नेपालको धारिलो बलिङ सामु युगान्डा निरिह

असोज २९

नेपालको धारिलो बलिङ सामु युगान्डा निरिह
Nepali U-19 cricket team caption Raju Rimal and Uganda's captain D Bakunzi with the refree for a toss during a match of the ICC Under-19 World Cup Qualifiers at Kuala Lumpur, on Friday, October 16, 2015. Courtesy: CricNepal.com's Facebook Page

CricNepal.com’s Facebook Page

क्वाललम्पुर – नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि यू १९ विश्वकप क्रिकेटको छनोटमा नेपालले युगान्डालाई १ सय ७१ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ४३ रनको चुनौती पछ्याउने क्रममा युगाण्डा मात्र ३६.२ ओभरमा ७१ रनमा समेटियो ।
युगाण्डाले मात्र १३ रन गुमाउँदा ५ विकेट गुमाइसकेको थियो । तर, डेरिक बकुन्जि र जोन गबुलाले क्रमशः १८ र २५ रन बनाएपछि युगाण्डाले ५० रन पूरा गरेको थियो । दुई खेलाडी बाहेक कसैले दोहोर अंक जोड्न सकेनन् ।
नेपालका लागि दिपेश श्रेष्ठले ३ तथा आरिफ शेख, दिपेन्द्र सिंह ऐरे र प्रेम तामाङ ले दुई दुई विकेट लिए ।
यसअघि क्वललम्पुरको रोयल सेलांगोर मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २ सय ४२ रन जोडेको थियो ।
नेपाललाई सम्मानजनक स्थितीमा पुर्याउने क्रममा राजु रिजालले १ सय १ तथा आरिफ शेखले ५४ रनको योगदान गरे । त्यस्तै योगेन्द्र सिंह कार्कीले ३० रनको योगदान गरे । राजुले १ सय १५ बलमा १ सय १ रन बनाउने क्रममा ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, आरिफले ५९ बलमा ४ चौका सहित ५४ रन बटुले ।
युगाण्डाको तर्फबाट डेरिक बकुन्जिले ३ विकेट लिए भने केनेथ वाइस्वाले २ विकेट लिए ।
नेपालले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनालाई ९ विकेटले हराइसकेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल