फिक्सिङ प्रकरणले सताएको थ्रि–स्टारलाई एक करोडको पुरस्कारसहित राष्ट्रिय लिगको उपाधि (भिडियो तथा फोटो)

असोज ३०

फिक्सिङ प्रकरणले सताएको थ्रि–स्टारलाई एक करोडको पुरस्कारसहित राष्ट्रिय लिगको उपाधि (भिडियो तथा फोटो)

काठमाडौं – प्रमुख दुई खेलाडी म्याच फिक्सिंग प्रकरण मुछिएको अवस्थामा चुनौतीपूर्ण खेलमा मनाङ मस्र्याडंदीमाथि दुई शुन्यको शान्दार जीत निकाल्दै थ्रीस्टारले इतिहासमै पहिलो पटक आयोजना भएको राष्ट्रिय लिग फुटबल जितेको छ । अन्तिम दिन बराबरी नतिजा आत्मसात् गरेपनि लिग जित्ने पक्का भइसकेको अवस्थामा थ्रीस्टारले मनाङको आक्रमणलाई मात्रै निस्तेज पारेन, पुरै अवधि विपक्षीमाथि हाबी समेत भयो ।
पहिलो हाफमा अफ्रिकी खेलाडी आफिजको पासमा थ्रीस्टारका लागि जगजीत श्रेष्ठले गरेको प्रहार मनाङका गोलकिपर दिपेश यादवले रोकेका थिए । ३१ औँ मिनेटमा सिगुन र आफिजबीच तालमेल नमिल्दा थ्रीस्टारले गोल गर्ने अर्को राम्रो मौका गुमायो ।
आक्रामक मनाङले लगातार गोलका लागि प्रयास गरिरहदाँ लियोन स्टेफेनले रिबाउन्डमा गरेको प्रहारलाई किरण चेम्जोंगले शान्दार ढंगबाट बचाउ गरे । रवि पासवानले रिबाउन्डमा गरेको सान्दार प्रहार रोक्दै किरणले थ्रीस्टारको संकट टार्दा मनांग अभागी साबित भएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमै सकिएपछि दोस्रो हाफमा मनांगमाथि थ्रीस्टार हाबी भयो । थ्रीस्टार डिफेन्डरहरुले मनांगका खेलाडीहरुलाई चल्ने कुनै मौका दिएनन् । जगजित श्रेष्ठले उपलब्ध गराएको बलमा ओलावाले आफिजले गोल गर्दै थ्रीस्टारलाई ४८ औँ मिनेटमा अग्रता दिलाए ।
त्यसयता, थ्रीस्टार खेलमा पुरै हाबी भयो । मनांग विरुद्ध रक्षात्मक देखिएको थ्रीस्टारले विपक्षीलाई आक्रमण गर्ने राम्रो मौका नै दिएन् । निराजन खड्काले गरेको उत्कृष्ट प्रहारलाई दिपेश यादवले जोगाएपछि अन्तयतिर थ्रीस्टार अग्रता दोब्बर पार्नबाट चुकेको थियो । तर इन्जुरी समयको पहिलो मिनेटमा नै विजय गुरुंगको पासमा विजय धिमालले गोल गर्दै थ्रीस्टारलाई दुई शुन्यको जीत दिलाए ।
लिगमा उपाधी जित्ने क्रममा थ्रीस्टार १६ खेलबाट कूल ३५ अंक बटुल्यो । त्यसक्रममा थ्रीस्टारले १० खेल जित्यो भने ५ खेल बराबरी खेल्यो । त्यस्तै एक खेलमा पराजित भयो । लिगमा आर्मीले ३३ अंक बटुल्दै दोस्रो स्थान हासिल गर्यो भने ३१ अंकमा सिमित मनांग तेस्रो स्थानमै सिमित भयो । झापा एघारले २७ अंकसहित चौथो स्थान हासिल गरेको लिगमा एपिएफ क्लब पाँचौ स्थानमा समेटियो ।

लिग उपाधीसँगै थ्रीस्टारले १ करोड रुपैँया पुरस्कार समेत पक्का गरेको छ । यसअघि लिग जारी रहदैँ गर्दा निधन भएका थ्रीस्टारका अध्यक्ष तथा एन्फा कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठप्रति खेलाडीहरुले उपाधी समर्पित गरेका छन् ।

राष्टिय लिगमा क–कसले के के जिते ?

राष्टिय लिग फुटबल प्रतियोगिताको उपाधी थ्रीस्टारले जित्यो । उपाधीसँगै थ्रीस्टारले नगद १ करोड पुरस्कार हासिल गर्यो । नेपाली लिग इतिहासमै सर्वाधिक यति धेरै पुरस्कार प्रदान गरिएको यो पहिलो अवसर हो । लिगमा उत्कृष्ट घोषित हुदैँ व्यक्तिगत पुरस्कारका रुपमा यामहा एफजेट् मोटरबाइक जित्ने खेलाडी तथा प्रशिक्षकको सूचि यस्तो छ ः

उत्कृष्ट गोलकिपर : किरण चेम्जोङ (थ्रीस्टार)
उत्कृष्ट डिफेन्डर : देवेन्द्र तामांग (झापा एघार)
उत्कृष्ट मिडफिल्डर : विशाल राई ( मनाङ)
उत्कृष्ट फरवार्ड : नवयुग श्रेष्ठ (नेपाल आर्मी)
प्रशिक्षक : राजेन्द्र तामाङ (थ्रीस्टार)

three star vs manang (17)

three star vs manang (16)

three star vs manang (13)

three star vs manang (12)

three star vs manang (11)

three star vs manang (10)

three star vs manang (21)

three star vs manang (22)

three star vs manang (9)

three star vs manang (8)

three star vs manang (6)

three star vs manang (5)

three star vs manang (4)

three star vs manang (3)

three star vs manang (2)

three star vs manang (14)

three star vs manang (23)

three star vs manang (18)

three star vs manang (19)

three star vs manang (24)

three star vs manang (20)

three star vs manang (32)

three star vs manang (31)

three star vs manang (30)

three star vs manang (29)

three star vs manang (28)

three star vs manang (27)

three star vs manang (26)

three star vs manang (1)

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल