शताब्दिकै ठूलो चन्द्रमा आज देख्न पाइने, तयार हुनुहुन्छ ?

कार्तिक २९

शताब्दिकै ठूलो चन्द्रमा आज देख्न पाइने,  तयार हुनुहुन्छ ?

supermoonहामीले चन्द्रमाको जतिसुकै तारिफ गरेपनि त्यो कम नै हुन्छ । चन्द्रमा प्रकृतिले हामीलाई दिएको एक अनुपम उपहार हो ।

यदि तपाईं प्रकृतिप्रेमी हुनुहुन्छ भने मलाई लाग्छ तपाईंले यस वर्ष पुनः उदाउने ‘सुपरमुन’ हेर्न छुटाउनु हुन्न होला । यो ‘सुपरमुन’ साँच्चै नै निकै ठूलो हुने बताइएको छ । सन् १९४८ पछि चन्द्रमा धर्तीको सबैभन्दा नजिक हुनेछ जसका कारण धर्तीबासीले यसलाई निकै ठूलो देख्नेछन् ।

यस वर्षको अक्टोबर १६ मा पनि मानिसहरुले ‘सुपरमुन’ देख्ने अवसर पाएका थिए तर आउँदो नोभेम्बर १४ तारिख अर्थात् आज जुन चन्द्रमा देखिनेछ त्यो औसत पूर्णचन्द्रभन्दा १४ प्रतिशत बढि ठूलो र ३० प्रतिशत बढि चम्किलो हुनेछ ।

तर यदि तपाईंले यो त्यति ठूलो समाचार होइन, यस्तो चन्द्रमा अर्को पटक हेरौंला भन्ने सोच्नुभएको छ भने त्यसका लागि तपाईंले सन् २०३४ नोभेम्बर २४ तारिखसम्म कुर्नुपर्नेछ ।

नासाका अनुसार नोभेम्बर १४ तारिखमा देखिने पूर्णचन्द्र सन् २०१६ को सबैभन्दा ठूलो चन्द्रमा नभई २१ औं शताब्दिकै ठूलो पूर्णचन्द्र हो ।

आज बिहान ८ः५२ इटी (यूरोपियन टाइम) अथवा दिउँसो १ः५२ (यूटीसी) मा उक्त ‘सुपर–सुपरमुन’ देखिनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल