अस्पताल लान नभ्याइ पार्किङमै जन्मियो बच्चा, ७ महिनापछि अभिभावकलाई आयो ७ लाखको बिल

कार्तिक २२  |   मम्मीपेज

अस्पताल लान नभ्याइ पार्किङमै जन्मियो बच्चा, ७ महिनापछि अभिभावकलाई आयो ७ लाखको बिल

car-birth-momछोरीलाई निकै अव्यवस्थित तरिकाले जन्माएको सात महिनापछि फ्लोरिडास्थित एक आमाले हस्पिटलबाट मोटो रकमा बिल पाएकी छिन् ।

सेभेनन्यूजलाई उद्धृत गर्दै मम्मीपेजले बताए अनुसार पाउला डियामोरले गत अप्रिलमा आफ्नी छोरीलाई जन्म दिएकी हुन् । सुविधासम्पन्न अस्पतालमा छोरीको जन्म गराउने मनसाय बोकेकी उनले अस्पतालको पार्किङस्थलमा नै छोरीलाई जन्माइन् ।

‘हामी गाडी लिएर अस्पताल पुगेका थियौं । मेरा श्रीमान् गाडीबाट उत्रिए र त्यतिबेला मेरो छोरीको टाउको बाहिर आइसकेको मैले महसुस गरें,’ उनले विगत सम्झिइन् ।

श्रीमतीलाई सहयोग गर्नका लागि गाडीभित्र पस्दा उनको श्रीमानले बोका र्याटोन रिजनल हस्पिटलको पार्किङस्थलमा रहेको गाडिभित्र जन्मँदै गरेकी छोरीको टाउको समातेका थिए ।

‘मेरो लागि यो क्षण निकै राम्रो बनेको थियो । घर होस् कि, कार होस् कि वा कुनै अस्पताल, त्यतिबेला ठाउँले कुनै महत्व राखेन,’ ती आमाले भनिन् ।

र अहिले सात महिना पछि डियामोर र उनका श्रीमान निकै चकित भएका छन् जब उनीहरुले अस्पतालबाट ७ हजार डलर (७ लाखभन्दा बढि रुपैयाँ) को बिल पाए । अस्पतालले प्रसव कक्षको उपयोग गरेबापत् उक्त बिल पठाएको भनेको छ ।

‘सुरुमा अस्पतालको बिल आउनु स्वभाविक लाग्यो तर ७ हजार डलर आउँदा निकै अचम्म भयौं,’ डियामोरले भनिन् । बच्चा जन्माएपछिको साल–नाल अस्पताललाई बुझाएको उनले स्विकार गरेकी छिन् । ‘सबै कुराहरुको राम्रोसँग बिल बनाइने अस्पतालको व्यवस्थापनले बताएको थियो,’ उनले भनिन् ।

डियामोरले छोरी जन्माउनका लागि केही रकम जुटाएकी थिइन् तर उनीहरुले आशा गरेका थिए कि अस्पतालले बिललाई मिलाउनेछ किनभने उनको छोरी ड्यानियल वास्तवमा अस्पतालमा जन्मिएकी नै थिइनन् ।

बिलमा आएको ५ हजार डलर घट्नुपर्ने डियामोरको धारणा छ । उनी भन्छिन्, ‘मैले अस्पतालको प्रसव कक्ष प्रयोग गरेबापत् तिर्नुपर्ने ५ हजार डलर तिर्नेछैन किनभने मैले त्यो प्रयोग नै गरेको छैन । अन्य रकम तिर्न मेरो लागि ठूलो कुरा भएन ।’

यस विषयमा अस्पतालले के भन्नेछ त्यो भने हेर्न बाँकी छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल