । तर अहिले यसलाई एचटीसी भाइभ, ओक्युलस रिफ्ट र प्लेस्टेशनको भिअर ह्यान्डसेटबाट देख्न सकिन्छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल