प्लेनभित्र पाँच फुटको सर्प ! लगेज राख्ने ठाउँबाट यात्रुको सिटमा जिउँदो सर्प खसेपछि भागाभाग (भाइरल भिडियोसहित)

कार्तिक २३  |   एक्सप्रेस डट को डट युके

प्लेनभित्र पाँच फुटको सर्प ! लगेज राख्ने ठाउँबाट यात्रुको सिटमा जिउँदो सर्प खसेपछि भागाभाग (भाइरल भिडियोसहित)

snake-on-boardसोमबार तोरियोनबाट मेक्सिको सिटी जाँदै गरेको एरोमेक्सिको फ्लाइट २३१ मा एक सर्प देखिएपछि बोर्डमा उपस्थित सबैजना निकै आत्तिएको बताइएको छ ।

डेली एक्सप्रेसलाई उद्धृत गर्दै इन्टरटेन्मेन्ट डट आइएका अनुसार पाँच फुट अग्लो हरियो भाइपर लगेज राख्ने ठाउँबाट यात्रुको सिटमा सर्प खसेपछि त्यहाँ भागाभागको स्थिती भएको छ ।

एक विश्वविद्यालयका प्राध्यापकले उक्त सर्पलाई ब्ल्याङ्केटको सहयोगले समात्न सफल भएको बताएका छन् ।

snake-on-a-plane-711604प्राध्यापक इन्डालेसियो मेदिनाले पोष्ट गरेको भिडियो निकै भाइरल भइरहेको छ । उनले निकै रोचक ढङ्गले भिडियो पोष्ट गरेका छन् । भिडियोको क्याप्सनमा उनले लेखेका छन्, ‘उडिरहेको सर्प । एरोमक्सिको फ्लाइट २३१ को निकै अचम्मको अनुभव ।’

उनले पछि सोसल मिडियामा लेखेका छन्, ‘मैले उक्त सर्पलाई ब्ल्याङ्केटको सहायताले समात्नु परेको थियो । र केही क्षणका लागि म्यागजिन पढ्न दियौं ।’

यसबारेमा उक्त एयरलाइन्सले केही प्रतिक्रिया दिएको छैन । प्लेनमा सर्प कसरी छिर्यो भन्ने विषयमा कसैलाई केही पत्तो छैन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल