घर फर्कंदा श्रीमतीलाई अर्को पेन्ग्विनसँग देखेर भड्कियो श्रीमान्, कुटीकुटी बनायो अर्धमृत (अपत्यारिलो भिडियोसहित)

कार्तिक २२  |   एजेन्सी

घर फर्कंदा श्रीमतीलाई अर्को पेन्ग्विनसँग देखेर भड्कियो श्रीमान्, कुटीकुटी बनायो अर्धमृत (अपत्यारिलो भिडियोसहित)

penguinमानिसको विवाहेत्तर सम्बन्धको बारेमा त सुन्नुभएकै होला तर के तपाईंले जनावरको पनि यस्तो सम्बन्धबारे सुन्नुभएको छ वा देख्नुभएको छ ? यदि छैन भने, आज हामी तपाईंलाई यस्तै सम्बन्धलाई दर्साउने खबर बताउँदैछौं । केही दिन अघि नेशनल जियोग्राफिक च्यानलले दुई पेन्ग्विन झगडा गरिरहेको भिडियो ट्वीट गर्यो जुन सोसल मिडियामा निकै भाइरल भयो ।

भिडियोमा दुबै पेन्ग्विन एक अर्काको रगतको प्यासी देखिए । नेशनल जियोग्राफिक च्यानलका अनुसार जब श्रीमान् पेन्ग्विन घर फर्किए तब उसले श्रीमतीलाई अर्को पेन्ग्विनसँग देख्यो त्यसपछि श्रीमान् पेन्ग्विन भड्कियो र यी दुईबिच सुरु भयो रक्तिम लडाईं ।

उक्त च्यानलले भिडियोको शीर्षक राख्यो राती जनावरको लडाईंः घर तोड्ने पेन्ग्विन (Animal Fight Night: Home wrecking Penguin) । कूल तीन मिनेटको यो भिडियोमा दुबै पेन्ग्विनले खुब झगडा गरे । लड्दा लड्दै उनीहरुले पोथी पेन्ग्विनले बिजेता छान्ने निर्णय गर्छन् ।

पोथी पेन्ग्विनले घर तोड्ने पेन्ग्विनलाई रोज्छिन् र दुईजना घरतर्फ अगाडि बढ्छन् । उनको श्रीमान् हार नमानी उनीहरु दुबैको पिछा लाग्छ र पुनः एकपटक दुबै भाले पेन्ग्विनको झगडा हुन्छ । तर पोथी पेन्ग्विन आफ्नो निर्णयमा अडिग हुन्छिन् । केही बेर झगडा गरेपछि उनको श्रीमान् आफसेआफ त्यहाँबाट हिँड्छ ।

हेरौं अपत्यारिलो भिडियो

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल