फुटबलमा फिक्सिङ प्रकरण : प्रदीपलाई हरि खड्काको कडा जवाफ

असोज २९

फुटबलमा फिक्सिङ प्रकरण : प्रदीपलाई हरि खड्काको कडा जवाफ

Pradip-humagain-fbकाठमाडौं – थ्रीस्टारका पूर्व प्रशिक्षक प्रदीप हुमागाँई यतिबेला निकै खुसी देखिएका छन् । उनले नेपाली फुटबलमा खेल मिलोमतो सम्बन्धी प्रकरण पर्दामा आएपछि फेसबुकमार्फत बिस्तारै फुटबलले विकासको बाटो समात्ने लेखेका छन् । प्रदीपले आफ्नो स्ट्याटसमा हरि खड्का, उपेन्द्रमानसिंह तथा बालगोपाल महर्जन लगायतका प्रशिक्षकहरुले पनि अब भ्रष्टाचारका विषयमा मुख खोल्नुपर्ने उल्लेख गरेका छन् ।
यता, हरि खड्काले प्रदीपलाई कडा जवाफ फर्काउँदै नेपाली फुटबलको दुःखद दिनमा खुसी नमनाउन सुझाएका छन् । उनले अमेरिका बसेर प्रदीपले नेपाली फुटबलमा के योगदान गरे भनेर समेत प्रश्न राखेका छन् ।
रोचक कुरा अहिले फिक्सिङमा पर्ने उनकै पूर्व क्लब थ्रीस्टारका मूख्य खेलाडी हुन्, सागर थापा र सन्दीप राई । दुई खेलाडीको अभाव भोली हुने राष्टिय लिगको निर्णायक खेलमा थ्रीस्टारलाई पर्ने अनुमान लगाइएको छ । यसबाहेक सन्दीप राईलाई प्रदीप आफैँले थ्रीस्टारमा छदाँ प्रशिक्षण गराएका थिए भने अञ्जन केसी थ्रीस्टारमा प्रदीपका प्रशिक्षण सहयात्री समेत हुन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल