युएईको अलएेनमा बीर गोर्खाली राष्ट्रिय एकता साँझ हुने

युएईको अलएेनमा बीर गोर्खाली राष्ट्रिय एकता साँझ हुने
बिनोद श्रेष्ठ/ युएई-12166709_1505752286415322_2133439038_n 12167919_906967039389027_822163430_n
अलएेन रहात तथा उद्दार कोष स्थापनाको लागी गर्न लागीएको  कार्यक्रममा नेपालबाट चर्चित “ढाडे बिरालो” गायक प्रकास कटुवाल,गायिका शान्ति श्री परियार साथमा मेरी बास्यैका हास्यकलाकार मरिचमान श्रेष्ठ( बल्छी धुर्बे) यूएई अाउने भएका छन्।साथै उक्त कार्यक्रममा स्थानिय ख्यातिप्राप्त कलाकारहरूको पनि बेजोड प्रस्तुती रहने छ।
“हिमाल पहाड तराई कोही छैन पराई” भन्ने मुल नाराका साथ नेपालमा भर्खरै जारी संबिधानको स्वागतार्थ युएईमा रोजगारीको शिलशिलामा छरिएर बसेका सम्पुर्ण नेपालीहरूलाई एककृत गर्ने उदेश्यले उक्त कार्यक्रम गर्न लागिएको अायोजक सदस्य बिमल अधिकारी बँताउछन्। उनी भन्छन्, देशमा बड्दै गैरहेको जातिय द्दन्दको असर प्रबासमा पनि देखिन थालेकोले उक्त कार्यक्रम गर्न लागेको हो। हाम्रो नेपाल र सम्पुर्ण नेपालीहरू बीर गोर्खालीको पहिचानले बिश्वमा चिनेने भएकाले यो कार्यक्रमले सबैमा सम्मान हुने उनको दाबी छ।
अलएेनमा भएका बिभिन्न समाजिक संघ संस्था , बुद्दिजिबी, ब्याबसायी, समाजसेवीहरूको समुहले अायोजना गर्न लागेको उक्त कार्यक्रम बिगतका भन्दा बिल्कुलै नयाँ र पृथक शैलीमा गर्न लागिएको अायोजकको भनाई छ। सबै धर्म, जात जाती, भेषभुसा अनि संस्कृती रहनसहन बिच एकता गर्दै युएईमा समस्यामा परेका नेेपाली श्रमिकहरूलाई सहयोग गर्ने उदेश्य कार्यक्रमको मुख्य लक्ष्य रहेको छ।
नोभेम्बर ६ तारिक हुने उक्त कार्यक्रमको प्रचार प्रसार तिब्र पारिएको छ। कार्यक्रममा सहभागी भई सहयोग गरिदिनु हुन अायोजकले युएईमा रहेका सम्पुर्ण संघ संस्था प्रमुख, समाजसेवी, बुद्दिजिबी,ब्याबसायी,साथै समपुर्ण नेपालीहरूलाई अनुरोध समेत गरेको छ।
Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल