मनाङ मर्स्याङ्दीलाई हराउँदै थ्रीस्टार बन्यो राष्ट्रिय लिगको च्याम्पियन

असोज ३०

मनाङ  मर्स्याङ्दीलाई हराउँदै थ्रीस्टार बन्यो राष्ट्रिय लिगको  च्याम्पियन

काठमाडौँ  – यस वर्षको राष्ट्रिय लिग फुटबलको उपाधि थ्रीस्टार क्बलले जितेको छ ।

three star winएन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको अन्तिम खेललमा मनाङ मस्र्याङ्दी क्लबलाई २–० ले हराउँदै थ्रीस्टार च्याम्पियन बन्न सफल भएको हो ।

थ्रीस्टारको जितमा विदेशी खेलाडी अफिज अवालेले ४७ औँ र विजय धिमालले अतिरिक्त समय ९२ औँ मिनेटमा एक/एक गोल गरेका थिए ।

जितसँगै थ्रीस्टारले १ करोड पुरस्कार हात पारेको छ । यस्तै मनाङ तेस्रो हुँदै २५ लाखमा चित्त बुझाउन बाध्य भयो ।
दोस्रो भएको आर्मीले ५० लाख पायो । शुक्रबार नेपाल पुलिसलाई पराजित गर्दै आर्मीले दोस्रो स्थान सुरक्षित गरेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल