बार्सिलोनाको जीतमा नेयमारको चार गोल

कार्तिक १

बार्सिलोनाको जीतमा नेयमारको चार गोल

_86186093_neymar_penalty_gettyबार्सिलोना – नेयमारको चार गोलको मद्दतले एक गोलले पछि परेको स्थिति उल्टाउँदै बार्सिलोनाले रायो भायोकानोलाई पराजित गरेको छ । शनिबार राती सम्पन्न खेलमा बार्सिलोना ५–२ गोलअन्तरले विजयी बनेको हो ।
जीतसँगै बार्सिलोना ला लिगामा रियलसँगै समान १८ अंक बनाएको छ र गोलअन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ ।
खेलमा भायोकानोका ह्याभी गुएराले गोल गरेपछि बार्सिलोना खेलको १५ औं मिनेटमा नै पछि परेको थियो । तर, लियोनेल मेस्सी बिनै मैदानमा उत्रेको बार्सिलोनाका लागि नेयमारले पहिलो हाफमा दुईवटा पेनाल्टीको मद्दतले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काए ।
दोस्रो हाफमा उनले थप दुई गोल गरे भने लुइस सुवारेजले पनि एक गोल थपे । उता, भायोकानोका लागि साञ्चेज रुइजले खेलको अन्त्यतिर एक गोल गरे ।
२३ वर्षीय नेयमारले यस सिजन ८ गोल गरिसकेका छन् र हाल ला लिगाको सर्वाधिक गोलकर्ताको रुपमा रहेका छन् । सेभियाका लागि सन् २००४ मा हुलियो बाप्टिस्टाले चार गोल गरेपछि प्रतियोगितामा एकै खेलमा चार गोल गर्ने नेयमार दोस्रा ब्राजिलियन बनेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल