रुनीको गोलको खडेरीको अन्त्य, चेल्सी विजयी

कार्तिक १  |   एजेन्सी

रुनीको गोलको खडेरीको अन्त्य, चेल्सी विजयी

_86180892_rooney-reuम्यान्चेस्टर – कप्तान वेयन रुनीले गोलको खडेरी अन्त्य गरेपछि म्यान्चेस्टर युनाइटेडले एभर्टनलाई ३–० गोलअन्तरले पराजित गरेको छ ।
यस सिजन एक मात्र गोल गरेका रुनीमाथि निकै दबाब रहेको थियो । अझ अवे खेलमा उनले गोल गर्न नसकेको त ११ महिना पुगिसकेको थियो । आफ्नो पूर्व क्लब एभर्टनविरुद्ध गुडिसन पार्क अहिलेसम्म पनि रुनीले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । हिजो सम्पन्न खेलमा भने रुनीले आफ्ना आलोचकहरुलाई जवाफ दिँदै उत्कृष्ट खेल प्रदर्शन गरे ।
त्यस्तै अन्य गोल मोर्गन स्नेडर्लिन र एन्डर हरेराले गरे । युनाइटेडका लागि स्नेडर्लिन को यो पहिलो गोल हो । जीतसँगै युनाइेट लिगको तेस्रो स्थानमा रहेको छ ।
उता, डिफेन्डिङ च्याम्पियन चेल्सीले पनि संघर्षरत एस्टन भिल्लालाई पराजित गरेको छ । डिएगो कोस्टा र भिल्लाका डिफेन्डर एलान हटनको आत्मघाती गोलको मद्दतले चेल्सी विजयी बनेको हो ।
जीतसँगै चेल्सी लिगको ११ औं स्थानमा उक्लेको छ ।
यता, जर्गन क्लपको पहिलो खेलमा लिभरपुल टोटनहमसँग गोलरहित बराबरीमा रोकिएको छ । लिभरपुल लिगको दशौं स्थानमा रहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल