काठमाडौंमा यसरी निस्कियो फोहोरबाट बिजुली (फोटोफिचर)

कार्तिक २८  |   अशोक दुलाल

काठमाडौंमा यसरी निस्कियो फोहोरबाट बिजुली (फोटोफिचर)

electricity-from-dump-14काठमाडौं– काठमाडौं महानगरपालिकाकाले फोहोरबाट बिजुली निकाल्ने उपकरण जडान गरी सफल परीक्षण गरेको छ । यो नेपालको पहिलो यस्तो परियोजना हो । भारतबाट किनेर ल्याइएका उपकरणबाट दैनिक १४ किलोबाट विजुली निकाल्ने जनाइएको छ ।

electricity-from-dump-17भारतबाट एक करोड ८२ लाख रुपैयाँमा उपकरण किनेर ल्याइएको हो । यो नमुना परियोजना सफल भए अरु ठूला परियोजना अगाडिबढाउन सकिने उर्जाविद्हरु मान्दछन् । यसमा युरोपेली संघको ८० प्रतिशत अनुदान छ भने २० प्रतिशत सरकारी लगानी छ ।

electricity-from-dump-5फोहोरबाट बिजुलीसँग पानी र मल पनि उत्पादन हुने महानगरपालिकाका वातवरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठ बताउँछन् । टेकुस्थित फोहोर संकलन केन्द्रमा जडान गरिएको यो उपकरणले एक पटकमा तीन टन फोहोरबाट १४ किलोवाट बिजुली उत्पादन गर्नेछ । जैविक फोहोरबाट यस्तो विजुली निकाल्न थालिएको हो ।

electricity-from-dump-6काठमाडौंमा दैनिक सात सय टन फोहोर जम्मा हुन्छ । उर्जाविदहरुका अनुसार, दैनिक २० मेगावाट विजलुी उत्पादन गर्न सकिन्छ । अहिले उत्पादन गरिएको विजुली महानगरपालिकाको वातवरण व्यवस्थापन महाशाखाको प्रयोजनमा प्रयोग गरिने छ ।

electricity-from-dump-7यो योजना सफल भए, भविष्यमा अन्य नगरपालिकामा पनि प्रयोग गर्न सकिन्छ । फोहोर व्यवस्थापनमा पनि यस्तो प्रविधि सहयोगी हुनेछ । ठूलो मात्रामा विजुली उत्पादन भए राष्ट्रिय प्रशारण लाइनमा पनि जोडन सकिने बताइएको छ ।

electricity-from-dump-19 electricity-from-dump-18 electricity-from-dump-16 electricity-from-dump-15 electricity-from-dump-13 electricity-from-dump-12 electricity-from-dump-11 electricity-from-dump-10 electricity-from-dump-9 electricity-from-dump-8 electricity-from-dump-4 electricity-from-dump-3 electricity-from-dump-2 electricity-from-dump-1

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल