कप्तान राजुको शतकको मद्दतले युगाण्डासामु नेपालको २ सय ४३ रनको लक्ष्य

कप्तान राजुको शतकको मद्दतले युगाण्डासामु नेपालको २ सय ४३ रनको लक्ष्य

क्वाललम्पुर – यू १९ विश्वकप क्रिकेटको छनोटमा नेपालले युगान्डा विरुद्ध खेल जित्न २ सय ४३ रनको चुनौती पेश गरेको छ । क्वललम्पुरको रोयल सेलांगोर मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २ सय ४२ रन जोडेको हो ।
नेपाललाई सम्मानजनक स्थितीमा पुर्याउने क्रममा राजु रिजालले १ सय १ तथा आरिफ शेखले ५४ रनको योगदान गरे । त्यस्तै योगेन्द्र सिंह कार्कीले ३० रनको योगदान गरे । राजुले १ सय १५ बलमा १ सय १ रन बनाउने क्रममा ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, आरिफले ५९ बलमा ४ चौका सहित ५४ रन बटुले ।
युगाण्डाको तर्फबाट डेरिक बकुन्जिले ३ विकेट लिए भने केनेथ वाइस्वाले २ विकेट लिए ।
नेपालले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनालाई ९ विकेटले हराइसकेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल