मोबाइलदेखि कैंचीसम्मः जब मानवीय शरिरमा भेटिए यी भयानक वस्तु

मंसीर २  |   एजेन्सी

मोबाइलदेखि कैंचीसम्मः जब मानवीय शरिरमा भेटिए यी भयानक वस्तु

के तपाईंले कुनै मानवको शरिरभित्र कैंची देख्नुभएको छ ?  सायद तपाईंले यी भनाईप्रति विश्वास गर्नुभएन होला तर यो वास्तविक हो । मेडिकल साइन्समा यस प्रकारको कुनै घटना दर्ता छन् जसको बारेमा थाहा पाउँदा तपाईं अचम्ममा पर्नुहुनेछ । आज हामी तपाईंलाई अचम्मित बनाउने यस्तै घटनाबारे जानकारी दिँदै छौं ।

के कुनै व्यक्तिको पेटमा मोबाइल भेटिने सम्भावना छ ? सायद तपाईंले यसलाई अस्विकार गर्नुहुन्छ होला तर सल्वाडोरामा यस्तो घटना सार्वजनिक भएको छ । त्यहाँको जेलको एक बन्दीको पेट एक्सरे गरियो तब उनको पेटमा मोबाइल भेटियो । उक्त कैदी त्यहाँको एक कुख्यात ग्याङ्गको सदस्य थिए । साथै यस्तै प्रकारको घटना अष्ट्रेलियामा पनि जोडिएको छ । जब एक पुरुषको शरिरभित्र माछा भेटियो । यसको खुलासा एक्सरे मार्फत पत्ता लागेको थियो । एक व्यक्ति माछाले भरिएको ट्याङ्कीको सफाई गरिरहेका थिए तब २ सेन्टिमिटर लामो माछा उनको गोप्य अंगमार्फत शरिरभित्र छिरेको थियो ।

1१. एक दक्षिण कोरियाली व्यक्तिले टाउको दुखेपछि अस्पताल जाँदा आफ्नो टाउकोमा यस्तो देखेः
दक्षिण कोरियाली एक व्यक्तिले आफ्नो टाउको निकै दुखेपछि डाक्टरलाई यसबारे जानकारी दिए । अपचारको सुरुवातमा नै गरिएको एक्स रे को रिपोर्टले डाक्टर र बिरामीको सातो उडाइदियो । उनको निधार अगाडि ठूलो किला गाडिएको देखियो । सबैभन्दा रोचक कुरा त के छ भने त्यो किला उनको टाउकोमा कहिले र कसरी घुस्यो भन्ने ती व्यक्तिलाई थाहा नै छैन ।

2चक्लेट भनी एक बालिकाले ३० वटा चुम्बक र स्टिलको बल खाएपछिः
८ वर्षीया ह्यालेले चक्लेट भनी ३० वटा चुम्बक र स्टिल बल खाइन् । एक्स रे को रिपोर्टको यस्तो भयानक दृश्य देखेपछि डाक्टरहरुले तुरुन्त उनको शल्यक्रिया गर्नुपर्यो ।
3मुखबाट खोपडीमा गाडियो किलाः
अमेरिकामा बस्ने प्याट्रिक लोलर दाँतमा असह्य पीडा भएपछि डाक्टरलाई भेट्न गए । एउटा किलाले उनको दाँतको माथिल्लो भाग हुँदै टाउको र दिमागसम्मको यात्रा गरिरहेको थियो । यो देखेर उनका डाक्टर जिल्ल परे ।

4पेटभित्र कैंचीः
अष्ट्रेलियाका प्याट स्किनर शल्यक्रियाका लागि अस्पता पुगे । यद्यपी, बारम्बार पेट दुखिरहेकाले उनी १८ महिनापछि दोस्रो पटक त्यही अस्पताल पुगे । रोग पत्ता लगाउन डाक्टरले सुरुमा नै एक्स रे गरे । तर जुन नतिजा त्यसले देखायो त्यसले डाक्टरलगायत सबैलाई चकित बनाइदियो । पेटभित्र शल्यक्रियामा प्रयोग गरिने कैंची भेटिएपछि यस्तो हुनुको कारण पत्ता लगाउन मानिसहरुले कम्मर कसे ।
5जिस्कँदा जिस्कँदै कैंची निलेपछि…
व्यक्तिले कैंची कसरी निल्न सक्छ भनेर तपाईंले प्रश्न गर्नसक्नुहुन्छ । वास्तवमा चीनका यी व्यक्तिले कैंचीलाई टुथपिकको रुपमा प्रयोग गरिरहेका थिए । त्यतिबेला उनका एक साथीले उनलाई चुट्किला सुनाए उनी हाँस्न थाले । फलस्वरुप उनले उक्त कैंची निले । भाग्यवश, उक्त कैंचीले उनलाई केही हानी नोक्सानी गरेन । डाक्टरले उनको घाँटीमा अड्किएको कैंचीलाई सफलतापूर्वक निकाले ।
6घाँटीभित्र पसेको साङ्लो निकाल्न खोज्दा काँटा चम्चा निलियोः
एक महिलाको घर सफा गर्ने क्रममा उडिरहेको साङ्लो दुर्भाग्यवश मुखभित्र छिर्यो । तर उनको समस्या यसरी मात्र टरेन । उनले आफ्नो घाँटीमा अड्किएको साङ्लो हटाउन काँटा चम्चाको प्रयोग गरिन् तर उनले त्यो पनि निलिन् ।
7सान साल्भेडरका एक कैदीको पेटको एक्स रे गर्दा मोबाइल भेटियो । यसको कारणबारे स्रोतले केही जानकारी दिएको छैन ।
8अचम्मको विवाह प्रस्ताव !
एक व्यक्तिले आफ्नी प्रेमिकालाई निकै रोचक तरिकाले प्रस्ताव गर्ने सोच बनाए – मिल्कशेकमा विवाहको औंठी लुकाएर । तर उनको यो योजना नमज्जाले विफल भयो किनभने उनकी प्रेमिकाले मिल्कसेकलाई एकै घुट्कोमा सिद्धाइन् । उनले त्यसभित्र रहेको औंठी पनि मिल्कसेकसँगै खाइन् । आफूले औंठी निलेको कुरा उनले विश्वास नै गरिनन् । जबसम्म उनले एक्स–रेको यो रिपोर्ट हेरिनन् ।
9यी व्यक्तिले घरको साँचो नै निलिदिएः
क्रिस फोष्टरले हाउस पार्टीमा यति पिए कि उनी घर जान नै मानेनन् । जब उनका साथीले उनलाई घर लाने कसरत गरे त्यतिबेला पनि उनी जान मानेनन् । साथीहरुले घर लाने डरले उनले घरको साँचो नै निलिदिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल