नेपाली जनप्रगतिशिल युएईद्वारा शुभकाना आदानप्रदान तथा बिदाई कार्यक्रम सम्पन्न

नेपाली जनप्रगतिशिल युएईद्वारा शुभकाना आदानप्रदान तथा बिदाई कार्यक्रम सम्पन्न

दुबई- नेपाली जनप्रगतिशील मंच युएईले संगठनका पुर्ब सचिब तथा पाटि जिल्ला सदस्य बिनोद लामिछाने लाई सुक्रबार बरदुबईको सिन्धी पन्जाब रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना सहित औपचारिक रुपमा बिदाई गरेको छ ।
बिजया दशमीको उपलक्ष्यमा आयोजित शुभ कामना आदान प्रदान तथा चियापान कार्यक्रममा केन्दिय तथा क्षेत्रीय प्रतिनिधिहरुको उपस्थित रहेको थियो।uae prg
लामिछाने ले संगठन प्रति पुर्याउनु भएको उच्च योगदानको कदर गर्दै आफ्नो अध्यनलाई निरन्तरता दिनका लागि साथै पार्टीलाई योगदानका निम्ति प्रबासको बसाईलाई बिटमार्दै मातृभूमि जान लाग्नु भएको ले कमरेडलाई बिदा गर्न पाउदा दुख भन्दा पनि आफुलाई खुसीको अनुभूति भएको भन्दै मंचका पुर्ब अध्यक्ष तथा अधिबेसन संयोजक हेमन्त पौडेल ले बिदाई कार्यक्रम मार्फत सम्मान-पत्र सहित खादा ओडाएर स-सम्मान बिदाई गरेका थिए।
शुभ-कामना तथा बिदाई कार्यक्रममा टिका दत्त सिवा,सुरेस ढकाल , पुष्प कार्की,धर्म ढकाल,निमकान्त पाण्डे सुभकामना सहित बिदाई मन्तब्य राखेका थिए भने दुबई क्षेत्रीय कमिटिका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।
दुबई क्षेत्रीय समितिका अध्यक्ष समसुल हक (मुन्ना) को अध्यक्षतामा गरिएको उक्त कार्यक्रमलाई पुर्ब महासचिब बाबुराम बिश्वकर्मा ले संचालन गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल