रोमान्टिक फोटो खिचाउँदै थिए यो जोडी, कैद भयो यो दुर्घटना

मंसीर ४  |   मिरर डट कम

रोमान्टिक फोटो खिचाउँदै थिए यो जोडी, कैद भयो यो दुर्घटना

photoshootसेल्फी खिच्दाका केही दुर्घटनाबारे तपाईंलाई थाहा होला तर सायद यो अचम्मको घटनाबारे भने सुन्नुभएको छैन होला । यो दुर्घटना एक जोडीले आफ्नो रोमान्टिक तस्बिर खिच्ने क्रममा भएको हो । फोटो हेरेर हाँस्नेहरुको कमी छैन ।

घटना यस प्रकार छ । एक जोडी आफ्नो ग्रेजुएसनको एक दिन अघि राती आफ्नो रोमान्टिक फोटोसुट गर्ने तरखरमा थिए तर उनीहरुबिच छाएको रोमान्टिक माहोल एक्कासी दुर्घटनामा परिवर्तन भयो । स्विमिङ पूलको एक किनारामा बसेर फोटो खिच्दा खिच्दै एलिना नामकी छात्रा आफ्ना प्रेमीको काखमा बसिन् । रोमान्टिक फोटो खिच्ने चक्करमा उनीहरुको सन्तुलन बिग्रियो र सिधै पानीमा खसे ।

यो तस्बिरमा सोसल मिडियामा पोष्ट गर्नेबित्तिकै मानिसहरुले यसमा आफ्नो प्रतिक्रिया जनाउन सुरु गरिहाले । एलिनाले आफ्नो ट्वीटर अकाउन्टमा उक्त फोटो सेयर गरेको केही क्षणभित्रै यसलाई ७४ हजारले रिट्वीट गरे जबकी १ लाख ७३ हजारभन्दा बढिले यसलाई लाइक गरेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल