दुलाहले डेढ अरवको गहना लगाउने यो विवाहमा हुनेछ आठ अरव खर्च

दुलाहले डेढ अरवको गहना लगाउने यो विवाहमा हुनेछ आठ अरव खर्च

दिल्ली– भारतमा धेरैजसो मानिस ५०० र १००० का नोटमा लगाइएको प्रतिन्धनबाट चिन्तित छन् । ठीक यही बेला एउटा विवाहमा पाँच अर्व रुपैयाँ खर्च हुने समाचारले सिंगो भारतमा हल्लीखल्ली भएको छ ।विवाह आज हुँदैछ ।
प्रतिष्ठित कारोवारी तथा पूर्वमन्त्री जी जनार्दन रेड्डीको छोरी ब्रहमाणीको पाँच दिनसम्म चल्ने विवाहमा ५ अरव रुपैयाँ भारतीय रुपैयाँ अर्थात आठ अरव नेपाली रुपैयाँ खर्च हुने अनुमान छ ।
सुनाको जलप लगाइएको निमन्त्रण कार्ड र बलीउडकर्मीको परफामेन्सका कारण यो विवाह विवादमा पनि छ । यसको उस्तै आलोचना पनि भएको छ । _92451978_243f5f3c-f570-42bc-82e5-8c3261fe35f8
भारतमा विवाहमा धेरै खर्च नगदमै हुन्छ, किनभने त्यहाँको अर्थव्यवस्था नगदमै आधारित छ ।
विपक्षीहरुले भनेका छन, कि प्रधानमन्त्री नरेन्द्र मोदीको कालोधनवाला अभियानमा ठूला व्यापारी सहभागी छैनन ।

भारतीय जनता पार्टीका नेता रेड्डी भ्रष्टाचार मुद्दामा तीन बर्ष जेल बसिसकेका छन् ।

विवाह वैंग्लोरमा हुनेछ । एक महिनादेखि विवाहको तयारी चलिरहेको छ ।

विवाहमा कुल आठ अर्व खर्च हुनेछ । निमन्त्रण कार्डमा एक करोड भारतीय रुपैयाँ खर्च हुने छ ।
दुलहीको साडी २५ करोडको हुनेछ ।

दुलाहले एक अर्व ५० करोडको गहना लगाउनेछन् ।

३००० बाउन्स र ३०० प्रहरी परिचालन हुनेछन् ।

विवाहमा ५० हजार पाहुना आउनेछन् । रेड्डी परिवारल विवाहपछि सव खर्चको विल देखाउने दावी गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल