निकै राम्री छिन् सिमोन जो वृद्धसँग मात्रै रोमान्स गर्छिन्, शपिङ खर्च र जीवनशैली थाहा पाउँदा दंग हुनुहुनेछ

कार्तिक २१  |   एजेन्सी

निकै राम्री छिन् सिमोन जो वृद्धसँग मात्रै रोमान्स गर्छिन्, शपिङ खर्च र जीवनशैली थाहा पाउँदा दंग हुनुहुनेछ

simon-1उनी निकै राम्री छिन् । उमेर मात्र २५ वर्ष । नाम सिमोन टून । बेलायताको नर्थम्टनशायरमा बस्ने सिमोन २० वर्षको उमेरमा पहिलो पटक एक वृद्धप्रति आकर्षित भइन् । त्यतिबेलादेखि अहिलेसम्म उनले करिब आधा दर्जन पुरुषहरुसँग डेटिङ गरिसकेकी छिन् ।

simon-7उनको कथा निकै रोचक छ । उनी न नै धनी परिवारकी हुन् न त कुनै कम्पनीकी मालिक हुन् तर उनको जीवनशैली यस्तो छ जसबारे थाहा पाउँदा सबै चकित पर्छन् । अब प्रश्न यो उठ्छ कि सिमानेले आफ्नो ‘हाइफाई लाइफस्टाइल’ कसरी मेन्टेन गर्छिन् ? यसको सिधा जवाफ उनी जुन व्यक्तिसँग डेट गर्छिन् त्यही व्यक्तिले उनको खर्च उठाउने गर्छन् । उनी जो पायो त्यहि मानिससँग सम्बन्ध बनाउँदिनन् । निकै धनी वृद्धप्रति मात्र उनी आकर्षित हुन्छिन् । सिमानेको दिनचर्या पनि निकै अचम्मको छ ।

simon-2प्रेमीले यसरी ख्याल राख्छन्ः
सिमानले आफ्ना प्रेमीसँग आफ्नो अपार्टमेन्टको भाडासहित शपिङ खर्च पनि उठाउँछिन् । भर्खरै बिदामा दुबईमा गएकी सिमोनले जिमको सदस्यतादेखि डिजाइनर कपडासम्मको खर्च प्रेमीमार्फत उठाएकी छिन् ।

simon-3सिमोन आफूले आफैंलाई ‘सुगर बेबी’ भन्न रुचाउँछिन् । उनका अनुसार उनी जो पायो त्यहिसँग डेट गर्न सक्दिनन् । आफ्नो खर्च उठाउन सक्ने व्यक्तिसँग मात्र आफू सम्बन्धमा रहने उनले बताइन् । उनका धेरैजसो प्रेमीको उमेर ४० देखि ६० वर्ष छ । हरेक महिना सिमाने सपिङमा ७ लाख भन्दा बढि खर्च गर्छिन् । यसका साथै उनले दुई पटक ‘ब्रेस्ट सर्जरी’ गराएकी छिन् । उनी घुम्नको लागि धेरैपटक विदेश गएकी छिन् । यी सबैको खर्च उनका प्रेमीले नै उठाउने गरेको उनी बताउँछिन् ।

simon-4परिवर्तन गर्न चाहन्नन् आफ्नो जीवनशैलीः
सिमोन आफूले केही गल्ती नगरेको दाबी गर्छिन् । प्रेमीसँग पैसा लिनु उनलाई गलत लाग्दैन । उनी मानिसहरुसँग सम्बन्धमा रहन्छिन् र उनीहरुसँगै आफ्नो सबै खर्चपानी उठाउँछिन् । उनी आफ्नो यो जीवनशैलीका कारण निकै खुसी भएकाले यसलाई परिवर्तन गर्न नचाहेको बताउँछिन् ।

simon-5पाँच वर्षमा ६ मानिससँग डेटः
सिमोनले आफ्नो होमटाउनमा त्यस्तो लाइफस्टाइल पाइरहेकी थिइन् जुन उनलाई चाहिएको थियो । १८ वर्षको उमेरमा सिमानेले मोडलिङ गर्न सुरु गरिन् तरपनि उनी खुसी थिइनन् । त्यसकारण उनले धनी व्यक्तिहरुसँग डेट गर्न सुरु गरिन् । २० वर्षको उमेरमा उनी आफूभन्दा धेरै गुणा उमेरदार मानिसको स्टेटसतर्फ आकर्षित भइन् र उनीसँग डेट गर्न थालिन् । त्यसपछि उनले अहिलेसम्म ६ जनासँग सम्बन्ध बनाइसकेकी छिन् ।

simon-6सिमानेको यस्तो छ दिनचर्याः
सिमोनलाई चाँडै उठ्न मनपर्दैन त्यसकारण उनी आनन्दले दिउँसो उठ्छिन् । त्यसपछि दुई घण्टासम्म जिम गरेर बेलुकी ४ बजेसम्म लञ्च गर्छिन् र राती डिनर गर्न मनपराउँछिन् । उनलाई खाना बनाउन मन नपर्ने भएकाले उनको लञ्च र डिनर फाइभ स्टार होटलबाटै आउँछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल